नेकपा क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको बैठक चैत १२ गतेदेखि चलेको छ । एकीकृत माओवादीसँगको एकतालाई समान धारणा बनाएर एकता गरौं भन्ने भावका साथ चलेको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष मोहन वैद्य ‘किरण’ले एकताबारे राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन् भने अर्का नेता रामबहादुर थापा ‘बादल’ले अर्को छुट्टै पूरक प्रस्ताव पेश गरेका छन् । केन्द्रीय समिति बैठकमा युवा नेता लेखनाथ न्यौपाने र कुलप्रसाद केसी ‘सोनाम’ले पनि पार्टी एकताका सन्दर्भ आफ्नो छुट्टै सुझाव पेश गरेका छन् । एकताबारेमा शुरु भएको बहस कता केन्द्रित भएको छ र एकताको सम्भावनाबारे नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेसँग गरिएको संक्षिप्त कुराकानी ।
तपाईँहरुको आकस्मिक केन्द्रीय समितिको बैठकमा एक हप्ताभन्दा बढि समयदेखि के विषयमा छलफल भइरहेको छ ?
भीमकाय दुई मुलुककोबीचमा बसेर एक्लै क्रान्ति गर्न हामी सक्छौं कि सक्दैनौं ? सम्भव छ कि छैन ? सम्भव तथा उपाय के हुन सक्छ
माओवादी केन्द्रीय समिति बैठकमा छलफल पार्टी एकताकै बारेमा भइरहेको छ । कार्यालयको तर्फबाट अध्यक्ष मोहन बैद्य ‘किरण’ले एक सुत्रीय प्रस्ताव भनेर एकताको बारेमा प्रस्ताव गर्नुभएको छ । पार्टी एकतासँग कार्यदिशासहितको बहस जोडिएको छ । पार्टी एकता र आन्दोलनको कार्यदिशाको बारेमा अहिले बहस चलिरहेको छ । एउटा बिशिष्ठ पक्ष भनेको एकता गर्न नहुने पक्षमा कुनै सदस्यहरु हुनुहुन्न । तर ब्याख्या गर्ने क्रममा हामी अलि अलि दुई भागमा बिभाजित भएकै छौं । बिभाजन कस्तो भन्दा कार्यदिशाको बहस गरेर टुङ्ग्यापछि मात्रै एकता गर्ने एउटा मत छ । दोस्रो आखिर आन्दोलनमा हामीले सेडब्याक खायौं, हार्यौं । हामीे धेरै टुक्रामा बिभाजित भयौं । यसो गर्दा इतिहासका मूल्य मान्यताहरु पनि जोगाउन नसकिने र आगामी यात्रा पनि कठिन भएकाले पार्टीको पनि फराकिलो घेरा बनाउँ र जनतामा जाने पनि फराकिलो घेरा बनाउँ र त्यहीँ बहस गरेर टुङ्ग्याउ भन्ने अर्को मत जस्तो । यो दुइटा मतको बीचमा छलफल चलिरहेको छ ।
छलफल चलिरहदा तपाईले छुट्टै प्रस्ताव गर्नुभएको रहेछ, तपाईँको धारणा के हो ?
मैले प्रस्तावकै रुपमा त भनेको छैन तर मैले एउटा लिखित सामग्री पेश गरेको छु । जसमा चार वटा बुँदा मैले उल्लेख गरेको छु । मुख्य बँुदा चाहिँ, अहिलेको नेपाली समाजको वस्तुनिष्ट बदलिएको नेपाली समाज छ । त्यो बदलिएको नेपाली समाजको वस्तुनिष्ट अध्ययन नगरिकन र एउटा निश्कर्ष नलिकालीकन हामीले नेपाली क्रान्तिको कार्यदिशाको निष्कर्ष दिन सक्दैनौं । त्यसकारण कार्यदिशाको बहस होइन कि नेपाली समाजको अध्ययन गरौं र बहस गरौ र त्यसको एउटा निष्कर्ष दिएपछि त्यो अनुकुलको कार्यदिशा के हुन्छ भन्ने आधारमा प्रवेश गरौंला भनेर अलिकति तथ्याङकसहित नेपाली समाजको आर्थिक समाजिक सांस्कृतिक तथ्याङकसहित मैले मुख्य विष्यवस्तु उठाएको छु । दोस्रो विषयवस्तु अन्तर्राष्ट्रिय विषयवस्तुसँग जोड्नु पर्दछ भन्ने कुरा छ मेरो । ठूला भूगोल अर्थतन्त्र र जनसंख्याको हिसाबले ठूला मुलुकहरुकोबीचमा हाम्रो मुलुक छ । अबको क्रान्तिको कार्यदिशा के हुन सक्छ भन्ने विषयवस्तुलाई अर्को अध्ययनको बिषय बस्तु बनाउनुपर्छ । समाजवादी शिविर बलियो हँुदा अथवा चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न हुँदा हाम्रो मुलुकमा केही पनि भएन ।
हामीले माओवादी स्कुलको पुर्नगठन गरिएन भने संसदीय कम्युनिष्ट स्कुल एमालेको स्कुल र अर्को बाबुरामले नयाँ शक्ति भनेर निमार्ण गरेको शक्ति, जसलाई ठिमाहा स्कुल भनेको छु । ठिमाह स्कुल बलियो हुनेछ ।
जनयुद्ध एउटा उत्कर्षमा पुग्दै गर्दाखेरी पनि छिमेकी दुइटा मुलुककोबीचमा हामीले सम्पन्न गर्न सकेनौं । त्यसो गर्दा हाम्रो जस्तो साना मुलुकहरुले भीमकाय दुई मुलुककोबीचमा बसेर एक्लै क्रान्ति गर्न हामी सक्छौं कि सक्दैनौं ? सम्भव छ कि छैन ? सम्भव तथा उपाय के हुन सक्छ भनेर मैले त्यसैसँग जोडेर विषयवस्तु राखेको छु । त्यसपछि पार्टी एकताको विषयमा मैले राखेको विषयवस्तु भनेको पार्टी एकता एउटा पक्ष हो, त्यो अनिवार्य छ । तर त्यो भन्दा अगाडि माओवादी स्कुलको पुर्नगठन गर्नुपर्दछ । हामीले माओवादी स्कुलको पुर्नगठन गरिएन भने संसदीय कम्युनिष्ट स्कुल एमालेको स्कुल र अर्को बाबुरामले नयाँ शक्ति भनेर निमार्ण गरेको शक्ति, जसलाई ठिमाहा स्कुल भनेको छु । ठिमाह स्कुल बलियो हुनेछ र माओवादी स्कुल कमजोर हुदै जानेछ । समग्र सोच्ने, अध्ययन गर्ने, बिश्लेषण गर्ने, संश्लेषण गर्ने तरिका तथा पार्टी निमार्ण गर्ने तरीका तथा परिचालन गर्ने तरीका सहितको पार्टी एकताकोे अहिलेको आवश्यकता हो भन्ने मैले पार्टी स्कुलको कुरा गरेको छु । तेस्रो बिषयवस्तु मैले नेपाली समाज अथवा क्रान्तिकोबारेमा कुरा गदैगर्दा जुन पुस्ता केन्द्रीय पुस्ता हो, त्यो पुस्तालाई केन्द्रमा राख्न पर्छ भनेको छु । जनयुद्धको पहिलो पुस्ता र जनयुद्धको दोस्रो पुस्ता अहिलेको छलफलको केन्द्रीय बिषय बन्न सक्दैन । जनयुद्धको तेस्रो पुस्ता र समाजमा रहेको त्यसभन्दा पछाडिको पुस्ता जो छन् उनीहरुलाई सबैभन्दा बढि परिवर्तन चाहिएको छ । त्यो पुस्तालाई केन्द्रमा राखेर हामीले बहस गरौं भन्ने विषयवस्तु उठाएको छु । मैले चौथोमा पार्टी निर्माण सम्बन्धी बिधान बनाउनुपर्दछ त्यसका निम्ति कति समय लाग्छ खर्च गरौं । बिधान बनेपछि बिधान बामोजिम पार्टीलाई चलाऊँ । दोस्रो कुरा पार्टीलाई मनोनित होईन, निर्वाचित प्रक्रियामा लैजाउँ । सबै तहको नेतृत्वलाई निर्वाचन प्रक्रियामा लैजाऊँ । त्यसो नगरिकन अहिलेको आवश्यकतालाई सम्बोधन गर्न सकिदैँन भन्ने बिषयवस्तु मैले उठाएको छु ।
युवालाई पछाडि पारियो, अब युवाको प्रतिनिधित्व हुनुपर्दछ भनेर तपाईँले निर्वाचन प्रक्रियामा जोड दिनु भएको हो ?
पछाडि पारियो भन्ने मेरो धारणा छैन । किनभने जनयुद्धको पहिलो पुस्ता आफ्नो जमानामा योग्य साबित पनि भयो, त्यो पुस्ता आदरणीय पनि छ। तर त्यो पुस्ताको अहिले सीमा अभिब्यक्त हुन थाल्यो । त्यो उहाँहरुको ब्यक्तिगत दोष होइन । दोस्रोपुस्ता अलि बढि ब्यक्तिवादी गतिहिन भयो । यो पुस्ता आलोचनाको केन्द्र बनिरहेकै छ । त्यसकारण मैले यो बिषय बस्तु उठाएको हो । स्वभाविक के हो भने पछिल्लो बिकासलाई हामीले पछ्याउने हो । चाहे त्यो भौतिक बिज्ञान होस् चाहे त्यो समाज विज्ञान होस्, चाहे त्यो जैबिक विज्ञानमा होस् । पछिल्लो विकास र पछिल्लो पुस्तालाई हामीले पक्रनुपर्छ भन्ने मेरो भाव हो ।
पार्टीलाई मनोनित होईन, निर्वाचित प्रक्रियामा लैजाउँ । सबै तहको नेतृत्वलाई निर्वाचन प्रक्रियामा लैजाऊँ । त्यसो नगरिकन अहिलेको आवश्यकतालाई सम्बोधन गर्न सकिदैँन
एकताकै कुरा गरौं, तपाईँहरुले एमाओवादीलाई संसोधनवादमा फस्यो भन्ने आरोप लगाएर विभाजित हुनुभयो । अहिले चाहिँ एमाओवादी संशोधनवादबाट मुक्त भइसक्यो भन्ने निश्कर्ष हो वा किन हो एकताको लागि मरिहत्ते गर्नु भएको ?
हाम्रो चार वर्ष अगाडि एउटा विश्लेषण थियो । हामी बहुमत भएको संविधानसभा, हाम्रो एजेण्डा मिल्ने दुई तिहाई भएको संविधानसभा हाम्रै नेतृत्वको सरकारले बिघटन गर्ने कुरा अनि हाम्रो सेना हाम्रै सरकार भएको बेला पुरानो सेना जोसँग हामी लडेका थियौं त्यहि सेना लगाएर कब्जा गर्ने कुरादेखि हेर्दा नेपाली जनवादी क्रान्तिलाई योजनाबद्ध तरिकाले चाहिँ बिघटन गरियो भन्ने हाम्रो बिश्लेषण हो । त्यसलाई पछाडि फर्केर तान्न त मिल्दैन तर त्यो विश्लेषण सहि नै छ भन्ने लाग्छ । संसोधनवादी हो की होइन भन्ने बिषय तत्कालीन बिषयबस्तु हो । तत्कालिन विषयवस्तु हामीले जे भनेका थियौं अथवा हामीले क्रान्तिलाई निरन्तरता दिन सकिन्छ कि सकिदैन भनेर हामीले ‘रिहल्सल’ गर्न खोजेका थियौं तर हामीले क्रान्तिलाई निरन्तरता दिन सकेनौं । क्रान्तिलाई निरन्तरता दिन नसकेपछि हामीले फकेर हेर्दा त्यो कुरा सही हुदा हुदै पनि चार वर्ष हामी यहाँ आइपुग्दा पनि हामी अर्को ठाउँमा छौं । हाम्रो पार्टी पनि अर्को ठाउँमा छ र एमाओवादी पनि अर्को ठाउँमा छ । हामी तीब्र बिघटनमा जाने अवस्था आएकाले माओवादी स्कुलको पुनगर्ठनको आवश्यकता परेको हो । सैद्धान्तिक बिषयबस्तु मात्र पनि होइन। सैद्धान्तिक बिषयबस्तु महत्वपूर्णहोला तर एमाओवादी संसोधनवादी हो की होइन भन्ने कुरा हामी अब एकैठाउँमा बसेर बहस गर्नुपर्दछ । होइन भन्ने बिषयवस्तुलाई प्रमाणित गर्नेगरी हामी सबैले क्रियाशील हुनुपर्छ जस्तो लाग्छ ।
हामीले क्रान्तिलाई निरन्तरता दिन सकिन्छ कि सकिदैन भनेर हामीले ‘रिहल्सल’ गर्न खोजेका थियौं तर हामीले क्रान्तिलाई निरन्तरता दिन सकेनौं ।
किनकी इतिहासको मात्रै बिश्लेषण गरेर बर्तमानको सम्बोधन र भविश्यलाई सुनिश्चित गर्न सकिदैन । त्यो हिसाबले हामीले सोच्नुपर्दछ । बिगतका बिषयबस्तु हेरेर धेरै तान्ने अवस्थामा हामी रहनुहुदैन ।
ठूलो पार्टी नै बनाउनु थियो भने तपाईँहरु त्यतिबेलै फुट्नु हुदैनथ्यो, फुट्नुभयो । तर अहिले चाँही पराजित अवस्थामा पुगेपछि एकताको कुरा गर्नु भएको छ । विचारको पनि आवश्यक छैन अथवा अहिलेको आवश्यकता बिचारको होइन, मात्र एकता हो भन्ने ठम्याईँ हो ?
त्यसो पनि होइन । बिचारको लडाइँ त मुख्य विषय नै हो । तर विचार भनेकै के हो भन्ने अस्पष्ट छ । अमुर्त कुरा गरेर त भएन नि। बिचार भनेको के हो त भन्दा अहिले माओवादी आन्दोलन कमजोर भयो । कमजोर हाम्रो कारणले मात्र पनि होइन । हाम्रो भन्दा मुख्यतः नेतृत्वको कारणले हो । माओबादी आन्दोलन कमजोर भयो, हाम्रो स्कुल कमजोर हुँदा जनतामा हामी बिस्थापति हुने प्रक्रिया भयो । अरु जनताको खास प्रतिनितित्व हुन नसक्ने स्कुलहरु स्थापित हुन खोजे भन्ने अहिलेको धरातलमा टेकेर हामीले यो बिषयबस्तु उठाउन खोजेको हो । पार्टी हामीले मात्रै बिभाजित गर्यौं भन्ने पनि होइन । हामी दुइटैले बिभाजित गर्यौं । क्रान्तिकारी माओवादीले बिभाजन गर्यो एमाओवादीले विभाजन चाहेको थिएन भन्ने कुरा होइन । मुख्य विषयवस्तुमा हाम्रो डिफर देखियो र पार्टी बिभाजित भयो । पार्टी एउटाको मात्र होईन दुइटैको कारणले बिभाजन भयो । विभाजनमा भौतिक हिसावले निर्णायक त हामीले गर्यौं होला । तर विषयवस्तुका हिसावले त्यतिबेलाको नेतृत्व निर्णयक हो ।
हामीले भनेकोजस्तो यो संबिधान पुरै प्रतिगामी हो भनेर पनि हुँदैन । हाम्रो कारणले कम्तीमा सामान्य नै भएपनि गणतन्त्र आएको छ धर्मनिरपेक्ष आएको छ त्यसको वनरसिप जनयुद्धकारीहरुले लिनुपर्दछ ।
मेरो के पनि निष्कर्षमा हुन्छ भने पार्टी ठूलो बनाउने मात्र कुरा मात्र होइन । यदि पार्टी ठूलो बनाएर जनताका विरोधीहरुसँग प्रतिरोध गर्ने कुरा त हामीले निश्कर्ष निकाल्नै पर्छ । त्यो हाम्रो केन्द्रीय प्रश्न हो। हामी प्रतिरोध गर्दैनौ, जनयुद्धका मुद्दाहरुको प्रश्न आइरहेको छ । हामी सबैको टाउकामा तरबार झुण्डिराखेको छ । हाम्रा मुद्दाहरु अलपत्र परेका छन् । जनयुद्ध बेकार थियो भन्ने बिषयबस्तुले जित्न खोजिरहेको छ । हामी जनयुद्धका सदस्य थियौ । हामीले लडेका थियौ भनेर गर्बका साथ भन्न नसक्ने वातावरण बन्दै गएको छ । त्यो बस्तुगत धरातलमा टेकेर माओवादी स्कुलको पुर्नगठनको कुरा गनुपर्ने अवस्था आएको यथार्थ हो ।
वैचारिक कुरा पनि हो भन्ने तर एकता पनि नगरी नहुने विरोधाभाष कुरा भएन ? जनवादी क्रान्ति सम्पन्न भइसकेको भन्ने एउटा प्रश्न र अर्को नयाँ संविधानलाई हेर्ने दृष्टिकोणमा चाँही कसरी मत मिल्छ र ?
यसका दुइटा पक्ष छन् जस्तो मलाइ लाग्छ । एउटा संबिधानलाई हेर्ने दृष्टिकोण हाम्रो समान हुनैपर्छ । संबिधान त आयो आयो । संविधान जसरी आए पनि आइसक्यो । समान दृष्टिकोण बनाउनको निम्ति प्रचण्डले क्रान्तिकारी माओवादीलाई पठाउनु भएको प्रस्ताव पनि यथेष्ट छैन, त्यो अपुग छ । त्यसमा हामीले केही न केही नयाँ अवधारण समाबेस गराउनुपर्दछ । हामीले भनेकोजस्तो यो संबिधान पुरै प्रतिगामी हो भनेर पनि हुँदैन । हाम्रो कारणले कम्तीमा सामान्य नै भएपनि गणतन्त्र आएको छ धर्मनिरपेक्ष आएको छ त्यसको वनरसिप जनयुद्धकारीहरुले लिनुपर्दछ । त्यही नै अन्तिम हो, त्यो नै सबैभन्दा ऐतिहासिक हो, दुनियाँका संबिधान भन्दा राम्रो भन्ने हो भने त्यो चाहिँ कच्चा बिश्लेषण हो । त्यसकारण राज्य सत्तासँग सबिधानलाई जोडेर हेर्नुपर्दछ । राज्य सत्तासँग सविधानलाई जोडेर हेर्ने हो भने सविधान ऐतिहासिक छैन । संविधान एक प्रकारले भन्ने हो भने प्रतिक्रियावादी नै छ । हामीले यो निष्कर्ष निकाल्नै पर्दछ । एकै ठाउँमा बसेर त्यसको बहस गरौंला भन्ने छ हाम्रो ।
जनयुद्ध र माओवादीको नेतृत्व गर्ने हाम्रा नेताहरु प्रचण्डदेखि किरण लगायतका नेतहरुको उद्देश्य संसदीय गणतन्त्र मात्रै स्थापना गर्ने उद्देश्य थियो भने उहाँहरुले घोषणा गर्नुहोस् । त्यसपछि अर्को धारण बन्छ ।
दोस्रो विषयवस्तु, अन्तरवस्तुका हिसावले यो राज्य सत्ता संसदीय ब्यवस्था पुनस्र्थापित भएको हो । संसदीय गणतन्त्र नै हो । जनयुद्ध र माओवादीको नेतृत्व गर्ने हाम्रा नेताहरु प्रचण्डदेखि किरण लगायतका नेतहरुको उद्देश्य संसदीय गणतन्त्र मात्रै स्थापना गर्ने उद्देश्य थियो भने उहाँहरुले घोषणा गर्नुहोस् । त्यसपछि अर्को धारण बन्छ । होइन, त्यतिमात्रै थिएन भने हामी जानेकहाँ हो भन्ने हामीले निष्कर्ष निकालौं । जाने बिषयमा हाम्रो समान धारण बन्न सक्छ । त्यही आधारमा पुजिँवादी र समाजवादी क्रान्तिको बिषयवस्तु जोडिन्छ । समाजवादी क्रान्ति सम्पन्न गर्नका लागि दुई वटा आधार अनिवार्य चाहिन्छ । एउटा हाम्रो मुलुकमा मजदुर र मालिक एकै ठाउँमा हुनुपर्दछ । मजदुर र मालिकहरुको अत्याधिक संख्या हुनुपर्छ । त्यो अहिले हाम्रोमा छैन । ३८ लाख मजदुरहरु बिदेशमा छन् । मजदुर बिदेशमा छन् भने यहाँ उद्योग छन् भन्ने पनि भएन । यो एउटा अनिवार्य आधार हो ।
समाजवादी क्रान्तिमा जाने दोस्रो आधार भनेको न्युनतम दैनिक उपभोग्य वस्तुहरु हाम्रै मुलुकले उत्पादन गर्नुपर्छ र आत्मनिर्भर हुनुपर्छ । तर हाम्रो मुलुक अहिले खाद्यान्नमा पूरै परनिर्भर छ । र्यामिट्यान्सको कारण हामी खाद्यान्न सबै आयात गर्छौं । हाम्रो जमीन चाहिँ बाँझो छ । जमीन बाँझो हुने, खाद्यान्न आयात गर्ने, मजदुर नहुने, उद्योगिक उद्योगहरु नहुने अवस्थामा दलाल तथा नोकरशाही समाजवाद हुन्छ । माओवादी होस् वा एमाओवादीले खोजेको समाजवाद दलाल समाजवाद होइन । उहाँहरुले नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार भन्नु भएको छ । बाँकी कति हो भन्नेमा हाम्रो छलफल हुन सक्छ । नयाँ जनवादी क्रान्ति अथवा नेपाललाई स्वाधिन बनाउने र आत्मनिर्भर बनाउने लैजानेतर्फ डोर्याउनुपर्छ । आमुल परिवर्तनको हिस्सा कति हो, त्यसलाई पहिले पूरा गर्नुपर्छ र जनवादी, समाजवादी क्रान्तिको आधार तयार गर्नुपर्छ । त्यसपछि समाजवादी क्रान्तिमा जाने माओवादी क्रान्तिको स्वतः रणनीति हुने भइहाल्यो । त्यसकारण अहिले भर्खरै जनवादी क्रान्ति पूरा भयो, समाजवादी क्रान्तितर्फ जाने भन्ने कुराले त मेरो विचारमा एकता हुँदैन । दोस्रो कुरा शत प्रतिशत जनवाद मात्रै हो भन्ने कुराले पनि हुँदैन । हामीले त्यो बीचको विकल्प निकाल्न सक्छौं । त्यो बीचको विकल्प नेपाली समाजको अहिलेको अवस्था र वर्गचरित्र अनुसार निश्कर्ष निकाल्ने हो । यसका निम्ति वृहत्त अध्ययन र छलफलको माग गर्छ । त्यो नगरीकन यो कुरा कसैले कोठमा बसेर, कागजमा लेखिदिएर मात्र हुँदैन ।
एमाओवादीसँगको एकताको बारेमा नै निर्णय गर्न भनेर बैठक बसेको छ । एकताबारे के निश्कर्ष निकाल्ला यो बैठकले ?
मेरो विचारमा केही समय लिन सक्छ । यहि हप्ता, यहि महिना भन्ने नहुन पनि सक्छ । तर एकता अनिवार्य आवश्यकता हो । एकता गर्दा हाम्रा विगतका समीक्षाहरु पनि हुन्छन् । तर त्यो समीक्षा दोस्रो प्राथमिकताको विषय हुन्छ । हामी राज्यसत्तालाई कसरी बुझ्छौं, संविधानलाई कसरी बुझ्छौं र अहिलेको क्रान्तिको चरणलाई कसरी बुझ्छौं भन्ने विषयवस्तुहरुमा हामीले एउटै धारणा बनाउन सक्ने सम्भावना छ । एउटै धारणा बनाइयो भने माओवादीहरुको एउटै केन्द्र बन्ने र नेपाली समाजलाई परिवर्तनको आन्दोलनमा नेतृत्व गर्ने सम्भावना रहन्छ । त्यो अपेक्षा गर्न सकिन्छ ।
एकताबारे तपाइँँको ठोस धारणा चाहिँ के हो ?
माओवादी एकता अनिवार्य छ । एकता हुन्छ । यहि बैशाख १० मै अथवा अरु कुनै १० मा हुन सक्छ । तर ज्योतिषीले जस्तो यो मितिमै हुन्छ भन्न चाहिँ सकिदैन ।
नेतृत्वलाई सकारात्मक लाग्यो भने एकताको पहल तीब्र हुने, नेतृत्वलाई नकारात्मक लाग्यो भने एकताको कुरा कमजोर हुने इतिहासदेखि नै प्रमाणित हुँदै आएको विषयवस्तु हो । विधि चाहिन्छ, वार्ता टोली बनाउनुपर्छ वा कार्यदल बनाउनुपर्छ भने ती सबै गर्नु पर्छ । तर त्यो सकारात्मक नतिजा दिनको लागि गर्नुपर्छ । नकारात्मक नतिजा दिनका लागि औपचारिक लफडा गर्नुपर्दैन । माओवादी स्कुल पुनर्गठनको सकारात्मक नतिजा दिनको निम्ति जे जे विधि अपनाउने हो, ती विधिहरु अपनाउदा कुनै फरक पर्दैन ।
तर एकताको बहस पार्टीभित्रै चलाइरहँदा आपसमै मनमुटाव देखिसक्यो, पार्टीभित्रै विभिन्न धारहरु देखापरिसके भनेपछि तपाईँले भनेको सम्भावना पनि त कम छ ?
ब्यक्तिगत हिसावले को मान्छे के भन्ने कुरा निर्णायक होइन । मान्छेलाई अनेक लाग्न सक्छ । भर्खरै नेकपा एकीकृतसँग एकता गरेर क्रान्तिकारी माओवादी भएका छौं । तर दुर्भाग्यजस्तो, नसोंचेको कुरा के छ भने एकतामा आउने तिनै साथीहरुको मत चाँही एकता होइन भन्ने टाइपको आउन खोज्छ । त्यो दुर्भाग्यपूर्ण नै हो जस्तो लाग्छ । मलाई के लाग्छ भने यो केन्द्रीय समितिको बैठकको बहस तथा केन्द्रीय सदस्यहरुले शालिनतापूर्वक राखेका तर्कहरुका आधारमा स्वयं पार्टी अध्यक्ष किरणको नेतृत्वमा एउटै माओवादी केन्द्र बनाउने अपिल आउनुपर्छ र आउँछ जस्तो लाग्छ ।
उसो भए, माओवादी एकताको लागि भएको बहसबाट एकता होइन, बरु आफ्नै पार्टी विभाजित हुँदैछ भन्ने कुरा हल्ला मात्रै हो ? यसलाई दुइटा कोणबाट बुझ्नुपर्छ जस्तो लाग्छ । इतिहासको परिणाम हेर्दा त दुइटा विषयमा बहस हुने वित्तिकै पार्टी दुइटा हुनेछ भन्ने कुराले विश्लेषण गरिएको भए गलत विश्लेषण गरिएको भन्ने हामीसँग इतिहासको आधारहरु छैनन् । तर वर्तमानमा हेर्दा हामीले के उठाएका छौं भने पहिलो हामीभित्रको युनिटी हो । त्यसपछि छरिएका माओवादीहरुको एउटै केन्द्र बनाउने हाम्रो दायित्व हो । यी दुइटा विषयवस्तुबाट कोही पनि नेता कार्यकर्ताहरु भाग्न सक्दैन भन्ने विषयमा छलफल भएको हुनाले हामी अपेक्षा गर्न सक्छौं कि एउटै निर्णय आउँछ । पहिला आन्तरिक एकता सुदृढ हुन्छ । त्यसपछि एउटै माओवादी केन्द्र बनाउने अभियानको थालनी हुन्छ जस्तो लाग्छ ।
भर्खरै नेकपा एकीकृतसँग एकता गरेर क्रान्तिकारी माओवादी भएका छौं । तर दुर्भाग्यजस्तो, नसोंचेको कुरा के छ भने एकतामा आउने तिनै साथीहरुको मत चाँही एकता होइन भन्ने टाइपको आउन खोज्छ ।
कार्यदिशामै विवाद देखिएपछि त पार्टीमा दुई लाइन संघर्ष चर्किने देखियो नि । कार्यदिशाको बहस तल्लो तहको कार्यकर्तासम्म पुर्यानुपर्ला । अब केन्द्रीय समितिमै सीमित रहला र ?
यसलाई प्राविधिक विषयवस्तु मात्रै बुझियो भने त बर्बाद हुन्छ । त्यसो गर्नै हुँदैन, त्यसो गर्न दिनु हुँदैन । हाम्रो बहस वा अध्ययनमा खोज लुकेको हुनुपर्यो । नयाँ आवश्यकता छ, नयाँ आविश्कारको उद्देश्य हुनुपर्यो । यदि खोज र आविश्कारको विषयवस्तुलाई केन्द्रमा राख्यौं भने यो प्रकारको बहस र छलफल आवश्यक पनि छ । एकाध नेताहरुले लेखिदिएको विषयवस्तुलाई सबैले हो भनेर निर्णय गर्ने अहिलेको जमाना छैन । अहिलेको दुनियाँ र अहिलेको नेपाली समाजले त्यो मान्दैन । त्यसकारण हामीले धेरै ठूलो घेरा बनाएर यो विषयवस्तुको बहस गरेर एउटा निर्णय निकाल्नु छ भने तलसम्म खोज र आविश्कारलाई केन्द्रमा राखेर हुने बहसलाई चाहिँ हामीले निरुत्साहित गर्नु हुँदैन । त्यसलाई उत्साहित गर्नुपर्छ र त्यसलाई प्रवद्र्धन गर्नैपर्छ जस्तो लाग्छ ।
भनेपछि दुइटै दस्तावेज तलसम्म नै लैजानुपर्छ ?
विधिगत हिसाबले भन्दा एउटालाई प्रस्ताव र अर्कोलाई पूरक प्रस्ताव भनिएको छ । त्यो पनि त्यति समस्या होइन । विषय अलिकति फरक छन् । त्यो फरक भएका विषयवस्तुलाई एउटै बनाउनका निम्ति त हामीले अलिकति अध्ययन, अनुसन्धान र खोज गर्नुपर्यो । आदेशको भरमा यो ठीक र बेठीक भन्न सक्दैन । त्यसकारण यो आदेशको कुरा होइन । त्यसले नेतृत्व पनि गर्दैन । आदेशले मात्रै समस्याको समाधान पनि गर्दैन । अध्ययन र खोजका सन्दर्भमा विवाद र बहस अनिवार्य हुन्छ । यसलाई हामीले उत्साहित गरी त्यही वातावरणमा लैजानुपर्छ ।
प्रतिकृया लेख्नुहोस्: