Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

ईयू र भारतले ‘नेपालको संविधान अपूरो' भनेकाेमा सरकारकाे अपत्ति

\"EU-India-vs\"काठमाडौं । यूरोपियन युनियन ईयू र भारतको १३ औं सम्मेलनपछि जारी संयुक्त विज्ञप्तीमा ‘नेपालको संविधान अपूरो भएको’ भनिएकोमा नेपाल सरकारले गम्भीर आपत्ति जनाएको छ ।

ब्रसेल्समा सम्पन्न ईयू र भारतको सम्मेलनपछि जारी भएको संयुक्त विज्ञप्तिमा ‘नेपालको संविधान अपूरो भएको’ भनिएको छ ।

परराष्ट्र मन्त्रालयले बिहिबार विज्ञप्ती निकालेर ईयू र भारतको संयुक्त विज्ञप्तीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । ‘नेपालले सबै क्षेत्रका जनताको भावना समेट्दै संविधानसभामार्फत प्रजातान्त्रिक प्रक्रियाबाट संविधान बनाएको’ परराष्ट्रको विज्ञप्तीमाउल्लेख छ ।

‘संविधान जारी भएपछि सन् २००६ देखि शुरु भएको शान्तिप्रक्रिया टुंगोमा पुगेको तथा संघीयता र गणतन्त्र जस्ता प्रणाली स्थापना भई महत्वपूर्ण उपलब्धी हासिल भएको छ ’ विज्ञप्तीमा भनिएको छ ।

मन्त्रालयले ईयू र भारतलाई संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लेखित अहस्तक्षेपको सिद्धान्त पालना गर्न सम्झाएको छ ।‘ईयू र भारतको संयुक्त विज्ञप्तीले नेपाली जनताको भावनामा चोट पु¥याएको मात्रै छैन, कुनै पनि मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने संयुक्त राष्ट्रसंघको ‘चार्टर’ मा उल्लेखित आधारभूत सिद्धान्त र अन्तर्राष्ट्रिय कानूनकोसमेत उल्लंघन भएको छ ।’

नेपालको सार्वभौमसत्ता र प्रजातान्त्रिक अधिकारको सम्मान गर्न सबैलाई सरकारले आग्रह गरेको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending