Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

चीनको अर्को एजेन्डा यस्तो छ

\"nepalक्याम्ब्रिज । चिनियाँ अधिकारीहरूसँग कुराकानी गरेर एक साता बिताई म भर्खरै बेइजिङबाट फर्केँ । त्यहाँ म चिनियाँ, वरिष्ठ विदेशी अधिकारी र शीर्ष व्यापारिक अधिकारीहरू सम्मिलित हुने चाइना डेभलपमेन्ट फोरम (चीन विकास मञ्च) को वार्षिक भेलामा सहभागी भएको थिएँ । चिनियाँ सरकारले भर्खरै उसको १३ औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको थियो र अधिकारीहरू चीनको भविष्यका लागि सो योजनाको उद्देश्य के रहेको छ भनी व्याख्या गर्न व्यग्र थिए । पछिल्लो पञ्चवर्षीय योजना विशिष्ट परियोजना र लक्ष्यहरूको अनन्त सूची जस्तो देखिएको भएपनि यो वर्षको नयाँ प्रमुख विषय भनेको ‘आपूर्ति पक्षको पुनर्गठन’ हो । आपूर्ति पक्षको पुनर्गठनमा आर्थिक वृद्धि र जीवनस्तर माथि उकास्ने उद्देश्यका व्यापक स्तरको नीतिहरू समावेश छन् । ‘आपूर्ति पक्ष’ शब्द यी नयाँ नीतिहरूबाट सामान्य ठूलो वित्तीय घाटा र सरल पैसाको मापन गर्ने परम्परागत माग पक्षलाई फरक देखाउनका लागि आएको हो । आर्थिक गतिविधिलाई सुदृढ बनाउने उद्देश्यले माग पक्षका यस्ता उपायहरू अगाडि नै आइसकेका छन् । आपूर्ति पक्षका नीतिहरूको सूचीको उच्च स्थानमा स्टिल र कोइला उद्योगहरूमा सरकारी स्वामित्व कम्पनीहरूको केही अतिरिक्त क्षमतालाई निर्मूल गर्नु रहेको छ । यसको अर्थ ४० लाख कामदारको सङ्ख्यालाई घटाउनु हो जुन चीनको कुल कार्यशक्तिको करिब शून्य दशमलव पाँच प्रतिशत बराबर हो । योजनाले बेरोजगार रहने कामदारलाई सहयोग उपलब्ध गराउन एउटा विशेष कोष स्थापना गर्ने अधिकार दिन्छ । विशेषज्ञहरू अझ धेरै कामदार कटौती हुनुपर्ने विश्वास गर्दछन् तर अधिकारीहरूले सो योजनाले कसरी काम गर्दछ र जनताको प्रतिक्रियाको कसरी अनुगमन गर्न सकिन्छ भन्ने बुझ्नका लागि सानो सङ्ख्यामा कटौती सुरु गर्न गइरहेका छन् । चीनले ५० वटा नयाँ विमानस्थल र हजारौँ माइलका नयाँ सडक तथा रेलमार्ग बनाउने महत्वाकांक्षी योजनासँगै लाखौँ मानिसहरूलाई कम उत्पादकत्वको कृषि क्षेत्रबाट दर्जनौँ नयाँ सहरहरूमा स्थानान्तरण गर्नेछ । अधिकारीहरूले ‘एक बेल्ट, एक सडक’ परियोजना पनि प्रस्तुत गरेका छन् । चीनसँग एसियाका अन्य भाग, मध्य एसिया र सम्भवतः युरोपसँग पनि जोड्ने बन्दरगाह, रेलमार्ग र राजमार्गहरूको विकास गर्न सो परियोजनाले चिनियाँ वित्तीय सहयोग र स्रोतको प्रयोग गर्नेछ । ती क्षेत्र र अझ त्यो भन्दा पनि पर चीनको प्रभावलाई विस्तार गर्ने विदेश नीतिको लक्ष्य रहेको छ । यसले औद्योगिक क्षमतामा चीनको केही पहुँचलाई निर्यात गर्ने अवसर पनि प्रदान गर्नेछ । यसका अतिरिक्त उच्च प्रविधिका कम्पनीहरूका लागि करका दरलाई कम गरेर अधिकारीहरूले अनुसन्धान र विकासमार्फत नवीनतालाई प्रोत्साहित गर्ने मनसाय देखाएका छन् । कर सुधारले सेवा क्षेत्रमा चीनको मूल्य अभिवृद्धि करलाई पनि विस्तार गर्नेछ । साथै वित्तीय सुधारले बैङ्कहरूले निक्षेपमा भुक्तानी र ऋणमा शुल्क लगाउन सक्ने ब्याजदरहरूमा लगाइएको सीमालाई हटाइदिने छ । ठीक यसै समयमा चीनको विदेशी विनिमय दरको व्यवस्थामा पर्याप्त भ्रम देखिएको छ । हालैका वर्षहरूमा अमेरिकी डलरको तुलनामा चिनियाँ मुद्रा युआनको सापेक्षिक गिरावटले चिनियाँ उत्पादनहरूसँग प्रतिस्पर्धा गरिरहेका अमेरिकी कम्पनीहरूबाट आएका गुनासाहरूलाई प्रोत्साहित गरेको छ । तर सन् २०१० यता अन्य विकसित मुलुकका मुद्राहरूभन्दा चिनियाँ मुद्रा सापेक्षिकरूपमा २५ प्रतिशतले सबल पनि भएको छ । अधिकारीहरूले विनिमय दर निर्धारण गर्न बजारलाई छाडिदिने प्रतिज्ञा गरेका छन् र एउटा भरपर्दो गिरावटका लागि कुनै कारण छैन । तर अधिकारीहरूले डलरसँग युआनको सापेक्षिक गतिविधिबारे निरन्तर जानकारी गराएका छन् किनकी एउटा मुद्रा बास्केटमा विनिमय दर व्यवस्थापनको जोडले डलरसँग युआनको अझ गिरावट हुने चिन्ता व्यक्त गरेका छन् । यो त्यस्तो अपेक्षा हो जसले पूँजीको बहिर्गमनलाई बढाउँछ । अर्को पाँच वर्षका लागि वातावरणमा सुधारगर्ने नीतिहरू पनि सरकारको एजेन्डाको उच्च स्थानमा रहेको छ । जनता स्वच्छ हावा, नदी र भूमिका लागि व्यग्र छन् । यो लक्ष्य हासिल गर्न सरकारले नयाँ नियमहरू अपनाउनेछ र वित्तीय उपचार गर्न र कम कार्बन उत्सर्जन गर्ने ऊर्जाहरूको स्रोतका लागि ग्रिन बोन्ड्स (हरित बन्धन) सिर्जना गर्नेछ । चिनियाँ कार कम्पनीहरूलाई उन्नत कारहरू उत्पादन गर्न प्रोत्साहित गरिनेछ । सरकारले विदेशी कार कम्पनीहरूलाई उन्नत कारहरू उत्पादन गर्ने स्पष्ट नगरे तिनीहरूको बजार हिस्सा कम गर्न कदम चाल्ने चेतावनी दिइरहेको छ । जीवनको गुणस्तर सुधार गर्न चिनियाँ उपभोक्ताहरूले खरिद गर्न सक्ने गुणस्तरीय उत्पादनलाई प्रोत्साहन गर्न पनि आवश्यक छ । चीन विकास मञ्चमा एक सरकारी मन्त्रीले गत वर्ष विदेश गएका १० लाख चिनियाँ पर्यटकले एक अर्ब डलरको सामान किन्न आफ्नो क्रेडिट कार्ड प्रयोग गरेको जुन तिनीहरूले स्वदेशमा प्राप्त गर्न नसक्ने उल्लेख गरे । (एजेन्सी)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy