Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

स्वीट्जरल्यान्डकी डाक्टरले बाबुको डायरीमा जाजरकोट देखेपछि

\"doctor\"जाजरकोट । साठी वर्षअघि जाजरकोट आएका बेला विश्व चर्चित लेखक तथा भूगर्भविद् टोनी हेगनले आफ्नो डायरीमा यहाँका जनताले भोगिरहेका समस्याको विषयमा लेखेको देखेपछि उहाँकी छोरी अहिले डाक्टरका साथ जाजरकोट पुगेकी छिन् । हेगनले डायरीमा लेखेका थिए, ‘जाजरकोट गरिब छ, जनता विपन्न छन्, स्वास्थ्य र शैक्षिक अवस्था निकै कमजोर छ, यसैले यहाँको विकासका लागि सडक अनिवार्य छ, सडकमात्र भएर हुँदैन, गाडी पुगेपछि गाडीले सहरसम्म लैजाने उत्पादन पनि जाजरकोटीले गर्नुपर्छ ।’ जाजरकोटबाट काठमाडौँ हुँदै आफ्नो देश स्वीट्जरल्यान्ड फर्किएपछि उनले छोराछोरीलाई आफूले देखेको दुःख वर्णन गरेको उनकी छोरीले बताइन । उनले छोराछोरीसँग भनेका थिए –‘प्रकृतिले जाजरकोटलाई सुन्दर बनाएको छ, जाजरकोटका जनता मिलनसार छन् तर, विकास र भूगोलले उनीहरूको प्रगतिमा ठगेको छ, त्यसैले हामीले उनीहरूका लागि केही गर्नुपर्छ । ’ बुबा टोनी हेगनको मुखबाट यो कुरा सुनेको ५० वर्षपछि उनकी छोरी क्यार्थिन बुबाको इच्छा पूरा गर्न जाजरकोट आइपुगेकी हुन् । आफ्नै संस्थाको सहयोगमा पाँचदिने हाडजोर्नी तथा नसासम्बन्धी निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गर्न हेगनपुत्री क्यार्थिन शुक्रबार जाजरकोट आएकी हुन् । क्यार्थिन हाडजोर्नी तथा नसा रोग विशेषज्ञ हुन् । हाडजोर्नी र नसा विज्ञ छ नेपाली चिकित्सकसहित १८ जनाको टोली लिएर क्यार्थिन जाजरकोट आएकी छन् । उनको टोलीले बिरामीको उपचार गरिरहेको छ । क्यार्थिनले जाजरकोट आएर बुबाको इच्छा पूरा गर्न सकेकामा निकै खुसी लागेको बताइन। ‘म स्वीट्जरल्यान्डमा हुँदा बुबाले यहाँकाबारेमा धेरै कुरा बताउनुभएको थियो । जाजरकोटका लागि केही गर्ने इच्छा छ भन्नुहुन्थ्यो–‘त्यसैले उहाँको इच्छा पूरा गर्न यहाँ आएकी हुँ ।’ शुक्रबार शिविर उद्घाटनका क्रममा उनले भनिन । चार वर्षअघि आफूले सुरु गरेको मेड सोलुसन्स फाउन्डेसन नामक संस्थाको आर्थिक सहयोगमा शिविर चलाउन उनी जाजरकोट आएकी हुन् । क्यार्थिनले उनका बुबाले वर्णन गरे जस्तै जाजरकोट सुन्दर रहेको बताइन । अहिलेसम्म तीन पटक नेपाल आइसकेकी क्यार्थिन पहिलो पटक सानी छँदा बुबासँग आएको स्मरण गर्छिन। मेड सोलुसन्स फाउन्डेसनको सहयोगमा जिल्ला अस्पतालमा मङ्गलबारसम्म सञ्चालन हुने शिविरमा ७० जना हाडजोर्नी तथा नसा बिरामीको शल्यक्रिया गरिनेछ । दुई हजारभन्दा बढीलाई विभिन्न प्रकारको औषधि तथा परामर्श सेवा उपलब्ध गराउने कायक्रम रहेको नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी, काठमाडौँका निर्देशक राजेश महर्जनले जानकारी दिए । सकेसम्म जिल्लामै शल्यक्रिया वा अन्य उपचार गरेर हाडजोर्नी तथा नसा रोगीलाई निको पार्ने नभए काठमाडौँ लगेर भए पनि निःशुल्क उपचार व्यवस्था मिलाइने उनले जानकारी दिए । शिविरको पूरै खर्च हेगन पुत्री क्यार्थिन संस्था मेड सोलुसन्स फाउन्डेसन, स्वीट्जरल्यान्डले व्यहोर्ने छ । शिविर खर्च रु २९ लाख हुने अनुमान छ । रोटरी इन्टरनेसनलले पनि केही सहयोग उपलब्ध गराएको निर्देशक महर्जनले बताए । शिविरबाट जाजरकोट, रुकुम, सल्यान, सुर्खेत र डोल्पा जिल्लाका बिरामी लाभान्वित हुने यो कार्यक्रममा समन्वय गरिरहेको संस्था पाँच तारा युवा संरक्षक मञ्च अध्यक्ष छवि पन्तले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending