Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

भूकम्पले भत्काएका १० सम्पदाको पुनःनिर्माण सुरु

\"vaban\"भक्तपुर । जर्मन सरकारको आर्थिक सहयोगमा भूकम्पले क्षति पुगेको भक्तपुर नगरभित्रका १० वटा सम्पदाको पुनःनिर्माण एवम् जीर्णोद्धारको काम सुरु भएको छ । जर्मन विकास सहायताअन्तर्गत जर्मन विकास बैंक, नेपाल सरकार र भक्तपुर नगरपालिकाको संयुक्त लगानीमा भक्तपुरका १० वटा सम्पदाको पुनःनिर्माणको प्रारम्भिक काम शुक्रबार दत्तात्रयस्थित पुजारी मठमा एक कार्यक्रमको आयोजना गरी सुरु गरिएको हो । दत्तात्रयस्थित पुजारी मठमा जर्मन सरकारका प्रतिनिधि, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, भक्तपुर नगरपालिका, पुरातत्व विभाग लगायतका प्रतिनिधिसहित सम्मिलित उक्त कार्यक्रममा पुनःनिर्माण कार्यको उद्घाटन गरिएको थियो । दत्तात्रयस्थित पुजारी मठ, पाँचतले मन्दिर, राष्ट्रिय कला सङ्ग्रहालय, दरबारस्क्वायरको फसिदेग, भक्तपुर नगरपालिकाको पुरानो भवन, भैरब द्यो छे, भैलुखेलको च्यासिंमण्डप, नासमनाको हाडा छें, विद्यार्थी निकेतन उमावि र श्रीपद्य उमाविको पुनः निर्माण एवम् जीर्णोद्धारको काम सुरु भएको हो । जर्मन सरकारको रु एक अर्ब १९ करोड, नेपाल सरकारले रु २२ करोड र भक्तपुर नगरपालिकाको रु १० करोडको लगानीमा पुनःनिर्माण तथा जीर्णोद्धारको काम गरिने पुरातत्व विभाग राष्ट्रिय कला सङ्ग्रहालयकी प्रमुख अरुणा नकर्मीले बताउनुभयो । जर्मन विकास बैंकका कार्यालय प्रमुख एवम् प्रतिनिधि शङ्करराज पाण्डेले भूकम्पले भत्काएको सम्पदाको पुनःनिर्माणको प्रारम्भिक अनुसन्धान एवम् अन्वेषण पनि गरिने बताए । भूकम्पले भत्काएको सम्पदामध्ये कुन कुन सम्पदा पुनःनिर्माण गर्नुपर्छ, कुन कुन सम्पदा जीर्णोद्धार गरे हुन्छ भन्ने कुराको नेपाल र विदेशका विज्ञ टोलीले अन्वेषण एवम् अनुसन्धान सुरु गरेका छन्,’ पाण्डेले भने ˗ ‘विज्ञसहितको उक्त टोलीले आगामी डेढ महिनाभित्र कुन सम्पदा कसरी पुनःनिर्माण एवम् जीर्णोद्धार गर्ने भनेर प्रतिवेदन बुझाउँछन्, त्यसैको आधारमा पुनःनिर्माणको मुख्य काम सुरु हुन्छ ।’ आगामी २०१६ सालको डिसेम्बरसम्म सम्पदाको पुनःनिर्माण, जीर्णोद्धार र रेक्टोफिटिङको काम सम्पन्न गरिसक्ने लक्ष्य छ । सम्पदाको जीर्णोद्धारसँगै पाँचतले मन्दिर परिसर अर्थात् तौमढीबाट दत्तात्रय मन्दिरसम्म ढुङ्गा छाप्ने काम पनि सम्पन्न गरिने भएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending