Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

अक्सिजनबिना नौ दिन सम्म बाँच्ने सिद्धबाबा !

\"siddhababa\"पोखरा । अक्सिजनविना नै भुमि समाधिमा बसेका सिद्धबावा बावालाई नौ दिन पछि सकुसल निकालिएको छ । उनी चैत २६ गतेबाट पोखरा रामघाटस्थित मन्दिरमा बसेका उनी ९ दिनपछि शुक्रबार विहान १० बजेर २० मिनेछ जाँदा बाहिर निस्किएका हुन । उनी समाधिबाट निस्कदा पुणर््ा रुपमा पसिनाले भिजेका थिए । उनी समाधिबाट निश्कने वित्तकै डा।कालु शर्मा, डा।नारायण गौतमलगायतको चिकित्सकको विशेषज्ञ टोलीले सिद्धबाबाको स्वास्थ्य परीक्षण गरे । स्वास्थ्य परीक्षणमा सिद्धबाबाको सम्पूर्ण स्वास्थ्य सामान्य रहेको चिकित्सकको टोलीले निश्कर्ष निकाल्यो । त्यसपछि मात्रै सिद्धबाबाले समाधिबाहिर निस्केको हेर्न पुगेका हजारौं दर्शकलाई समाधि बसेकै घरको पहिलो तल्लाको कौशीबाट दर्शन दिए । उनले हात हल्लाएर सबैलाई अभिनन्दन गरे । उपस्थित भक्तजनलाई स्वास्थ्य परीक्षणको नेतृत्व गरेका डा।कालु शर्माले सिद्धबाबाको स्वास्थ्य सामान्य रहेको जानकारी दिए । उनले भने, ‘समाधिमा वस्नुअघि पनि हामीले उहाँको स्वास्थ्य परीक्षण गरेका थियौं, अहिले समाधि सकिएपछि पनि स्वास्थ्य परीक्षण गर्यौं , उहाँको स्वास्थ्य समाधिमा बस्नुअघि जस्तो थियो अहिले पनि त्यस्तै नर्मल रहेको बताए । अक्सिजनबिना भूमि समाधिमा बसेर सिद्धबाबाले आश्चर्यमा पारेको उनले बताए । उनले अहिलेसम्म असम्भव रहेको कुरा सम्भवमा परिणत गरेको बताए । यसअघि चैत २६ गते साँझ साढे ६ बजेदेखि भूमिसमाधिमा बस्नुअघि सिद्धबाबाले राष्ट्र र मानव कल्याणका लागि आफू भूमिसमाधिमा बस्न लागेको बताएका थिए । उनले आफूलाई ९ दिनपछि मात्रै भूमिसमाधिबाट निकाल्न आग्रह गर्दै भनेका थिए ‘मलाई वैशाख ३ गते बिहान १०ः१५ बजेभित्र निकालिसक्नुपर्नेछ, अन्यथा मलाई जे पनि हुन सक्छ भनेका थिए । सिद्धबाबालाई समाधिमा बस्नका लागि ५ फिट लम्बाइ र ३ फिट चौडाइको काठको बाकस बनाइएको थियो, जहाँ उनी अचेत अवस्थामा सुतेका थिए । जसमा अक्सिजन नछिरोस् भन्नका लागि बाहिरबाट प्लाष्टिक, सेतो कपडा, कम्मलले बेरिएको थियो भने बाकसमा ४ वटा साँचो लगाइएको थियो । बाकसको माथिल्लो भागमा बालुवा माटोले पुरिएको थियो । त्यसमाथि जमरा लगाइएको थियो । उनी समाधिमा बस्ने स्थानमा पुग्न ३ वटा कोठाको ताला खोलेर पुग्नुपर्ने थियो । जसलाई प्रहरीले २४ सै घण्टा सुरक्षा दिएको थियो । ‘
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending