Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

मुस्ताङको बोक्सीखोलामा चौँरीगाईको आलो रगत पिउनेको घुइँचो

\"chaunr1-Copy\"मुस्ताङ । मुस्ताङको कोबाङ गाविसस्थित बोक्सीखोलामा चौँरीगाईको आलो रगत पिउन सर्वसाधारणको घुइँचो लागेको छ । स्थानीय किसानको आयोजनामा वैशाख ५ गतेदेखि सुरु भएको मेलामा रगत पिउन मुस्ताङका साथै म्याग्दी, पर्वत, बाग्लुङ र पोखराबाट समेत सर्वसाधारण आएका छन् । हिमाली क्षेत्रमा पालिने चौँरीगाईको रगत पिएमा गानोगोला, वायुविकार, कमलपित्त, मर्केको, सुन्नेको र छालासम्बन्धी रोग निको हुने जनविश्वास छ । हरेक वर्ष आयोजना गरिने मेलाबाट आकर्षक आम्दानी हुने स्थानीय किसानले जानकारी दिएका छन् । स्थानीय अगुवा किसान गोविन्द शेरचनले हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा, पाँचऔले, जटामसीजस्ता बहुमूल्य जडीबुटी खाएर चौँरीगाईको रगतले शारीरिक फूर्तिसमेत बढ्ने बताए । “हामीले प्रतिगिलास रु १५० मा रगत बिक्री गरिरहेका छौँ, विशेष प्रकारको चक्कुबाट रगत निकाल्ने गरिन्छ,” उनले भने– “गत वर्ष भूकम्पले अलि कम मानिस आए पनि यस वर्ष भने उत्साहजनक उपस्थिति छ ।” किसानले पालेका ५०० चौँरीबाट रगत निकालिने उनीहरुले जनाएका छन् । एउटा चौँरीबाट कम्तीमा पाँच गिलाससम्म रगत निकाल्न सकिन्छ । आगामी वैशाख २५ गतेसम्म सञ्चालन हुने मेलामा अहिलेसम्म एक हजार ५०० जनाले रगत पिइसकेको चौँरीपालन व्यवस्थापन समिति अध्यक्ष सुकेन्द्र गौचनले जानकारी दिए । “मेला अवधिसम्म तीन हजार जनाले रगत पिउने अनुमान गरेका छौँ,” उनले भने– “हामीले मागको आधारमा चौँरीगाईको मासु पनि बिक्री गर्दै आएका छौँ ।” स्थानीय किसानले विभिन्न किसिमका रोग निको हुने बताए पनि पशु अधिकारकर्मीले भने त्यसमा कुनै वैज्ञानिक सत्यता नभएको र पशु अधिकार हनन भएको बताउँदै आएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending