Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

एक सय अर्बको पुनरोद्धार कोषले के गर्दैछ ?

\"Bhukampa-pidit\"काठमाडौं । सरकारले भूकम्पपीडितका लागि एक खर्बको पुनरोद्दार कोष ल्याउने भएको छ । नेपाल राष्ट्र बैकका गभर्नर डा चिरञ्जीवी नेपालले सरकारले एक सय अर्ब रुपैयाँको पुनरोद्धार कोष ल्याउन लागेको जानकारी दिए । चितवनको रत्ननगरमा बिहीबार भएको केरा किसानको वार्षिक साधारणसभामा उनले यस्तो जानकारी दिएका हुन् । भूकम्पलगायतका कारण पीडित बनेकालाई लक्षित गरी ऋण सहुलियत दिन कोष ल्याउन लागेको जानकारी उनले दिए । राष्ट्र बैंकका गभर्नरले सार्वजनिक स्थलमा यस्तो बताएका छन्ु । तर, सरकारकोका मगर्ने शैली भने निक्कै सुस्त छ । १२ वैशाखको भूकम्पछि जनताले वर्षायाम, जाडोयाम र फेरि वर्षायामको सकस सहनु परे पनि पुनर्निर्माण अझै सुरु भएको छैन । यस्तोमा पुनरोद्दार कोष बनाई सरकारले भूकम्पसहित अन्य पीडितको लागि कसरी काम गर्छ भन्नेमै प्रश्न उठ्न सक्नेछ । यद्यपी नेपालले भूकम्पलगायत विभिन्न कारणले समस्यामा परेकाको उद्धारका लागि सरकार, निजी क्षेत्र र दातृ निकायको साझेदारीमा कोष ल्याउने तयारी भएको दाबी गरे । यसका लागि आवश्यक कार्यविधि बनाउने क्रममा अघि बढिरहेको पनि उनले खुलाए । कोषमार्फत व्यवसायको उद्धारका लागि रु १० करोडभन्दा कम लगानीका व्यवसायीलाई चार प्रतिशत सहुलियत ऋण उपलब्ध हुनेछ । कृषिको व्यवसायीकरण र विकासका लागि विगतमा रु १२ अर्ब बजेट निकासा हुँदै आइरहेकोमा अहिले रु २१ अर्ब पु¥याएको समेत उनले जानकारी दिए । केरा पहिचानमा काेषकाे कुरा ‘व्यावसायिक केरा खेतीको पहिचान, कृषिमा नयाँ अभियान’ भन्ने नारासहित चितवनको रत्ननगरमा चितवन केरा उत्पादक सङ्घको दोस्रो वार्षिक साधारणसभामा उनले आफू गभर्नर बन्दा दुई–तीनजनाले मात्रै कृषि ऋण पाएकामा अहिले एक हजार ३०० ले सहुलियत ऋण लिइसकेको जानकारी दिए । बुझेका किसानले नभन्ने र नबुझेका किसानले बुझ्ने प्रयास नगर्दा विभिन्न सरकारी सहुलियतबाट किसान वञ्चित हुनु परेको गभर्नर नेपालले बताए । मिनाहा हुन्छ भन्ने आशा नबोकी ऋण सहुलियत लिन र कुनै समस्या परे राष्ट्र बैंकमा जानकारी दिन किसानलाई उनले आग्रह गरे । ‘निर्देशिकाअनुसार ऋण नपाए भन्नुहोस् हामी अनुगमन गरेर तपाईंलाई दिन्छौँ, विगतमा दिएका उदाहरण छन्”, नेपालले भने । सेवा सुविधा र सहुलियतका बारेमा अहिले बैंकलाई पत्रिकामा सूचनासमेत जारी गर्न निर्देशन दिइसकेको समेत उनको भनाई छ । कृषिमा पछिल्लो समय कुल गार्हस्थ्य उत्पादन ३७ प्रतिशत रहेकामा अहिले घटेर ३३ प्रतिशतमा झरेको भन्दै उनले दुःख व्यक्त गरे । ६७ प्रतिशत जनता अहिले कृषिमा निर्भर छन् । सुर्ती दुई अर्बको आयात हुन्छ, फलफूल दुई अर्बकै आयात हुन्छ, यसलाई विस्थापन गर्नका लागि नेपालमा अवसर नै अवसर छ, गरे के हुँदैन, किसानलाई इङ्गित गर्दै गभर्नर डा नेपालले भने, तपाईं साथ चाहियो भन्नुहोस् दातासँग समेत भेट गराइदिने काम म गर्छु ।‘ आर्थिक वर्ष २०७१÷७२ मा नेपालमा चामल मात्रै रु २४ अर्बको आयात भएको उनले तथ्याङ्क सार्वजनिक गरे । बीमाले फाइदा हुन्छ भन्दाभन्दै पनि बीमाप्रति किसान आकर्षित नहुनु दुःखको कुरा भएको भन्दै नेपालमा कुल जनसङ्ख्याको पाँच प्रतिशतले मात्रै बीमा गरेको जानकारी दिए । सीमा क्षेत्रमा पशु क्वारेन्टाइन आवश्यक भएकामा जोड दिँदै नेपालले किसानले यसका लागि माग उठाउनुपर्ने बताए । केराको राम्रो सम्भावना नेपालमा भएको भन्दै हाल केरा उत्पादनका दृष्टिले नेपाल विश्वको ४५औँ स्थानमा रहेको जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies