Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

कारबाहीमा पर्ने भएपछि विवरण लिएर आउन थाले सिनेमा हल 

काठमाडौं । पछिल्लो समय कर नतिर्ने सिनेमा हलमाथि कारबाहीको प्रक्रिया अघि बढाएसँगै कर तिर्न उनीहरु विवरणसहित काठमाडौँ महानगरपालिका आउन थालेका छन् । केही समय अघिदेखि काठमाडौँ महानगरपालिकाभित्र सञ्चालन हुँदैआएका तर कर नतिरेका सिनेमा हललाई कामपाले कारबाहीको प्रक्रिया सुरु गरेको थियो । गोपीकृष्ण सिनेमा हलले कर तिर्न विभिन्न किसिमका करको शीर्षकसहितको विवरण लिएर आएको महानगरपालिका राजस्व विभागका विभागीय प्रमुख राज्यप्रकाश प्रधानाङ्गले जानकारी दिए । अन्य सिनेमा हल पनि कर तिर्न विवरण लिएर आएका उनले बताए । “महानगरभित्र सञ्चालित सिनेमा हलले मनोरञ्जन कर अहिलेसम्म नतिरेकाले कारबाहीको प्रक्रिया अगाडि बढाउन परेको हो” – प्रमुख प्रधानाङ्गले भने । उनका अनुसार कारबाही प्रक्रियाअन्तर्गत कर नतिर्ने हलको सुविधा कटौती गर्दै लगिने, मालपोत रोकिने र बैंक खाता रोक्का गरिने छ । हालसम्म काठमाडौँ महानगरपालिकाअन्तर्गत ११ सिनेमा हल सञ्चालित छन् । तीमध्ये छ वटाको आफ्नै भवन रहेको छ । आफ्नो भवन रही सञ्चालन हुँदै आएका सिनेमा हलले बहाल घर तिर्नु नपर्ने र भाडामा लिई हल सञ्चालन गर्दै आएकाले बहाल करसमेत तिनुपर्ने नियम रहेको राजस्व महाशाखा प्रमुख धु्रवकुमार काफ्लेले जानकारी दिए । महानगरमा सञ्चालन हँुदै आएकामध्ये पाँच वटा हल भाडाका रहेका छन् । महानगरले २०५६ सालदेखि सिनेमा हलको घरजग्गा, सवारी, व्यवसाय, विज्ञापन तथा मनोरञ्जन कर लिन थालेको भए पनि हालसम्म मनोरञ्जन कर कुनै पनि सिनेमा हलले तिरेका छैनन् । केहीले घरजग्गा र व्यवसाय कर तिर्ने गरेका छन् । सिनेमा हले कर नतिर्दा वार्षिक रु २५ लाख बक्यौता रहने गरेको छ । स्थानीय र नेपाली भाषामा देखाइने कुनै पनि सिनेमाको लागि भने मनोरञ्जन कर तिर्नु पर्दैन । यो भन्दाबाहेक अन्य सबै भाषामा देखाइने सिनेमाका लागि मनोरञ्जन कर तिर्नुपर्ने नियम रहेको छ । नियमअनुसार सिनेमा हलमा टिकट बिक्री हुने बित्तिकै प्रतिटिकट मूल्यको दुई प्रतिशतका दरले मनोरञ्जन कर तिर्नुपर्ने छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending