Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

लौ पढ्नुहोस् हाम्रा राजनीतिक दलका कथा : पार्टी नै नभएका नेता ओली सरकारका मन्त्री

\"Nirbachan-aayog\"काठमाडौं । दोस्रो संविधानसभाको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा ७६ वटा दल दर्ता भएका थिए । निर्वाचन आयोगमा दल दर्ता नगराएका पार्टीहरु पनि आधा दर्जन बढी छन् । चार ठूला राजनीतिक दलकै हैसियत राख्ने दलहरु मोहन वैद्य नेतृत्वको नेकपा ९क्रान्तिकारी माओवादी०, नेत्रविक्रम चन्द ‘विप्लव’को नेकपा माओवादी तथा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिको भने निर्वाचन आयोगमा दल दर्ता भएका छैनन् । दल दर्ता गरिएका मध्ये ३० राजनीतिक दलहरुले संसदमा प्रतिनिधित्व जनाएका छन् । दोस्रो संविधानसभापछि पनि थुप्र्रै दलहरु विभाजित भइ दलहरुको संख्या अझै बढेको छ । संसदमा प्रतिनिधित्व गर्ने दलहरुमा नेपाली कांग्रेस, एमाले, एकीकृत नेकपा माओवादी, राप्रपा नेपाल चार ठूला राजनीतिक दलहरुमा पर्दछन् । संघीय समाजवादी फोरम, मधेसी जनाधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टी, लगायतका दलहरुको प्रतिनिधित्व पनि संसदमा सन्तोषजनक नै छ । अन्य राजनीतिक दलहरुको एकाध प्रतिनिधित्व गर्नेमा पर्दछन् । संसदमा प्रतिनिधित्व गरेकै आधारमा केपी ओली नेतृत्वको सरकारमा सहभागिता जनाउने अस्तित्वविनाका दलहरु पनि सरकारमा छन् । १५ दल दर्ता खारेज, मन्त्री छन् दल छैन निर्वाचन आयोगमा दर्ता गरिएका दलहर मध्ये १५ दललाई निर्वाचन आयोगले हालसालै दर्ता नै खारेज गरिदिएको छ । तीन वर्ष भन्दा बढी समयदेखि पार्टीको आयब्यय विवरणसमेत नबुझाएको भन्दै निर्वाचन आयोगले गत फागुन २२ गतेदेखि १५ राजनीतिक दलको दर्ता खारेज गरिदिएको छ । दर्ता खारेज गरिएका दलमध्ये समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह अहिले पनि मन्त्री छन् । त्यस्तै, जनता दल युनाइटेड, जनता पार्टी नेपाल, नेपाली जनता पार्टी, नेपाल जनभावना पार्टी, स–शक्ति नेपाल, नेपाल राष्ट्रिय लोकतान्त्रिक दल, नेपाल राष्ट्रिय जनकल्यण पार्टी, जनमुक्ति पार्टी नेपाल, शिवसेना, लिवरल समाजवादी पार्टी, नेपाली साम्यवादी दल, नव नेपाल प्रजातान्त्रिक दल, संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी, समाजवादी पार्टीको दल दर्ता खारेज गरिएको छ । निर्वाचन आयोगमा दर्ता गरिएका मध्ये राष्ट्रिय जनशक्ति पार्टी र राप्रपाबीच पार्टी एकता भइसकेको छ भने संघीय समाजवादी पार्टी र मधेसी जनाधिकार फोरम, नेपालबीच एकता भइ संघीय समाजवादी फोरम बनेको छ । यस्तै, निर्वाचन आयोगमा दर्ता भएका नेकपा ९एकीकृत० हालसालै मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसँग एकता गरी नेकपा क्रान्तिकारी माओवादी बनेको छ । थोरै सिट ल्याए पनि नेकपा माले, राष्ट्रिय जनमोर्चा, तमलोपा, नेपाल मजदुर किसान पार्टी लगायतका दलहरु थोरै सिट ल्याए पनि राम्रै अस्तित्व राख्ने दलमा पर्दछन् । विना अस्तित्वका राजनीतिक दलहरु निर्वाचन आयोगमा दल दर्ता गराइएका ७६ दलहरुमध्ये एक दर्जन दलहरुबाहेक सबै विना अस्तित्वका छन् । समाजवादी प्रजातान्त्रिक जनता पार्टी नेपाल, नेपाल राष्ट्रिय विकास पार्टी, समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनता दल, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त), चूरेभावर राष्ट्रिय एकता पार्टी नेपाल, नेपाल समता पार्टी, दलित जनजाति पार्टी, नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) , हरियाली नेपाल पार्टी, नेकपा (संयुक्त माक्र्सवादी), शिवसेना नेपाल लगायतका दल अक्कल झुक्कल चर्चामा आउने पार्टी हुन् । यस्तै, नेपाल को–अपरेटिभ पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी), हिन्दु प्रजातान्त्रिक पार्टी, नव जनवादी मोर्चा, नेपाल राष्ट्रिय जनकल्याण पार्टी, राष्ट्रवादी मिलन केन्द्र नेपाल दल, राष्ट्रिय विकास पार्टी, नेकपा (मालेमा केन्द्र), मुस्कान सेना नेपाल पार्टी, लिग नेपाल शान्ति एकता पार्टी, नेपाली जनतन्त्र पार्टी, राष्ट्रिय जनएकता पार्टी, नेपाल जनसंघ पार्टी, प्रजातान्त्रिक शक्ति पार्टी, नेपाल जनभावना पार्टी, राष्ट्रिय जन प्रजातान्त्रिक पार्टी, नेपाल शान्ति क्षेत्र परिषद्, राष्ट्रवादी युवा मोर्चा, नेपाली राष्ट्रिय जनभावना पार्टी, लिवरल समाजवादी पार्टी लगायतका पार्टी निर्वाचन आयोगमा बाहेक अन्त कहाँ छ भनेर खोज्नुपर्ने हुन्छ । प्रजातान्त्रिक शान्ति पार्टी, नेपाली जनता दल, नेपाल राष्ट्रिय लोकतान्त्रिक दल, राष्ट्रवादी एकता पार्टी, नेपाली काँग्रेस (राष्ट्रवादी), प्रजातान्त्रिक जनमुक्ति पार्टी, जनमुक्ति पार्टी नेपाल, लोकतान्त्रिक जनता पार्टी नेपाल, नेपाल जागृति दल, राष्ट्रिय जनता दल नेपाल, नेपाल प्रजातान्त्रिक युवा पार्टी, शान्ति पार्टी नेपाल, नेपाल जनता पार्टी, नेपाल बहुदल पार्टी, लोक कल्याणकारी जनता पार्टी नेपाल, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल साम्यवादी दल, नेपाल सुकुम्वासी पार्टी (लोकतान्त्रिक), नेपाल दलित श्रमिक मोर्चा, लगायतका बहुरुपी पार्टीहरु छन्, जो कुनै अस्तित्वमा देखिदैंनन् । सबै राजनीतिक दलहरुको चल्ने भनेकै चन्दा उठाएर नै हो । ब्यापारी, ठेकेदार, कर्मचारीदेखि तस्करहरुबाट चन्दा उठाएर चल्ने यी राजनीतिक दलहरुको आफ्नै आयस्रोत भने देखिदैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies