Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

अन्ततः वैद्य माओवादी फेरि पनि विभाजनकै दिशामा

\"kiran=badal\" काठमाडौं । एकीकृत नेकपा माओवादीसँग एकता गर्ने विषयमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको विवाद चुलिँदै जाँदा पार्टी फेरि विभाजनको संघारमा पुगेको छ । अध्यक्ष वैद्यले वैचारिक रुपमा कुरा नमिलेसम्म एकता गर्न नसकिने बताएपछि रामबहादुर थापा ‘बादल’ पक्षधर नेताहरु असन्तुष्ट बनेका हुन् । झण्डै दुई वर्षअघिदेखि नै दुई माओवादीबीच एकताको लागि छलफल चले पनि असफल हुँदै आएको थियो । परि थापा नेतृत्वको नेकपा (एकीकृत)सँगको एकतापछि बसेको केन्द्रीय समिति बैठकले पुनः एमाओवादीसँगको एकताको एजेण्डा स्वीकृत गर्दै वार्ताको जिम्मेवारी अध्यक्ष वैद्यलाई नै दिएको थियो । एकताका लागि भन्दै वैद्य माओवादीले दुई वर्षअघि नै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ६ बुँदे एकताको आधार पेश गरेको थियो । तर जनवादी क्रान्ति सम्पन्न भइसकेको एमाओवादी निश्कर्ष र जनवादी क्रान्ति अधुरै रहेको वैद्यको मतका कारण एकता वार्ता अवरुद्ध भएको थियो । तर पछिल्लो समय भने संगठन झनै कमजोर बनेको र सिद्धिने अवस्थामा पुगेको भन्दै वैचारिक कुरालाई तिलाञ्जली दिएर भए पनि एमाओवादीसँग एकता गर्ने मत वैद्य माओवादीमा बलियो हुँदै गएपछि विवाद चुलिएको हो । एमाओवादी अध्यक्ष प्रचण्ड जनवादी क्रान्ति सम्पन्न नभएको भन्नेमा स्पष्ट नभएसम्म एकता गर्ने पक्षमा आफू नरहेको वैद्यले बताएपछि वादलले छुट्टै दस्तावेज ल्याएर विभाजनको रेखा कोरेको वैद्य निकट नेताहरुको आरोप छ । वैचारिक अडानलाई लिएर वैद्यले एकता गर्नै नचाहेको बादल पक्षधर नेताहरुको निश्कर्षपछि वादलले छुट्टै दस्तावेज अघि सारेका छन् । वादलले आफ्नो दस्तावेजमा नौलो जनवाद सम्भव नभएको र आफूरुले यसअघि नै नौलो जनवाद छाडिसकेको उल्लेख गरेका छन् । वैद्यले भनेजस्तो नौलो जनवाद सम्भव नभएको र एमाओवादी अध्यक्ष प्रचण्डले भनेजस्तो समाजवाद टाढा रहेको भन्दै बादल बीचको बाटो रोज्नुपर्ने पक्षमा देखिएका छन् । वैद्यको लाइनमा आफू पूर्ण असहमत रहेको वादलले जनाएपछि नोट अफ डिसेन्ट लेखेर अघि बढ्न वैद्यले सुझाएका छन् । ‘कुनै वैचारिक राजनीतिक एजेण्डाको विषयमा बहस होइन’, वैद्य माओवादीका एक केन्द्रीय सदस्यले भने, ‘एकताको सम्भावना नदेखिएपछि सोही विषयमा किचलो थालिएको हो ।’ वैद्यले आफू पनि एकताको विरोधी नभएको तर त्यसै सति जान नसकिने बताउँछन् । विचारबिनाको एकता सम्भव नभएको वैद्यको तर्क छ । स्रोतका अनुसार वैद्यले नमाने वादलसहितको केही समूह एकता गर्ने तयारीमा रहे पनि वैद्यबिनाको एकता पार्टी एकता नहुने भन्दै एमाओवादीले अस्वीकार गरे पनि पार्टी नै विभाजन गरेर एकता गर्ने तयारीमा वादल समूह रहेको स्रोतको भनाइ छ । एमाओवादी संशोधनवादी भएको आरोप लगाउँदै वैद्य माओवादी विभाजित भएको दुई वर्षमै विप्लव समूह वैद्यबाट छुट्टिएको थियो । एमाओवादीसँगको एकताकै विषयमा विवाद चुलिएपछि बोलाइएको केन्द्रीय समितिको बैठक शुक्रबारदेखि राजधानीमा शुरु भएको छ । केन्द्रीय सदस्यहरुमा स्पष्ट दुई धार देखापरेको छ । एकताको नाममा सति जान नसकिने किरण पक्षधर केन्द्रीय नेताहरुले बताएका छन् भने वैद्यले विभिन्न बाहनामा एकता गर्न नचाहेको वादल पक्षधर नेताहरुको आरोप छ । एकताकै एजेण्डालाई लिएर बहस भइरहेका बेला केही दिनअघि मात्रै वैद्य माओवादीमा १५१ सदस्य केन्द्रीय सदस्यलाई पूर्ण दिने क्रममा १ सय ९९ सदस्यीय केन्द्रीय सदस्य बनाइएको छ । पार्टी संगठन नै तहसनहस भइरहेका बेला जम्बो केन्द्रीय समिति बनाएपछि कार्यकर्ताहरुले भने पार्टी नेतृत्वको आलोचना गर्दै आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies