Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

सोलु करिडोरमा उजुरीको चाङ, प्राधिकरण हर्जनामा फस्दै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले वस्तुनिष्ठ निर्णय नगर्दा सोलु करिडोर प्रसारण लाइन तोकिएको समयमा पूरा नहुने भएको छ । प्रसारण लाइन सम्पन्न हुन नसक्दा आगामी २०७५ सालपछि प्राधिकरणले रु एक अर्ब ३८ करोड हर्जना तिर्नुपर्ने अवस्था छ । प्राधिकरण सञ्चालक समितिको गत भदौ ४ को बैठकले रु २७ करोड बढी बोलकबोल गर्ने मोहन इनर्जीको बोलपत्र स्वीकृत गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । सार्वजनिक खरिद, विद्यमान नियम कानुन एवम् न्यून बोलकबोल गर्ने कम्पनीलाई नदिई बढी कबोल गर्नेलाई आयोजनाको ठेक्का दिनु गलत भएको आयोगले ठहर गरेको थियो । सिरहाको मिर्चैयादेखि सोलुखुम्बुको तिङ्गलासम्म १३२ केभीको करिब ९० किमी डबल सर्किट प्रसारण लाइन निर्माण गर्ने सो परियोजना हाल निर्माणाधीन आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । बढी कबोल गर्ने मोहन इनर्जीलाई आयोजनाको ठेक्का दिइएको र कम प्रस्ताव गर्नेलाई नदिएको भन्दै व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समितिमा उजुरी परेको हो । प्राधिकरणको बोर्ड बैठकले मोहन इनर्जीलाई रु दुई अर्ब २६ करोडमा ठेक्का दिने निर्णय गरेको थियो । अन्तिम छनोटमा आउनबाट रोक्न भारतको ज्यागुवार कम्पनीलाई चार अनावश्यक कुरा देखाएर अयोग्यसावित गराएको भन्दै तत्कालीन ऊर्जा सचिव राजेन्द्रकिशोर क्षेत्री, बोर्ड सदस्य सन्तोषनारायण श्रेष्ठले फरक मत लेखेर निर्णय प्रक्रियामा असहमति जनाउनुभएको थियो । भारतीय आयात निर्यात बैंकको ऋण सहयोगमा अगाडि बढाउन लागिएको सो आयोजनाको ठेकेदार छनोट प्रक्रियामा नै गलत भएको भन्दै आयोगले तत्कालीन ऊर्जामन्त्री, प्राधिकरणका सञ्चालक समितिका सदस्यलाई कारबाही गरेको थियो भने तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले ऊर्जामन्त्री राधा ज्ञवालीलाई बर्खास्त गरेका थिए । सो आयोजनामा ज्यागुरले दुई अर्बको प्रस्ताव गरेको थियो । तत्कालीन ऊर्जामन्त्री ज्ञवाली, सञ्चालक समिति सदस्य लक्ष्मण अग्रवाल, मनोज मिश्र, सुरज लामिछाने र प्राधिकरण कार्यकारी निर्देशक मुकेशराज काफ्लेसहितको बहुमतले इनर्जीलाई आयोजनाको ठेक्का दिनेसम्बन्धी निर्णय गरेको थियो । आव २०७१÷७२ मा निर्माण सम्पन्न हुनुपर्ने उक्त करिडोर विवादका कारण अघि बढ्न सकेको छैन । तत्काल काम सुरु गर्दा सो आयोजना सम्पन्न हुन दुई वर्ष बढी समय लाग्नेछ । प्रसारण लाइन नबन्दा १८ मेगावाट क्षमताको सोलु जलविद्युत् आयोजना, पाँच मेगावाटको जुनबेसी, ३२।५ मेगावाटको तल्लो सोलु, ८६ मेगावाटको सोलुखोला आयोजनाको विद्युत् खेर जाने सम्भावना रहेको छ । अनियमितता गर्नेलाई कारबाही माग समितिको आजको बैठकमा अधिकांश सांसद्ले प्रसारण लाइन निर्माणका सम्बन्धमा गलत निर्णय गर्नेलाई कारबाही गर्नुपर्नेमा जोड दिए । सांसद् रामहरि खतिवडाले गलत निर्णय गर्नेलाई कारबाही गर्नुपर्ने बताए । प्रसारण लाइन नबनेका कारण प्राधिकरणले थप हर्जना तिर्नुपर्ने विषय गम्भीर रहेको र राज्य कोषमाथि दोहन गर्ने छुट कसैलाई नभएको भन्दै सांसद् राजेन्द्र केसीले सत्य तथ्य छानबिन गर्न माग गरे । सांसद् डा मीनेन्द्र रिजाल, भरत साउद, सर्वेन्द्रनाथ शुक्ल, विकास लम्साल र जयदेव जोशीले सार्वजनिक खरिद ऐन विपरीत जाने छुट कसैलाई नभएको भन्दै सरकारले कारबाही गर्नुपर्नेमा जोड दिए । उर्जा मन्त्रालयका सहसचिव माधवप्रसाद गड्तौलाले सोलु करिडोर प्रसारण लाइनमा देखिएको समस्या समाधान गरेर आयोजना अघि बढाउन मन्त्रालय तयार रहेको बताए । प्राधिकरणका कार्यकारी निर्देशक काफ्लेले ज्यागुवारको प्राविधिक प्रस्ताव अपूर्ण रहेको भन्दै अस्वीकृत भएको भए पनि सार्वजनिक खरिद अनुगमनसम्बन्धी व्यवस्थालाई स्वीकार गरिएको बताए । सर्वोच्च अदालतले समेत प्राधिकरणको निर्णय सही ठह¥याएकाले आयोजना अगाडि बढाउन समस्या नरहेको उनका भनाइ छ । आजको बैठकमा ऊर्जा सचिव सुमनप्रसाद शर्मा अनुपस्थित भएकाले अर्को बैठकमा मात्रै आवश्यक निर्णय गर्ने समितिले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending