Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

भूकम्पका कारण बिस्केट जात्राको मार्ग छोट्याइने

\"gofFjif{sf]

भक्तपुर। भूकम्पका कारण यस वर्षको बिस्केट जात्राको मार्ग छोट्याइने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले आज नागरिक समाज, सम्बन्धित गुठियार, भैरव नाइके, स्थानीय क्लब, राजनीतिक दल, सरोकार भएका निकाय, सञ्चारकर्मी र सरकारी निकायसँग गरेको बैठकमा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक किरण वज्राचार्यले जात्रालाई शान्तिपूर्ण र सौहार्दपूर्ण तरिकाले सम्पन्न गर्न दिउँसो नै रथ तान्नुपर्ने र जात्राको मार्ग छोट्याउनुपर्ने प्रस्ताव गरेका थिए ।

गुठी संस्थान भक्तपुरका प्रमुख लेखनाथ सापकोटाले जात्राको आवश्यक तयारी सुरु भइसकेको, रथ तान्ने डोरी ल्याउने कार्य अगाडि बढेको, रथ निर्माण सुरु भएको र विभिन्न कार्य गर्ने गुठियार तथा रकमीलाई रकम वितरण सुरु भइसकेको जानकारी दिँदै जात्राको मार्गका विषयमा स्थानीय बासिन्दा नै जागरुक हुनुपर्ने बताए ।

सशस्त्र प्रहरी गुहेश्वरी गण दुवाकोटका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राघवसिं थापाले जात्राको मार्ग छोट्याउनुपर्नाका कारणबारे टोल टोलमा घरदैलो गरी जनतासँग अन्तक्र्रिया गर्नुपर्ने सुझाव दिए ।

स्थानीय बुद्धिजीवी अनन्तप्रसाद धौभडेलले विगतमा पनि ०४६ र ०६२÷०६३ सालको जनआन्दोलनका बेला राजनीतिक दलको अगुवाइमा जात्राको मार्ग छोट्याएर सौहार्दपूर्ण तरिकाले जात्रा सम्पन्न गरिएको स्मरण गराए ।

भक्तपुर नपा–११ का पूर्ववडाध्यक्ष धु्रवनारायण लिवीले लिङ्गो उठाइने स्थान भेलुखेलमा भूकम्पपीडित बसोबास गरिरहे पनि यही चैत १५ गतेसम्म वैकल्पिक व्यवस्था गरेर ठाउँ खाली बनाउने सहमति भएको र गाःहिटीदेखि भेलुखेलसम्मको रथ लैजाने मार्गमा रहेका अवरोध पन्छाउने कार्य सुरु भइसकेको जानकारी दिए ।

बैठकले विगतमा जस्तै जात्रालाई शान्तिपूर्वक सम्पन्न गर्न टौमढी क्लबले स्वयम् सेवक परिचालन गर्ने, जिल्ला जनस्वास्थ्य कार्यालय र भक्तपुर अस्पतालले स्वास्थ्योपचारको व्यवस्था गर्ने, भक्तपुर नगरपालिकाले सडक बत्ती तथा सरसफाइ गर्ने, जात्रा अवधिभर भक्तपुर र मध्यपुरथिमिभित्र विद्युत्भार कटौती नगर्ने, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले खानेपानीको आपूर्ति बढाउने निर्णय गरेको प्रजिअ तेजप्रकाश पौडेलले बताए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies