Ntc summer Offer
Khabar Dabali ३ जेष्ठ २०८१ बिहीबार | 16th May, 2024 Thu
NIMB

आठ दिनदेखि बेपत्ता दुई नेपाली भारतको अस्पतालमा भेटिए

भीमदत्तनगर । मजदुरी गरेर भारतबाट घर फर्किने क्रममा आठ दिनदेखि बेपत्ता भएका दुई नेपाली मजदुर भारतको हल्द्धानीस्थित अस्पतालमा भेटिएका छन् । बर्दियाको सानोश्रीताराताल नगरपालिका–५ का ३९ वर्षीय छविलाल बोहरा र सोही ठाउँका ४३ वर्षीय इन्द्रप्रसाद ज्ञवाली भारतको नैनीतालस्थित भोजियाघाटबाट फर्किने क्रममा बेपत्ता भएका थिए । “भारतको हल्द्धानीस्थित बसपार्कमा सीमावर्ती भारतीय सहर बनबासा आउने बसको पर्खाईमा बसेका रहेछन्”, उनीहरुको खोजीमा हिँडेका इन्द्रबहादुर शाहीले भने, –“बसपार्कबाटै विषादी खुवाएर लुटिएछ ।” उनले बेपत्ता छविलाल बोहराका दाइले उनीहरुलाई सोमबार बिहान हल्द्धानीस्थित अस्पतालमा भेटेको बताए । शाहीका अनुसार दुवै जनाबाट भारतीय लुटेराले ७० हजार भारतीय रुपैयाँ लुटेका थिए । “नयाँ वर्ष मनाउन घर आउँदै गर्दा यस्तो अवस्थामा भेटिए”, शाहीले भने, –“मजदुरी गरेर कमाएको पैसा पनि लुटियो ।” साता दिनभन्दा बढी समय बितिसक्दा पनि कार्यक्षेत्रबाट घर नपुगेपछि पीडितका परिवारले गड्डाचौकीस्थित प्रहरी चौकीमा खबर गरेका थिए । इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक उमेश पालले बेपत्ता नागरिक भेटिएको बारे आफन्तबाट जानकारी आएको बताए । त्यसैगरी सोमबार बिहान भारतबाट मजदुरी गरेर घर फर्किने क्रममा सीमावर्ती बनबासा क्षेत्रमा दुई नेपाली नागरिक पनि लुटिएका छन् । भारतमा रोजगारी गरे नयाँ वर्ष मनाउन घर फर्किरहेका कैलालीको चुहा नगरपालिका–११ का रुद्र खत्री र खर्कबहादुर विष्ट बनबासा पुल आउनुअघि नै लुटिएका हुन् । उनीहरुले आफूहरु भारतीय सुरक्षाकर्मी र भन्सारका कर्मचारीबाट लुटिएको बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies