Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

हारको कीर्तिमान बनाउँदै रामचन्द्र पौडेल

\"Sher-Bahadur-Deuba-and-Ram-Chandra-Poudel-700-750\"काठमाडौं । १३ महाधिवेशनमा सभापतिमा नेता शेरबहादुर देउवासँग पराजित भएको रामचन्द्र पौडेलको आज ठ्याक्कै एक महिना पुगेको छ । तर, देउवासँग नराम्ररी पराजित भएका उनै पौडेल एक महिनापछि आज फेरि देउवासँगै संसदीय दलको नेताको लागि भिड्दैछन् । आफ्नो पक्षका महत्वपूर्ण नेताले साथ छोडेपछि महाधिवशेनमा पराजित भएर पनि लगत्तै उम्मेवदार बन्दै आज फेरि पौडेल हारको नजिक पुगेका हुन् । सुशील कोइरालाको निधन भएपछि दलको नेता चयनका लागि आज ११ बजेदेखि कांग्रेसका २०७ सांसदले मतदान गर्दैछन् । प्रारम्भिक अनुमान अनुसार सभापतिकै जस्तो नतिजा र नेताहरुको साथ पाउँदा देउवाले सहज रुपमा बहुमत पुर्याउने देखिएको छ । जित्नलाई २०७ मा १०४ मत ल्याए पुग्छ तर, देउवा पक्षको दाबी १३० कटाउने छ । पौडेल पक्ष भने हार्ने जान्दाजान्दै सम्माजनक मतको खोजीमा छ । पौडेल हार्छु भन्दाभन्दै आफैंमा नेतामा अघि सरेका छन् । उनी पहिले पनि १७ पटकसम्म प्रधानमन्त्रीमा बहुमत पुर्याउन नसक्ने नेताका रुपमा चर्चित छन् । तर, विगतका हारबाट उनी पाठ सिक्नुको साटो आफैं सबैथोक हुँ भन्दै देउवासँग भिड्न लागेका हुन् । पौडेल पक्षमा प्रकाशमान सिंह र डा. रामशरण महतले दलको नेतामा उठ्न इच्छा देखाए पनि बरु आफैं हार्ने तर, अरुलाई हार्न नदिने गरी उनी अघि सरेका हुन् । उम्मेदवार बन्दामात्रै पनि अर्को पावरसेन्टर बन्छ र आफू समूहको नेतामा पछि पर्छु भन्ने पौडेललाई लागेकैले उनले उम्मेदवारीमा बल गरेको बुझिएको छ । महाधिवेशनमा अघिल्लो संस्थापनका केबी गुरुङ, सूर्यमान गुरुङ, अर्जुननरसिंह केसीसहितका एक दर्जन केन्द्रीय सदस्य जो सांसद पनि थिए उनीहरुले देउवालाई सहयोग गरेका थिए । एक महिनाको अन्तरमा अरु एक दर्जन जति सांसद देउवाले आफ्नो पक्षमा पारेका छन् । तर, पौडेलले देउवातिरका एकजना पनि सांसदलाई तान्न सकेका छैनन् । यस्तोमा पनि पौडेल आफैं अघि सरेका हुन् । देउवा २०७० माघ १२ गते भएको संसदीय दलको नेता चुनावमा तत्कालीन कांग्रेस सभापति सुशील कोइरालासँग १६ मतले पराजित भएका थिए । कोइरालाले १०५ मत ल्याउँदा देउवाले ८९ मत ल्याएका थिए । आफ्नो ८९ मतमा देउवाको एक मत पनि घटेको छैन । बरु बढेको छ । तर, पनि पौडेलले हार्न तयार तर, देउवालाई नछोड्ने नीति लिंदै प्रतिस्पर्धामा उत्रिएका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending