Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

इयुले भारतको फाँसीवादको एसियाली संस्करणलाई बढावा दियो: नेमकिपा

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले भारत र युरोपेली संघद्वारा नेपालको संविधानबारे प्रकाशित संयुक्त विज्ञप्ति नेपालको आन्तरिक मामिलामाथि हस्तक्षेप भएको ठहर गरेको छ ।

\"narayanपार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा चैत १९ र २० गते बसेको पार्टीको २५ औँ केन्द्रीय परिषद् बैठकको निर्णय आज सार्वजनिक गर्दै नेमकिपाले त्यसको विरोध गरेको हो ।

आज नेमकिपाले पार्टीका केन्द्रीय सचिव सुनिल प्रजापतिद्वारा हस्ताक्षरित विज्ञप्ति जारी गर्दै नेपालको संविधान २०७२ लाई निहुँ बनाई भारत सरकारले नेपालको आन्तरिक मामिलामाथि हस्तक्षेप गरी नाकाबन्दी गरेको विरोधमा पार्टीले चलाउँदै आएको भारतीय विस्तारवाद विरोधी आन्दोलनलाई अझै सशक्त बनाउने निर्णय गरेको जनाएको छ ।

परिषद्ले भूकम्पपीडितको पुनःस्थापना कार्य तदारुकताकासाथ अघि बढाउन सरकारको ध्यानाकर्षित गर्ने, भारतद्वारा नेपालको अतिक्रमित भूमि फिर्ता गर्नका लागि कूटनीतिक पहल गर्नुपर्ने, विद्युत्भार कटौती अन्त्य गर्ने, विद्युतीय यातायात सञ्चालनमा ल्याउन र जलविद्युत् आयोजना तीव्रगतिमा अगाडि बढाउनुपर्नेलगायतका २७ बुँदे राष्ट्रिय प्रस्ताव पारित गरेको छ ।

परिषद्ले कोरियाविरुद्ध भइरहेको अमेरिकी गतिविधिको विरोध गर्दै दक्षिण कोरियामा तैनाथ अमेरिकी सेना र हातहतियार अविलम्ब हटाउन एवम् दुई कोरियाको पुनःएकीकरण गर्ने कोरियाली जनताको इच्छा पूरा गर्न सघाउनुपर्ने, कोरिया र इरानलगायतले आफ्नो सार्वभौमिकता रक्षा र ऊर्जा उत्पादन गर्नका लागि आणविक कार्यक्रम सञ्चालन गर्नु आआफ्नो देशको सार्वभौम अधिकार भएको ठहरलगायत छ बुँदे अन्तर्राष्ट्रिय प्रस्तावसमेत पारित गरेको छ ।

परिषद् बैठकमा नेमकिपा अध्यक्ष बिजुक्छेले भारतीय सरकारलाई युरोपेली सङ्घले उक्साउन नेपालविरोधी संयुक्त विज्ञप्ति जारी गरेको चर्चा गर्दै युरोपेली सङ्घले मोदी सरकारको समर्थन गर्दै फाँसीवादको एसियाली संस्करणलाई बढावा दिएको बताए ।

नेपालको संविधानबारे भारत र युरोपेली सङ्घको संयुक्त विज्ञप्ति एसियामा तेस्रो विश्वयुद्ध थोपर्ने, हतियार बेच्ने तथा भारत र चीनको अर्थतन्त्र ध्वस्त पार्ने पश्चिमेलीको नियत भएको उनले बताए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending