Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

यी हुन ४० लाखको साडी लगाउने दक्षिण एसियाकै धनाढ्य महिला

\"nitaभारतकै  सर्वाधिक धनाढ्य मुकेश अम्बानीकी पत्नी नीता यो वर्ष एसियाकै सर्वाधिक शक्तिशाली महिला उद्यमीमा सूचीकृत भइन् । रिलायन्स फाउन्डेसनकी प्रमुखसमेत रहेकी नीता यस क्षेत्रको ५० प्रमुख महिला उद्यमीको सूचीमा शीर्ष स्थानमा परेकी हुन् । यद्यपि अर्बपति मुकेश अम्बानीकी पत्नी भएर मात्रै नीता चर्चामा आएकी होइनन् । उनको अनौठो रुचिले उनलाई चर्चामा ल्याउने गरेको छ । नीता एउटी ‘फेसन आइकन’ का रुपमा समेत चिनिन्छिन् । कुनै पनि चलचित्र हस्तीभन्दा बढी चर्चामा रहन रुचाउने नीताकाबारेमा अघिल्लो वर्षको जुलाईमा एउटा सन्देश यू ट्युब र ह्वाट्सयापमा भाइरल भएको थियो, जसमा नीताले ४० लाखको साडी लगाएको चर्चा गरिएको थियो । उनले यो साडी २०१४ को एक समारोहमा लगाए पनि त्यसको एक वर्षपछि मात्रै चर्चामा आएको थियो । त्यसमा गरिएको बुट्टाहरुमा सुनका बुट्टाहरु प्रयोग गरिएको थियो । साडीमा हिरा, एमराल्ड‘ ‘रुबी’, पुष्पराज, टोपाज, पर्ल, क्याट आइज र कोरलको प्रयोग गरिएको थियो । उक्त साडीको तौल ८ किलोको थियो । कुनै पनि मेसिनको प्रयोग नगरीकन उक्त साडी तयार पार्न पूरै एक वर्ष लागेको थियो । उक्त साडीलाई ‘गिनिज बुक अफ टी वर्ल्र्ड’मा रेर्कड गरिएको छ । नीता अम्बानीका दिनको सुरुवात जापानको सबैभन्दा पुरानाे  क्रोकरी ब्रान्ड ‘नोरिटेक’ को कपमा चिया पिएर हुन्छ, जसको मूल्य ३ लाख भारतीय रुपैयाँ पर्छ । आइपीएल टिम मुम्बई इन्डियन्सको को–अनरसमेत रहेकी नीताले यसमा करिब ११ दशमलव २ करोड अमेरिकी डलर खर्च गरेको रेकर्ड छ । यो वर्ष उनले ‘एसियाको ५० शक्तिशाली उद्यमी महिला’ को उपाधि हात समेत पारेकी छिन् । (एजेन्सीकाे सहयाेगमा) 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending