Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

सरकार र व्यवसायीबीचको वार्ता सहमति नजिक

\"bairo-baideshik-rojgar\"काठमाडौँ। श्रम तथा रोजगार मन्त्रालय र आन्दोलनरत वैदेशिक रोजगार व्यवसायी सङ्घबीच भएको बिहिबार भएको वार्ता सहमति नजिक पुगेको छ ।

सरकारले गत असार २१ गतेदेखि निःशुल्क टिकट र प्रवेशाज्ञाको व्यवस्था गर्दै प्रवद्र्धन खर्चवापत म्यानपावर कार्यालयले उठाउन पाउने रकम रु १० हजारमा सीमित गरेको थियो ।

सो रकम बढाएर रु २० हजार वा कामदारले पाउने पहिलो एक महिनाको तलब बराबरको रकम प्रवद्र्धन खर्चवापत पाउनुपर्ने माग राख्दै व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।

मन्त्रालयको तर्फबाट वार्ता समितिका संयोजक मन्त्रालयका सहसचिव गोविन्दमणि भुर्तेलले आजको वार्ता सौहार्दपूर्ण वातावरणमा भएको बताउँदै व्यवसायी र कामदार दुवैलाई मर्का नपर्ने गरी समाधान खोज्ने प्रयास भएको बताए ।

उनले विगतमा न्यूनतम लागत रु ८० हजार तोक्दा पनि व्यवसायीले त्योभन्दा बढी रकम कामदारबाट असुल्ने गरेको भन्दै आगामी दिनमा बढी रकम नलिने सुनिश्चिततासहित वैज्ञानिक आधारमा प्रवद्र्धनात्मक खर्च तोक्न सरकार तयार रहेको जानकारी दिए ।

वार्तामा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन९सार्क० र दक्षिण पूर्वी एसियाली राष्ट्रको सङ्गठन आसिआन राष्ट्रमा विदेशिने कामदारबाट त्यहाँको म्यानपावरले कति रकम उठाउछन् सोही आधारमा प्रवद्र्धन खर्च तय गर्ने सहमति भएको सङ्घका महासचिव रोहन गुरुङले जानकारी दिए । दुवै पक्षले सो रकमबारे दुई दिनभित्र अध्ययन गर्ने र आइतबार पुनः वार्तामा बस्ने गरी आजको वार्ता टुङ्गएिको उनले बताए ।

प्रहरीले गत फागुन १२ गते १८ म्यानपावर कार्यालयमा छापा मार्दै केही सञ्चालकलाई पक्राउ गरेको विरोधमा आन्दोलनमा उत्रिएका व्यवसायीले फागुन २३ गतेदेखि कामदारको पूर्व र अन्तिम श्रम स्वीकृति लिन बन्द गर्दै आएका छन् ।

सङ्घले विदेश कामदार नपठाउने निर्णय गरे पनि त्यसको उल्लङ्घन गर्दै म्यानपावरले धमाधम श्रम स्वीकृति लिँदै कामदार पठाउन थालेपछि व्यवसायीको आन्दोलन कमजोर बन्दै गएको थियो ।

आन्दोलन कमजोर बनेपछि बुधबार सङ्घले आन्दोलनलाई केही खुकुलो बनाउँदै अन्तिम श्रम स्वीकृति लिन रोक नलगाउने निर्णय गरेको थियो । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy