Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

आमाको सिउँदोमा सिन्दूरपछि मात्रै छोराको बिहे

[caption id=\"attachment_70751\" align=\"aligncenter\" width=\"750\"]\"थामी थामी महिलाहरु[/caption] दोलखा । उमेरले बिहे गर्ने समय घर्किसकेको भएपनि थामी जातिका युवायुवतीले आफ्नो बिहे अघि आमाबुबाको बिहे सम्पन्न गर्नुपर्छ । थामी जातिको धार्मिक संस्कारअनुसार बाबुआमाको बिहे नगरी छोराछोरीको बिहे गर्ने बेला बिते पनि परम्पराअनुसार बिहे गर्न मिल्दैन । आफ्नो विवाह सम्पन्न गर्न धार्मिक परम्परा फुकाउन दोलखाको आलम्पु–१ का माइकल थामीले कुमारी बाहुनीका हातबाट सिन्दूर हाल्न लगाई आफ्नी आमा गुञ्जना थामीको विवाह गराए । तीन दाजुभाइमा उनी जेठो हुन् । बाबु मायालु तीन दशकभन्दा बढी समयदेखि भारतको कालिङपोङ गई नफर्केका र आमाबाबुको विवाह पहिला नगरी आफ्नो विवाह गर्न नपाउने रीतअनुसार माइकलले यसरी आमालाई विवाह गराई आफ्नो विवाह गरेका हुन् । उनले भने – ‘आफ्नो विवाह गर्न पाउँदिन । त्यसैले बाबुलाई लिन कालिङपोङ पटक पटक गएँ तर घर आउन नमानेपछि मेरो विवाह गर्न यो विधि अपनाउनुपरेको हो ।” गाउँका गण्यमान्यलाई भेला गराई पुरोहितसमेतको सल्लाहमा कुमारी बाहुनीका हातबाट आमालाई सिन्दूर हाल्न लगाई बाटो फुकाउनुपरेको व्यथा सुनाउँदै उनले भने– ‘अब दुई भाइका लागि पनि बाटो खुलेको छ ।” माइकलका लागि यो नयाँ पद्धति बसाउन निकै गाह्रो परेको थियो । यहाँका थामी जातिमा मृत्युपछि विवाह गरिदिने प्रचलन भने विद्यमान छ । अन्य समुदायका लागि यो चलन अनौठो लाग्न सक्ला तर थामी समुदायका लागि यो चलन सामान्य हो । सदरमुकाम चरिकोटदेखि उत्तरतिरको यो गाउँका थामी जातिको परम्पराअनुसार आफ्नो आमाबाबु अथवा अन्य कुनै पुस्ताको विवाह नभई मृत्यु भएमा उनका छोरानातिले उसको विवाह गरिदिनुपर्छ । सन्तानपछि पनि विवाह हुनु यो समुदायमा कुनै नौलो मानिँदैन । आलम्पु–४ का इन्द्रबहादुर थामीका अनुसार आफ्नो विवाहको विधि फुकाउन केराको थामलाई आफ्नो बाबुआमा मानी मृत बाबुआमाको विवाह गरिदिने चलन अझै कायम छ । बाबुआमामध्ये एकजना जिउँदै छन् भने एउटामात्र केराको थाम चाहिन्छ । आमामात्र जिउँदो भए केराको थाममा माटाको अर्कुन पनि बनाइन्छ । त्यो थामलाई बाबु मानी माइती मावलीसमेतलाई बोलाई भतेर खुवाइन्छ । बाबुमात्र जिउँदो भए केराको थाम र काँसको आम्खोरालाई आमा मानी विवाह गराइन्छ । यसरी विवाह सम्पन्न गराउन थामी पुरोहित चाहिन्छ । विवाहमा झाँक्री ९पुरोहित० र दुर्मी ९पण्डित०ले विधिअनुसार कर्मकाण्ड गर्नुपर्छ । बाबुबाजेका पालासम्म यसलाई राम्रै ढङ्गमा सम्पन्न गरिए पनि अब मात्र विधि पु¥याउने काम हुन थालेको उहाँको भनाइ छ । यो समुदायमा आपूmले विवाह गर्नुअघि आफ्ना वंशमा क–कसको विवाह भएको छैन, सो पत्ता लगाइसकेपछि पहिला आफ्ना पुर्खाको विवाह गराउनु अनिवार्य हुने र पछिमात्र आफ्नो विवाह गर्न पाइने अन्यथा नपाइने गाउँले बताउँछन् । आर्थिक विपन्नतामा बाँचेका उनीहरुका लागि यो चलन उचित नै मानिन्छ । धेरै जोडी गरिबीकै कारणले बाँचुञ्जेल विवाह गर्न सक्दैनन् । कहिलेकाहीँ तीन÷चार पुस्ताको विवाह पन्छाएपछि मात्र आफ्नो विवाह गर्न पाउने गरेको उनीहरुको गुनासो रहेको छ । किंवदन्तीअनुसार ब्रह्माले सबैलाई वेद बाँड्ने क्रममा थामीका भागमा आयुर्वेद परेको र कसैले यो वेद राम्रो होइन भनी आगोमा जलाइदिएको थियो । पछि ब्रह्माले वेद खोइ भनी खोजी गर्दा आगोमा जलेको बताइएको थियो । त्यसैले उनीहरुको वेद भने नभएका थामी जातिका जानकार बताउँछन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending