Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

आफुलाई भारत परस्त भन्नेहरुलाई भट्टराईले दिए यस्तो चुनौती

\"baburam-bhattarai\"काठमाडाैं । नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक बाबुराम भट्टराईले आफुलाई भारत परस्त भन्नेहरुलाई राष्ट्र र जनतको अहित हुने काम गरेको भए त्यसको पुष्टि गर्न चुनौती दिएका छन् । मधेश जागरण अभियान अन्तर्गत शुक्रबार भैरहवामा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले भने , ‘मैले राष्ट्र र जनताको अहित हुने के काम गरेँ त्यो पुष्टी गर्न चुनौति दिन्छु । भट्टराईले आफू सधैं राष्ट्रियता र जनताको हितमा काम गर्ने व्यक्ति भएकाले अरुले लगाउने आरोपको खण्डन गर्दै हिंड्न आवश्यक नभएको बताए । मुलुकको आर्थिक सम्बृद्धिको स्पष्ट योजना र खाकासहित नयाँ शक्ति उदाएको दावी गर्दै भट्राईले आर्थिक रुपले समृद्ध बनाउन नसके राष्ट्रवादका चर्का कुरा गरेर मात्र केही नहुने बताए । उनले नयाँ शक्तिले मुलुकको आर्थिक सम्वृद्धिको स्पष्ट खाका तय गरेको पनि बताए। अन्तरक्रियामा बोल्दै भट्राईले भने , ‘दलहरुको भीडमा हामी नयाँ दलको संख्या थप्न आएका होइनौं, देश र जनतालाई केहि वर्षमै आर्थिक रुपमा समृद्ध बनाउने कार्यभार पूरा गर्ने नयाँ सोंच, शैली र योजना सहित आएका छौं । आर्थिक अनियमितता र भ्रष्टाचारमा डुबेका दल र नेताहरुबाट जनता वाक्क भईसकेको हुँदा नयाँ शक्तिले भ्रष्टाचार विरुद्ध कठोर नीति लिएर जनताको भावना अनुसार काम गर्ने उनको दावी थियो । नयाँ शक्तिका नेताविरुद्ध भ्रष्टाचारको उजुरी परेमा पदबाट निलम्बन र आरोप पुष्टी भए निस्कासन गर्ने भन्दै भट्टराईले आर्थिक समृद्धि हासिल गर्न विज्ञहरुको टोलीले गृहकार्य गरिरहेको जानकारी दिए । राजनीतिक स्थिरता र सुशासनका लागि संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गरिनुपर्ने नयाँ शक्तिको अडान रहेको भट्टराईको भनाई थियो। मधेशी जनता देशभक्त र राष्ट्रवादी भएको तर्क गर्दै भट्टराईले छालाको रंग र भाषालाई हेरेर अरुलाई भारत परस्त र आफूलाई मात्र राष्ट्रवादी देख्नेहरुको मण्डले राष्ट्रवादले मुलुकलाई निकास नदिने प्रष्ट पारे। एमाले र एमाओवादीले कम्युनिष्ट पार्टीको साइनबोर्ड झुण्डाएर जनतालाई ठगिरहेको आरोप लगाउँदै एमाओवादी र एमालेले आफूलाई कम्युनिष्ट भन्दै हिँडे पनि ब्यवहार, आचरण र संस्कार कम्युनिष्टको नभएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending