Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

चैत २६ को जनआन्दोलन दिवसलाई बिर्सिएकै हो त ?

\"jana-aandolan\"काठमाडौं । विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापना भएको चैत २६ लाई राजनीतिक दल, नेता एवम् सर्वसाधारणले बिर्सन थालेको अनुभूति गर्न थालिएको छ ।

विसं २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले शाही नेपाली सेनाको शक्तिका भरमा प्रथम जननिर्वाचित सरकारलाई अपदस्त गरी निरङ्कुश शासनको सुरुवात् गरेपछि ३० वर्ष लामो सङ्घर्षले २०४६ साल चैत २६ मा प्रजातन्त्रको पुनःस्थापना भएको थियो ।

विसं २०४७ देखि दोस्रो जनआन्दोलन २०६२/६३ सम्म जनआन्दोलन दिवसका रुपमा चैत २६ लाई मनाइन्थ्यो । सरकारले सो दिन सार्वजनिक बिदासमेत दिने गरेको थियो ।

दोस्रो जनआन्दोलनपछि मुलुकमा गणतन्त्र स्थापना भएसँगै वैशाख ११ लाई लोकतन्त्र दिवस र जेठ १५ लाई गणतन्त्र दिवसका रुपमा मनाउने प्रचलनसँगै चैत २६ को जनआन्दोलन दिवस ओझेलमा परेको हो ।

निरङ्कुश राजतन्त्र अन्त्यका लागि २०६२ फागुन ७ गतेदेखि सुरु गरिएको आन्दोलनलाई चैत २६ कै दिनबाट निर्णायक बनाइएको थियो । २०६३ वैशाख ११ गते राति राजा ज्ञानेन्द्रले सात राजनीतिक दलको मार्गचित्रबमोजिम संसद् पुनःस्थापनाको घोषणा गरेपछि राजनीतिक दल, नेता एवम् सर्वसाधारणले पनि चैत २६ गतेको जनआन्दोलन दिवसलाई बिर्सन थालेका छन् ।

सर्वोच्च नेता गणेशमान सिंहको नेतृत्वमा सबै दल सम्मिलित जनसागर उर्लेर नारायणहिटी राजदरबार घेर्न पुगेपछि तत्कालीन राजा वीरेन्द्रले बाध्य भएर एकदलीय पञ्चायती व्यवस्थालाई खारेज गरी बहुदलीय प्रजातन्त्र पुनःस्थापनाको घोषणा गरेका थिए ।

मुलुकका धेरै राजनीतिक घटनाको विश्लेषण गर्दा वसन्त ऋतुका समय आन्दोलनका लागि उर्बर समय मानिन्छ । विसं २०४६ चैत २६ र २०६२र६३ को आन्दोलन पनि वसन्त ऋतुकै समयमा भएको थियो । तराई–मधेस आन्दोलन पनि २०६३ माघ १ गते अन्तरिम संविधान जारी भएपछि वसन्त ऋतुकै समयमा उत्कर्षमा पुगेको थियो ।

कुनै पनि राजनीतिक दलमा आबद्ध नभए पनि प्रजातन्त्र पुनःस्थापनाका लागि तत्कालीन महेन्द्रनगर हालको भीमदत्तनगरमा स्वतन्त्रता प्राप्तिका लागि सक्रिय हुनुभएका मदन चन्दका अनुसार राजनीतिक दलका आसेपासेका कारण ऐतिहासिक दिनलाई बिर्सिएको हो ।

“देशमा स्वतन्त्रता आओस् भनेर जनसेवा माविमा कक्षा आठमा पढ्दा २०४४ देखि नै सक्रिय भएर लागेँ, विसं २०४६ को आन्दोलनमा हात भाँचिएर घाइते भएँ, चियापसल चलाएर बसेका बेला राजा ज्ञानेन्द्रले निरङ्कुशता लादेपछि विसं २०६२ मा सक्रिय भएँ फेरि दाँत भाँचियो”–उनले भने।

देशका लागि केही गर्नुपर्छ भनी स्वतन्त्ररुपमा लाग्नेले ऐतिहासिक दिनको स्मरण गरिनुपर्ने माग गरेपनि दल, नेता र सम्बन्धित अधिकारीको ध्यान जान नसकेको उनको गुनासो छ ।

विसं २०४६ को जनआन्दोलनको नेतृत्व गरेको संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेस चैत २६ का दिन पनि पार्टी संसदीय दलको कार्यसमितिको निर्वाचनमा व्यस्त रह्यो । यो दिनलाई सम्झने फुर्सदसम्म काँग्रेसलाई भएन ।

जनआन्दोलनको सहयात्री दल नेकपा (एमाले) पनि यतिखेर पोलिटब्युरो बैठकमा व्यस्त छ । वर्तमान सरकारको नेतृत्व गरेको एमालेलाई पनि चैत २६ को ऐतिहासिक दिन सम्झने समय भएन ।

जनआन्दोलनका बेला नेपाल प्राध्यापक सङ्घको सभापतिका रुपमा सक्रिय भएका मानव अधिकारवादी नेता प्रा कपिल श्रेष्ठ अहिंसात्मक आन्दोलनका रुपमा नेपालको इतिहासमा स्थापित चैत २६ लाई सबै दल एवम् स्वनामधन्य नेताले बिर्सनु दुःखको विषय बनेको बताउँछन् ।

“अन्य जुनसुकै आन्दोलनमा मारिनेलाई सहिद घोषणा गरेर प्रजातन्त्रको पुनःस्थापनाका लागि भएको अहिंसात्मक आन्दोलनका मृतकलाई सहिद घोषणा नगरिनु अन्याय भएको छ, आन्दोलनपछि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बनेको अन्तरिम सरकारले अहिलेसम्म नेपालको इतिहासमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी सन्धि सम्झौता अनुमोदन भयो, यो उपलब्धिको विषय हो”–उनले भने ।

छयालीस सालको दशकमा विश्वव्यापी रुपमा लोकतन्त्रको लहर भएकाले पनि नेपालमा प्रजातन्त्र पुनःस्थापनाका लागि सहयोग पुगको उनको विश्लेषण छ ।

आन्दोलनमा स्वतन्त्रताका लागि जीवन अर्पण गरेका १९ जनालाई सरकारले सहिद घोषणा गर्नुपर्ने माग नागरिक समाजले पनि गर्दै आएको छ । तर हजारौँलाई सहिदको घोषणा गरिँदा पनि २०४६ सालको आन्दोलनका मृतकलाई सहिद घोषणा गरिएको छैन ।

पूर्व मन्त्री एवम् प्रजातन्त्र पुनःस्थापनाका लागि १४ वर्षसम्म जेल जीवन बिताएका काँग्रेसका पुराना नेता मार्शलजुलुम शाक्य चैत २६ नेपालको राजनीतिक इतिहासमा महत्वपूर्ण दिन भएको सम्झना गर्छन। “अहिलेका नेतामा दृढ इच्छाशक्ति नभई राजनीतिक कर्मचारीका रुपमा कार्यरत भएकाले ऐतिहासिक दिन बिर्सिएका हुन्, बिपी जस्ता नेता अरु नजन्मनु नै नेपालको दुर्भाग्य हो”– उनले भने । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies