Ntc summer Offer
Khabar Dabali ३ जेष्ठ २०८१ बिहीबार | 16th May, 2024 Thu
NIMB

सडकबाट प्रश्नः पुनर्निर्माण कहाँ पुग्यो सरकार ?

काठमाडौं । विनाशकारी भूकम्प गएको एक वर्षसम्म पनि सरकारले भूकम्पपीडितको ब्यवस्थापन गर्न नसकेको भन्दै सडकमा आवाजहरु उठ्न थालेको छ । गएको वैशाख १२ गते गएको विनाशकारी भूकम्पले आठ हजार भन्दा बढीको मृत्यु भएको थियो भने लाखौं घरबारविहिन भएका छन् । \"restructureझण्डै एक वर्षअघि भूकम्प गएर पालमुनी बसेका पीडितले हिमपात, झरी, वर्षा सबै सहन बाध्य भएका छन् । पीडितलाई दिने भनिएको अनुदानसमेत बाँडिएको छैन । भूकम्पको कहालीलाग्दो दिन बैशाख १२ आउनै लाग्दासमेत सरकार रमित बनिरहेको छ । विनाशकारी महाभूकम्पपछि नयाँ संविधान जारी भएसँगै गठन भएको सरकारले छिट्टै नै राहत दिने काम गर्ला भन्ने आम नागरिकले अपेक्षा गरे पनि सरकारले राहतभन्दा बढी आहत दिएको छ । संविधानमै असन्तुष्ट जनाएर मधेसमा झण्डै ६ महिना आन्दोलन चर्कियो, जसले अहिलेसम्म निकास पाएको छैन । यहिबीचमा संविधानमै असन्तुष्ट जनाएर चार महिना बढी भारतले नाकाबन्दी गर्दा उत्पन्न संकटको समेत सरकारले विकल्प दिन सकेन । पुनर्निर्माण प्राधिकरणको कछुवा चाल सरकारले लामो समयपछि गठन गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गति कछुवाको चालमा छ । सरकारले भूकम्पपीडितहरुलाई एक वर्ष हुन लाग्दा पनि ब्यवस्थापन गर्न नसकेको भन्दै सडकमा विरोधका स्वरहरु उठ्न थालेका छन् । पुनर्निर्माणमा प्राधिकरणले ढिलाइ गरेको भन्दै दबाब दिन विवेकशील नेपालीका युवाहरुले पनि सरकारको ध्यानाकर्षण गराइरहेका छन् । पुनर्निर्माणको कामले गति नलिएको भन्दै उनीहरुले चैत १२ गतेदेखि निरन्तर सडक उभिएर सरकारलाई सोधिरहेका छन्– ‘पुनर्निर्माण कहाँ पुग्यो सरकार ?’ सरकारको सहयोगी बन्ने र सकारात्मक सन्देश दिँदै आए पनि सरकारले नसुनेकोले सडक सन्देश र खबरदारी शुरु गरिएको विवेशशील नेपालीका प्रवक्ता रमेश पौडेल बताउँछन् । सरकारलाई दबाब दिन सोमवारदेखि ‘हाम्रो रिक्सा यात्रा’ आरम्भ गर्न लागिएको उनले बताए । युवाहरुले केही दिनदेखि सडकमा पुनर्निर्माण कहाँ पुग्यो सरकार, जनताले दुई लाख कहिले पाउने– भत्केको छानो कहिले छाउने, नेता जति चिल्लो कारमा– जनता कतिन्जेल बस्ने पालमा ? जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर सडकमा निस्किएका छन् । \"rahat_bibekshilतात्दैछ सडक सरकारले एक वर्ष हुँदासमेत भूकम्पपीडितको ब्यवस्थापन गर्न नसकेकोमा आक्रोश त छँदैछ । अझ अहिले कालोबजारी, तस्करी, भ्रष्टाचार मौलाउँदै गएको छ । कालोबजारी र तस्करीलाई सरकारले नै संरक्षण गरेको भन्दै केही दिनयता विरोधका स्वरहरु चर्किँदै गएको छ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको युवा तथा भातृ संगठनहरुले सरकारविरोधी आन्दोलन चर्काउन शुरु गरेका छन् । नेविसंघ, तरुण दल तथा कांग्रेस निकटकै महिलासंघले संयुक्त रुपमा सडक आन्दोलन थालेका छन् । यता, मुलुकको समृद्धिमात्र विकल्प भएको भन्दै सामाजिक अभियान चलाएको नयाँ शक्तिले पनि सरकारलाई झक्झकाउन भन्दै सडक आन्दोलन थालेको छ । अन्य राजनीतिक दलहरुले जस्तो सडक आन्दोलन नहुने भनेको नयाँ शक्तिले पनि संयोजक डा.बाबुराम भट्टराईकै नेतृत्वमा शुक्रबार काठमाडौंमा धर्ना दिएको थियो । लामो समय मधेस आन्दोलनपछि शान्त बनेको मधेसवादी दलहरुले पनि बैशाखदेखि आन्दोलन चर्काउने तयारी गरिरहेका छन् । सरकार बाहिरका दलहरुले मात्र होइन, सत्तारुढ दलहरुले पनि सरकारले काम गर्न नसकेको भन्दै आलोचना गर्न थालेका छन् । पुनर्निर्माणको काम नभएकोमा सत्तारुढ दलहरु नै असन्तुष्ट बनेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies