Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

सिँगान बगिरहनु मुटुका लागि खतरा !

\"sinusitis-boy\"सधैँभरि बालबालिकाको नाकबाट सिँगान बग्ने गरेको छ भने सचेत हुन चिकित्सकले सुझाव दिएका छन् । रुघाखोकी लागेको समयबाहेक सधैँभरी एकनासले नाकबाट सिँगान बग्ने गरेको छ भने त्यसले पछि मुटु र श्रवणशक्तिलाई समेत असर पार्नसक्छ ।

विद्यालय जाने उमेर समूहका बलबालिकामा एकनास नाकबाट सिँगान बग्ने विभिन्न कारणले हुनसक्छ त्यसलाई हेलचक्य्राइँ नगर्न चिकित्सकले सुझाएका छन् । वीर अस्पतालका नाक, कान, घाँटी विभागका कल्सल्टेन्ट इएनटी सर्जन डा दिपेन्द्र गौतमका अनुसार सधैँभरी नाकबाट सिँगान बग्दा मुटुसम्बन्धी समस्या देखिने सम्भावना धेरै हुन्छ ।

उनले भने, “सधैँभरी सिँगान बग्दा त्यसले मुटु र फोक्सोलाई असर गरी मुटुले काम नगर्नेसम्म हुनसक्छ । साथै नाकको सम्बन्ध कानसँग पनि हुनेभएकाले त्यसले श्रवणशक्ति कम हुने, कान पाक्ने र पछि बहिरोपनसम्म हुने खतरा हुन्छ, त्यसकारण समयमै उपचार आवश्यक छ ।”

उनका अनुसार बालबालिकालाई चिसो भएमा, नाकमा सङ्क्रमण भएमा, नाक पछाडि ग्रन्थी बढेर एलर्जी, पिनास बारम्बार रुघा लाग्ने र नाकमा बाहिरी वस्तु अड्किएर पनि नाकमा निरन्तर सिँगान बग्ने समस्या देखिन्छ ।

गौतमले भने, “बच्चाको नाकबाट एकनासले सिगाँन बग्ने धेरै कारण छन्, सरसफाईका साथै समयमै उपचार नगर्ने हो भने त्यसले दीर्घकालिन जटिल समस्या ल्याउन सक्छ ।” नाकमा मासु पलाए पनि सिँगान बग्ने समस्या देखिन सक्छ ।

निरन्तर सिँगान बग्ने समस्या भएका बालबालिकालाई सास फेर्न गाह्रो हुने, नाक बन्द हुने, सुतेको बेला घुर्ने, निद्रा पूरा नहुने र सिँगानका कारण तिरस्कृत हुने जस्ता समस्या देखिने गर्छ ।

डा गौतमका अनुसार उमेर बढ्दै जाँदा कसैलाई यो समस्या निको हुँदै गए पनि धेरैलाई पछिसम्म असर पर्न सक्छ । यस्तो विद्यार्थीको अध्ययनमा समेत मन नलाग्ने, निन्द्रा पूरा नहुँदा विद्यालयमा निदाउने, दिउँसो निद्राका कारण दुर्घटनामा समेत पर्ने खतरा हुने डा गौतमको भनाइ छ ।

यस्ता बालबालिकामा अन्य रोगको सङ्क्रमण पनि छिटो हुने भएकाले आफ्नो दैनिक आचरणमा सुधार ल्याउनुपर्छ । प्रशस्त पानी पिउने, चिसो खानेकुरा नखाने, धुलो, धुँवा र भीडभाडबाट बचाउने, सागपात, फलफूल प्रशस्त खाने बानीको विकास गर्नुपर्ने चिकित्सको सुझाव छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy