Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

अझै उठेन धरहराको शीर

\"dharahara काठमाडौं । गत वर्ष वैशाख १२ गतेको भूकम्पले भत्किएको धरहराको पुनर्निर्माण अझै सुरु गरिएको छैन । केही वर्षअघिदेखि सर्वसाधारणका लागि समेत खुल्ला गरिएको धरहरामा भत्किएर ६० जना भन्दा बढी सर्वसाधारणको मृत्यु भयो । राणाकालीन समयमा पूर्व महारानी ललितत्रिपुरा सुन्दरादेविको सम्झनामा वि.सं. १८१८ सालमा भीमसेन थापाले आफू प्रधानमन्त्री भएका बेला धरहराको निर्माण गरेका थिए । महारानीको सम्झनामा निर्माण गरिएको उक्त धरहराबाट राणाहरुले विगुल फुकेर सार्वजनिक सूचना दिने तथा भेला गराउने गरेका थिए । वि.सं.१९९० सालको भूकम्पले धरहरा भत्कियो । भत्किएको दुई वर्षपछि जुद्धसमसेरले पुरानै शैलीमा धरहराको पुनर्निर्माण गराए । महारानीको सम्झनामा निर्माण गरिएको धरहराबाट राणा शासकहरुले विगुल फुकेर जनतालाई सूचना दिने र जंगी कर्मचारीलाई भेला गराउने गरे पनि त्यसपछि भने पर्यटकका लागि आकर्षकको केन्द्र बनेको थियो । त्यही आकर्षणको केन्द्र बनेको धरहरा एक वर्षअघि बैशाख १२ गतेको भूकम्पले फेदैबाट भाँच्चियो । भूकम्पले भत्किएको धरहरालाई अहिले जस्तापाताले बेरेर राखिएको छ । मुगल शैलीमा निर्माण गरिएको उक्त धरहराको वरिपरिको पर्खाल भने युरोपेली शैलीमा निर्माण गरिएको थियो । पर्खाको केही भाग भत्एिका छन् भने केही भाग अहिले पनि सुरक्षित छ । सुर्की, चुन, मास र चाकुको मिश्रण अर्थात बज्रबाट निर्माण गरिएको धरहरामा प्रयोग गरिएका राणाकालिन इँटाहरु भने चोरी गरिए । ऐहिासिक तथा पुरातात्विक महत्वका त्यस्ता सामाग्रीहरु चोरी हुन थालेपछि जस्तापाताले बेरेर राखिएको भत्किएको धरहरा अहिले पनि उस्तै छ । मेरो धरहरा मै बनाउँछु अभियान भूकम्पले ध्वस्त धरहरा निर्माणका लागि विभिन्न संस्थाहरुले निर्माण गरिदिने प्रस्ताव पनि अघि सारे । जगदम्बा स्टिल्सले धरहरा पुनर्निर्माण गरिदिने भनी गरेको प्रस्ताव अस्वीकार गरियो । ‘आफ्नै सम्पदा, आफ्नै सम्पत्ति, आफैं निर्माण’ भन्ने नाराससहित सम्पदा पुनर्निर्माण अभियानको घोषणा गरिए पनि काम शुरु भने भइसकेको छैन । ‘ऐतिहासिक धरोहर पुनर्निर्माण संकल्प’ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो एक महिनाको तलब धरहरा पुनर्निर्माणका लागि सहयोग गर्ने घोषणापछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आर्थिक संकलनका लागि खोलेको बैंक खातामा उपराष्ट्रपतिदेखि मन्त्रिपरिषद सदस्यहरुले पनि आफ्नो एक महिनाको तलब जम्मा गरेका छन् । प्रधानमन्त्री ओलीले एक महिनाको पारिश्रमिक वापतको ६१ हजार ८ सय २० रुपैयाँ खातामा जम्मा गरेका थिए । ‘ऐतिहासिक धरोहर पुनर्निर्माण संकल्प’ कार्यक्रममा प्रधानमन्त्री ओलीले एक महिनाको तलब दिने घोषणा गर्दै खाता खोल्न निर्देशन दिएका थिए । धरहरा महाभूकम्प भत्किएका कारण अब भूकम्प प्रतिरोधी बनाउनुपर्ने र अझ आधुनिक बनाउने योजना सरकारको छ । सम्झनामा भाइ धरहरा \"dharahara भूकम्पले धरहरा भत्किएपछि त्यसको सम्झनामा भूकम्प गए लगत्तै सुनधारा क्षेत्रमै ६ फिटको ‘नमूना’ धरहरा निर्माण गरिएको छ । अमरज्योति रञ्जितले धरहराको सम्झनामा निर्माण गरेको ‘भाइ धरहरा’ अहिले सबैको आकर्षणको केन्द्रविन्दु बनेको छ । रञ्जितको कल्पनामा राजकुमार लामासहित तीन कालिगढले ‘नमूना धरहरा’ निर्माण गरेका हुन् । भूकम्पले भत्किएको ऐतिहासिक धरोहर त्रिपुरासुन्दरीको सम्झनामा बनेको राणाकालीन धरहराको पुनर्निर्माण नभएसम्म ‘भाइ धरहरा’ले सबैको झल्को मेटाउने भएको छ सुनधारास्थित बीच सडकमा निर्माण गरिएको सानो नमूना धरहरा अहिले सबैको आकर्षणको केन्द्रविन्दु बनेको छ भने पर्यटकहरुलाई धरहराको इतिहास बुझाउन पनि यो धरहराले सहयोग गर्ने पर्यटन ब्यवसायीहरु विश्वास ब्यक्त गर्छन् सुरक्षित छ धराहराको इतिहास धरहरासँगै राखिएको धरहराको इतिहास लेखिएको बोर्ड भने अहिले पनि सुरक्षित छ । आन्तरिक तथा बाह्य पर्यटकले त्यही बोर्ड हेरेर धरहराको इतिहास थाहा पाउन सकिन्छ । बोर्डमा रहेको धरहराको तस्विरले पनि धरहराको झल्को मेटाइदिन्छ । वि.सं.१९९२ सालमा तत्कालिन प्रधानमन्त्री जुद्धसमसेर जबराले पुनर्निर्माण गरेको धराहरा साबिक बमोजिम कै नौ तल्ला थियो । ६१.८८ मिटर अर्थात २०३ फिट उचाइको उक्त धरहराको सातौ तलामा बार्दली थियो । धरहराभित्र २०१३ सिंढी र बाहिर २५ सिंढी थिए । धरहराको सबैभन्दा माथिल्लो तलामा शिललिङ्गसमेत राखिएको थियो । टुप्पोमा गजुर रहेको धरहरा धार्मिक तथा पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण मानिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending