Ntc summer Offer
Khabar Dabali १२ भाद्र २०८२ बिहीबार | 28th August, 2025 Thu
Investment bank

‘ अब माओवादी एकता लेनिन जयन्तीमा’

\"prachanda_mohanकाठमाडौं । एकीकृत माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब महिना होइन केही दिन भित्रै माओवादीहरु बीच एकता हुन्छ भनेको २ महिना पुग्न लागिसक्यो ।

तर एकताको छाटकाट देखिएको छैन । बैद्य माओवादीको एकताको विषयमा छलफल गर्न बोलाइएको बैठक पनि ठोस निर्णयमा नपुग्दै स्थगित गरियो ।जसले गर्दा माओबादी एकीकरण तत्काल होस् भन्ने चाहानेहरुलाई निरास बनेका छन् ।

एकताबारे नेताका भनाईले सार्थकता पाउन नसकिरहेको बेला एकीकृत माओवादी सचिव वर्षमान पुनले लेलिन जयन्तीमा सबै माओवादी एकीकरणको घोषणा गरिने बताए।अन्तराष्ट्रिय कम्युनिष्ट नेता लेनिनको ४७ औ जन्मजयन्ती यहि अप्रिल २२मा मनाइदै छ ।

बुधबार गुल्मी–काठमाडौं संघीय जनसम्पर्क मञ्चले नयाँ ‘वर्ष २०७३ को अवसरमा राजधानीमा गरेको शुभकामना तथा रक्तदान कार्यक्रममा सचिव पुनले विगत वर्षमा बामपन्थी पार्टी एकीकरणको अभियान अन्तिम चरणमा पुगेको भए पनि सम्पन्न हुन नसकेको भन्दै लेनिन जयन्तीको अवसरमा घोषणा गरिने बताए ।

‘सबै माओवादी पार्टीहरूबीच सैद्धान्तिक कार्यगत एकता भइसकेको दाबी गर्दै उनले अब औपचारिक घोषणा गर्न बाँकी रहेको र त्यो लेलिनको जन्मदिनको सेरोफेरो पारेर सार्वजनिक गर्ने तयारी भइरहेको बताए ।

काे हुन् लेनिन ?

रुसको ठूलो नदी भोल्गाको किनारमा रहेको सिम्बीस्र्क सहरमा सन् १८७० अप्रिल २२ मा जन्मिएका भ्लादिमिर इल्यीच उल्यानोव नै विश्व सर्वहारा वर्गका महान् नेता लेनिन हुन् । उनले रुसमा कम्युनिस्ट पार्टीको गठन गरेर रुसलाई सोभियत रुसमा बदल्ने समाजवादी क्रान्तिको शुरुवात गरे, भने उनले विजय प्राप्त गरेर सोभियत सङघ निर्माण गरी सोभियत रुसका राष्ट्रपिता समेत बनेका थिए ।

लेनिन सानै उमेरदेखि नै अत्यन्तै बहादुर, साहसी र ठट्यौलो मिजासका मिलनसार व्यक्ति थिए । त्यसैले उनका साथीहरू प्रशस्तै बन्दै गए । लेनिनले भनेपछि उनका दौातरीहरूले कुरा काट्न सक्तैनथे ।

जसले गर्दा रुसमा कम्युनिस्ट पार्टीको गठन गर्न लेनिनलाई सजिलो भएको थियो । लेनिन किताव पढ्नमा अत्यन्तै रुचि राख्दथे । उनले राजनीतिक जीवनमा निर्वासित हुँदा, जेल बस्दा र पार्टी काममा रहँदा अत्यन्त धेरै अध्ययन लेखन गरेका थिए ।

रुसमा माक्र्सवादलाई लागू गर्ने र त्यसलाई समृद्ध गर्ने काममा उनले जीवनको अत्यन्त धेरै उर्जा खर्चिएका थिए । त्यसैले माक्र्सवादलाई समृद्ध गर्ने क्रममा लेनिनवादको समेत प्रतिपादन गर्न पुगे ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending