Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

भर्ना अभियानबाट पनि छुटेका बालबालिकालाई वैकल्पिक सिकाइ

\"student\"काठमाडौँ । औपचारिक शिक्षामा प्रवेश हुन नसकेका विभिन्न लक्षित समुदायका बालबालिकालाई यस वर्ष वैकल्पिक सिकाइ केन्द्रमा पनि अध्यापन गराइने भएको छ । सरकारले एक दशक अघिदेखि हरेक शैक्षिक सत्रमा विद्यार्र्थी भर्ना तथा विद्यालय स्वागत कार्यक्रम सञ्चालन गर्दा पनि केही जिल्लामा भर्नादर औसतभन्दा कम भएपछि वैकल्पिक व्यवस्था गरेको हो । शिक्षा मन्त्रालयले अनिवार्य शिक्षा लागू भएका २१ जिल्लामा सो केन्द्र स्थापना गर्न यस वर्ष प्रतिकेन्द्र रु २८ हजार बजेट विनियोजन गरेको छ ।

शैक्षिक तथ्याङ्क २०७१ अनुसार प्राथमिक विद्यालय तहमा प्राथमिक उमेर समूह (५–९) वर्षको विद्यार्थीको खुद भर्नाको अवस्था ९६.२ प्रतिशत छ । २१ जिल्लामा सो प्रतिशतभन्दा कम भर्नादर छ । आधारभूत तह खुदभर्ना दर राष्ट्रिय औसत ८७.६% (छात्र ८७.७ %, छात्रा ८७.६ %) छ । विविध कारणवश औपचारिक शिक्षा लिन नभ्याएका प्राथमिक तहको उमेर काटिसकेकालाई अनौपचारिक शिक्षामार्फत् पढ्न चाहनेका लागि स्थापित गरिने यी केन्द्रमा पढाइ हुन्छ । केन्द्रमा ६ देखि १४ वर्ष उमेर समूहका विद्यार्थी हुनेछन् । शिक्षा विभागका निर्र्देशक बैकुण्ठ अर्यालका अनुसार ती केन्द्रमा योग्यता तोकिएका सहजकर्ताले छोटो अवधिमा शिक्षा दिने जानकारी दिनुभयो । यस वर्षको ‘अनिवार्य शिक्षाको लागि विद्यार्र्थी भर्ना तथा विद्यालय स्वागत तथा विद्यार्र्थी टिकाउ र सिकाइ उपलब्धिमा सुधार कार्यक्रम’अन्तर्गत २१ जिल्ला– धनकुटा, सप्तरी, भक्तपुर, पर्सा, कास्की, रुपन्देही, मुस्ताङ, मनाङ, सुर्खेत, बर्दिया, डोल्पा, कञ्चनपुर, डडेल्धुरा, पाँचथर, ललितपुर, स्याङ्जा, जाजरकोट, बैतडी, सिरहा, डोटी र हुम्लामा केन्द्र स्थापना हुनेछन् । यी र अन्य जिल्लामा नियमित कक्षा १ मा भर्ना अभियानका कार्यक्रम पनि एकैसाथ सञ्चालन हुनेछन् ।

अभियान यही वैशाख २ देखि मसान्तसम्म चल्नेछ । अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा कार्यक्रमको लागि कानुनी प्रावधान भएपनि हाल २१ जिल्लामा मात्र अनिवार्य शिक्षा लागू गरिएको छ । विगत वर्षमा झैं यस वर्ष पनि सरकारले अनिवार्य शिक्षाका लागि विद्यार्थी भर्ना, विद्यालय स्वागत तथा विद्यार्थी टिकाउ र सिकाइ उपलब्धिमा सुधार कार्यक्रम सञ्चालन गर्न यस वर्ष ‘हामी सबको इच्छा, सर्वसुलभ विद्यालय शिक्षा’ नारा तय गरेको छ ।

यो अभियान २०६१ साल देखि सञ्चालन हुँदै आएको छ । हालसम्मको आँकडाअनुसार बराम, दनुवार, धानुक, झागड, किसन, लेप्चा, माझी, मेचे, मुसिवदिया, राजी, सतार, थामी, सियार, थुनम, हायु, राउटे, बोटे, चेपाङ्, सिंसा, कुसुण्डा जातिका बालबालिका बढी विद्यालय बाहिर छन् । विद्यालय शिक्षामा सबैको समन्यायिक पहुँच नभएसम्म नेपालले विश्व समुदायसमक्ष प्रतिबद्धता व्यक्त गरेको सबैका लागि शिक्षा र सहस्राब्दी विकास लक्ष्य पूरा गर्न कठिन भएको जनाउँदै शिक्षा मन्त्रालय मातहतको शिक्षा विभागले विद्यालयबाहिर रहेका बालबालिकालाई मूलप्रवाहमा ल्याउन अभियान सञ्चालन गर्दै आएको शिक्षा विभागका महानिर्देशक खगराज बरालले बताउनुभयो ।

अभियानअन्तर्गत २०७३ वैशाख २ देखि १४ गतेसम्म चेतनामूलक र प्रचारात्मक तथा वैशाख १५ गतेदेखि ३० गतेसम्म घरदैलो कार्यक्रम हुनेछ । अभियानका क्रममा इँटाभट्टा तथा औद्योगिक क्षेत्रमा कार्यरत श्रमिकका बालबालिका र तीनका अभिभावकसँग अन्तक्र्रिया हुनेछ । अभियानले ५ देखि १२ वर्षसम्मका सबै बालबालिकालाई यसको लक्षित समूह बनाउनेछ । सबैका लागि शिक्षामा पहुँच सुनिश्चितताका लागि नियमित विद्यालय, खुला विद्यालय, वैकल्पिक विद्यालय, वैकल्पिक सिकाइ केन्द्र, सामुदायिक अध्ययन केन्द्र सञ्चालनमा छन् । यही अवधिमा पाठ्यपुस्तक वितरणको अभियान पनि सञ्चालन गरिने घोषणा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले गरिसक्नुभएको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies