Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

सिरियाली द्वन्द्व सिरियामा आमनिर्वाचन र जेनेभामा वार्ता सुरु

\"SIRIYA\"जेनभा । सिरियामा गएको पाँच वर्षदेखि जारी रहेको हिंसाको अन्त्यका लागि बुधबारबाट शान्ति वार्ता सुरु भएको खबर छ । उक्त वार्ता जेनेभामा सुरु भएको बताइएको छ । बुधबारबाट सो वार्ता जेनेभामा सुरु भएको समाचार संयुक्त राष्ट्रसङ्घीय अधिकारीले पनि दिएका छन् । बुधबार यता सिरियामा सरकारी नियन्त्रणमा रहेका स्थानहरुमा आमनिर्वाचनको लागि नागरिक मतदान गर्न लामबद्ध भएका छन् । यसै दिन उता जेनेभामा भने शान्तिवार्ता सुरु भएको बताइएको छ । बुधबार सिरियामा संसद्को निर्वाचनका लागि मतदान सुरु भएको छ । यस निर्वाचनलाई विपक्षीहर भने बहिस्कार गरेका छन् । तर सरकारी नियन्त्रणमा रहेका कतिपय स्थानमा बुधबार मतदान हुँदैछ । जेनेभामा बुधबार सुरु भएको शान्ति वार्ताको मध्यस्थता संयुक्त राष्ट्रसङ्घले गरेको छ । यस वार्तामा सिरियाली सरकारका प्रतिनिधिको सहभागिता छ । यस वार्ताको अगाडि सिरियाली राष्ट्रपतिका विशेष प्रतिनिधि, रसिया र इरानी अधिकारीहरुसँग पनि राष्ट्रसङ्घीय प्रतिनिधिले भेट गरेका छन् । वार्ताको सुरुवातभन्दा अघि गरिएको यस भेटका क्रममा रसिया र इरानले वार्ताको निकासका लागि राष्ट्रसङ्घलाई आग्रह गरेको बताइएको छ । सिरियामा दुई महिना अघिदेखि नै युद्धविराम सुरु भएको हो । युद्धविरामको अवस्था अहिले पनि कायमै छ । तर यति लामो समयसम्म पनि सिरियाका बारेमा वार्ता भने सुरु हुन सकेको थिएन । रसिया सिरियाको सहयोगी देश हो । यस वार्ताको अगुवाई पनि अमेरिका र रसियाले नै गरेका हुन् । तर सिरियाली विपक्षीले सिरियाली राष्ट्रपति बसर अल असद नहट्दासम्म कुनै वार्ता हुन नसक्ने अडान लिएपछि यो वार्ता अघि बढ्न सकेको थिएन । सन् २०११ को मार्च महिनादेखि त्यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको मागगर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । हाल त्यहाँ गृहयुद्ध जारी छ । सो समयदेखि हालसम्म जारी हिंंसा तथा द्वन्द्वमा परी दुई लाख ७१ हजारभन्दा बढी सर्वसाधारण एवम् सुरक्षाकर्मीले ज्यान गुमाएका तथ्य बेलायतसँग आवद्ध सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले बताएको छ । यस द्वन्द्वमा ७९ हजारभन्दा बढी सर्वसाधारण नागरिक मारिएका र यसमा १३ हजार ५०० बालबालिका र करिब नौ हजार महिला रहेका छन् । यसैगरी गैरजिहादी विद्रोही लडाकू ४६ हजार ५०० जना जति मारिएका छन् भने हजारौँको सङ्ख्यामा इस्लामिक र अतिवादी लडाकूहरु पनि परेका छन् । यी लडाकूहरुमा विदेशीसमेत रहेका छन् । सिरियामा आन्दोलनरत विपक्षीहरुले आ–आफ्ना हिंसात्मक गतिविधि रोक्नुका साथै आगामी दिनमा अन्य विभिन्न अतिवादी समूहहरुका तर्फबाट संचालित हिंसाको अन्त्यका लागि पनि पहल गर्र्र्ने विषयमा दुई शक्ति राष्ट्र अमेरिका र रसियाको सहमति भएको थियो । अब सिरियामा स्थायी शान्ति आउछ भन्ने बलियो आशा जागेको जनताले जनाएका छन् । यस वार्ताप्रति आपूmहरु आशावादी रहेको जानकारी यसअघि पनि बताउदै आएका छन् । निर्वाचनलाई मान्यता छैन–राष्ट्रसङ्घ यसैबीच प्राप्त अर्को एक समाचारअनुसार हाल सिरियामा सुरु भएको भनिएको आमनिर्वाचनका लागि संयुक्त राष्ट्रसङ्घले मान्यता नदिने बताएको छ । सिरिया हाल कतिपय प्रान्त विपक्षीहरुको कब्जामा रहेको छ । सीमित मात्र भूभाग आफ्नो कब्जामा रहेको भएपनि राष्ट्रपतिले आमनिर्वाचनको आह्वान गरेका छन् । तर सो निर्वाचन अवैधानिक रहेको भन्दै पाँच वर्षदेखि आन्दोलन जारी राखेका विपक्षीहरुले निर्वाचनमा सहभागिता नजनाउने जनाएका छन् । देशका सबैजसो नागरिकले मतदानमा सहभागिता जनाउने अवस्था नरहेको र लाखौँ लाख नागरिक देश छोडेर भाग्नुपर्ने अवस्था रहेकोले यो निर्वाचन वैधानिक नरहेको धारणा राष्ट्रसंघको छ । रासस÷एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy