Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

रुपन्देहीमा क्षयरोगको अवस्था डरलाग्दो

\"dieses-1\"भैरहवा । रुपन्देहीमा क्षयरोगको अवस्था डरलाग्दो रुपमा देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीको तथ्यांक अनुसार जिल्लामा क्षयरोगको अवस्था डरलाग्दो पाइएको हो । जिल्लाका सबै गाउँ/नगर/उपमहानगर सबै क्षेत्रमा क्षयरोगका बिरामी रहेको तथ्यांकले देखाएको छ । जनस्वास्थ्य कार्यालय प्रमुख टंकप्रसाद चापागाईले रुपन्देहीमा अन्य जिल्लामा भन्दा धेरै क्षयरोगी भेटिएका जानकारी दिए उनले भने गाँउ ,नगर ,उपमहानगर कुनै पनि क्षेत्रमा क्षयरोगी नभएको ठाउँ नै छैन ।’ आर्थिक वर्ष २०७१÷०७२ मा १ हजार ४ सय ६० बिरामी भेटिएका छन् । आव ०७०÷०७१ मा १ हजार ४ सय ७२ जना मध्ये ४३ जना बिरामीको मृत्यु भएको जनस्वास्थ्य कार्यालयका क्षय÷कुष्ट निरीक्षक टिकाराम अधिकारीले जानकारी दिए । अधिकारीले भने ‘अन्य क्षेत्रको तुलनामा गरिबीको सङख्या बढी हुनु र स्वास्थ्य संस्था सबै पहँुचमा नहुनुले क्षयरोगीको संख्या अन्य क्षेत्रको तुलनामा यो क्षेत्रमा बढी भएको हो ।’ अन्य जिल्लाको तुलनामा रुपन्देहीमा क्षयरोगका बिरामी बढी छन् । बुटवल र देवदहमा सबैभन्दा धेरै पाइएका छन् । बुटवलमा १ सय ४६ जना र देवदहमा मात्र ७५ जना फेला परेको कार्यालयको तथ्याङ्कले देखाएको छ । क्षयरोग माइकोव्याक्टेरियम ट्यूवरकुलोसिस भन्ने आँखाले देख्न नसकिने सुक्ष्म किटाणुबाट लाग्ने सरुवा रोग हो । क्षयरोग जो कोहीलाई पनि लाग्न सक्छ । नियमित उपचारले क्षयरोग पूर्ण निको हुन्छ । जिल्लामा ७९ स्थानमा क्षयरोग उपचार केन्द्र रहेका छन् । रोग निदान केन्द्र २०, शहरी उपचार तथा उप– केन्द्र २०, डिआरटिबी निदान केन्द्र १, डीआर टिबी उपचारकेन्द्र २, डिआरटिबी आवास गृह १ र क्षयरोग निवारण केन्द्र १ वटा रहेको डिआरटिबी उपचार केन्द्र बुटवलका इन्चार्ज सत्यराज शाक्यले जानकारी दिए । ती केन्द्रमा बिरामीले डट्स प्रविधिमा रही निःशुल्क उपचार प्राप्त गर्ने गरेका छन् । बुटवल र भैरहवामा भने लुम्बिनीअञ्चल अस्पताल, भीम अस्पताल र नगर स्वास्थ्य केन्द्रहरुमा पनि उपचार हुने गरेको छ । जनस्वास्थ्य कार्यालयले रुपन्देहीमा क्षयरोग न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । क्षयरोग निवारणका लागि मातृशिशु कार्यकर्ता, निजी औषधि पसल, अस्पताल विकास समितिका पदाधिकारी र महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई चेतनामूलक कार्यक्रम सञ्चालन गरिँदै आएको छ । यस्तै विद्यालय, उद्योग प्रतिष्ठानका मजदुर, सडक बालबाकालिकालाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको र त्यसबाट क्षयरोगीहरु निदान गर्न सजिलो भएको कार्यालयका अधिकृत कृष्ण पोखरेल बताए । निःशुल्क रुपमा पाइने क्षयरोगको औषधि खाने व्यवस्था रुपन्देहीकोे प्रत्येक गाविसमा रहेको छ । नियमितरुपमा औषधि सेवन गरेमा क्षयरोग निको हुन्छ । जसका लागि चिकित्सकको प्रत्यक्ष निगरानीमा औषधि खुवाइने गरिन्छ । क्षयरोग संक्रमित व्यक्तिले खोज्दा वा आच्छिउ गर्दा खकारमा भएका क्षयरोगका किटाणीहरु स–साना थुकका छिटा सँगै बाहिर हावामा निस्कन्छन । यिनै किटाणुहरु श्वासप्रश्वासको माध्यामबाट स्वस्थ मानिसको फोक्सोभित्र प्रवेश गर्दछन । यो रोग लाग्छ । तर क्षयरोगका किटाणुहरु स्वस्थ व्यक्तिको शरीरमा पुग्दैमा रोग लागिहाल्छ भन्ने छैन । यो कुरा शरीरको प्रतिरोधात्मक क्षमतामा भर पर्दछ । हप्ता वा सो भन्दा बढी समयदेखि लगातार खोकी लाग्नु, साँझपख हल्का ज्वरो आउनु, खाना खान मन नलाग्नु, तौल खटनु, कमजोर हुँदै जानु, छाती, दुख्नु र सास फेर्न गाह्रो हुनु, खकारमा रगत देखिनु क्षयरोगका लक्षण हुन् । क्षयरोगको चाँडो पहिचान गरी उपचार सुरु गर्ने, बिरामीले नियमित र पूरा मात्रामा औषधि सेवन गर्ने, बिरामीले खोक्दा वा हाच्छियू गर्दा मुख छोप्ने वा माक्स प्रयोग गर्ने, जथाभावी, नथुक्ने गनुपर्छ । त्यस्तै बच्चा जन्मनसाथ, क्षयरोग बिरुद्ध बिसिजी खोप लगाउनुपर्ने हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending