Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

यान्त्रिक हलोप्रति कृषकको बढ्दो आकर्षण

\"parbat\"काठमाडौं । पर्वतमा पछिल्लो समयमा कृषकहरु पावरटेलर (यान्त्रिक हलो) प्रति आकर्षित भएका छन् । जिल्लाका ग्रामीण क्षेत्रका कृषकहरु यसप्रति बढि आकर्षित देखिएका छ्न । गोरु पाल्ने झन्झट नहुने र खर्चसमेत कम लाग्ने भएपछि कृषकहरू पावरटेलरको प्रयोग गर्न थालेका हुन् । थोरै समयमा धेरै काम गर्न सकिने र किफायती भएका कारण कृषकहरूले पावरटेलरको प्रयोग बढाएका हुन् । गोरुबाट एक हल जोत्नुपरेमा १५ सयसम्म खर्च हुने तर यान्त्रिक हलोले १ घण्टामा १ हल गोरुले गर्ने काम गर्ने र रकम समेत ५ सय रुपैया भन्दा खर्च नलाग्ने भएकाले यसको प्रयोग बढ्दै गएको कृषकहरू बताउँछन् । गाउँमा एक यान्त्रिक हलोलाई ५० घरधुरीले उपयोग गर्न सक्ने भएकाले कृषक समूह दर्ता गरी समूहमार्फत गाउँगाउँमा भित्र्याउने क्रम समेत बढेर गएको छ । उसो त कृषकहरुले व्यक्तिगतरुपमा पनि पावरटेलर खरिद गर्ने गरेको कृषि विकास कार्यालयले जनाएको छ । कृषिमा उत्पादन वृद्धि गर्न तथा आधुनिककीकरणको प्रयोग बढाउन कार्यालयले निश्चित अनुदानको समेत व्यवस्था गरेको छ । कृषकहरुले हलो खरिद गर्न चाहेमा कार्यालयले प्रतिहलो ३० हजार अनुदान दिने वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताए । ‘आठौँ जिल्ला परिषद्ले पनि जग्गा बाँझो राख्ने कृषकलाई जरिवाना तिराउने निर्णयलाई पारित गरेको हुँदा कृषकहरु यसप्रति बढि आकर्षित भएका छन्’ उनले भने, ‘हामीले पनि चालु आ.व.मा भन्दा आगामी आ.व.मा कृषकहरुको माग सम्बोधन गर्दै अनुदानमा कृषकहरुलाई पावरटेलर उपलब्ध गराउने छौँ ।’अहिले कार्यालयले पेट्रोल र डिजेलबाट चल्ने हलो कृषकहरुलाई वितरण गर्ने गरेको छ । अहिले बजारमा विभिन्न कम्पनीहरूले ७ देखि १८ हर्ज पावरसम्मका पावरटेलर बेचविखन गरिरहेका छन् । जति बढी क्षमताको हलो भयो त्यति बढी मात्रामा काम लिन सकिने भएकाले जग्गाको अवस्था हेरेर सिफारिस गर्ने गरिएको कार्यालयको भनाइ छ । जिल्ला कृषि विकास कार्यालय पर्वत तथा कृषकहरूको आफ्नै पहलमा जिल्लाको पाङ, खुर्कोट, चुवा, भुकताङ्ले, पाङराङ, हुवास, नाङलीवाङ, फलेवास, बर्राचौर, रानीपानी, धाईरिङ्ग, पिपलटारी लगायतका गाविसहरूमा पावरटेलरको प्रयोग भईरहेको कार्यालयका बागवानी विकास अधिकृत अजय अधिकारीले बताए । आगामी आ.व.का लागि अहिलेसम्म झन्डै १०० को हाराहारीमा पावरटेलरको लागि कृषकहरुको आवेदन आएको कार्यालयले जनाएको छ । चालु आ.व.मा २२ ओटा पावरटेलर वितरण गरेको कार्यालयले आगामी आ.व.मा ५० ओटासम्म वितरण गर्ने लक्ष्य रहेको जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending