Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

कांग्रेस–एमालेको बुद्धि फिरेको छैन : प्रचण्ड

सत्तापक्षले सहमतीय संविधान नचाहेको भन्दै दोस्रो चरणको आन्दोलन घोषणा गर्ने तयारीमा रहेका ३० दलीय मोर्चाका संयोजक तथा एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उनले गर्ने भनेको आन्दोलन, संविधानका विवादित मुद्धा, समसामयिक राजनीतिक परिस्थिति लगायतका बारेमा आइतबार बिहान खबरडबलीले लिएको अन्तर्वार्ताको सम्पादित अंश । जारी वार्ता प्रक्रियामा त सहमतिको सम्भावना न्यून भइसकेजस्तो देखिन्छ, कस्तो हुन्छ त अबको राजनीतिक ‘कोर्ष’ ? कांग्रेस–एमाले मिलेर नेपालको राजनीतिलाई जहिले पनि अन्धकारतर्फ नै धकेल्ने गरेका छन् । र, यसपटक पनि कांग्रेस–एमालेको अहङ्कारले हिजोका सबै मुद्धाहरु उल्ट्याउने राजनीतिक षडयन्त्र चल्दैछ, सहमति टाढिँदै छ । हामीले अधिकतम पहल गर्दा र विभिन्न विकल्पहरु प्रस्तुत गर्दा पनि कांगेस–एमालेले कात्तिक १७ गतेकै ९ बुँदेमा मात्रै टिप्पणी दिनोस् भनिरहे । उनीहरु जनतालाई अधिकार दिन र परिवर्तनको प्रत्याभूति गराउने पक्षमा छैनन् । उनीहरुको यो कार्य मुलुकलाई राजनीतिक द्वन्द्वतर्फ धकेल्ने षड्यन्त्र हो । यो स्थिति दुर्भाग्यपूर्ण छ । दुःखको कुरा के छ भने कांग्रेस–एमालेको बुद्धि बिल्कुल फिरेको छैन । उसोभए अब के हुन्छ छ ३० दलीय मोर्चाको भावी रणनीति ? १६ गतेको आमसभापछि हामीले वार्ताबाटै सहमति निकाल्नुपर्छ भनेका थियौं । यसबीच एकातर्फ प्रधानमन्त्रीले सहमतिबाटै अगाडि बढ्न आग्रह गर्दै वक्तव्य जारी गरेको सन्दर्भ र अर्कोतर्फ संविधानसभा अनिश्चितकालका लागि स्थगित भएको अवस्था छ । यी दुवैलाई मध्यनजर गरेर नै हामीले आन्दोलनका कार्यक्रम रोक्यौं र सहमतिबाट अगाडि बढौं भन्यौं । १६ गतेको आमसभामा जनताको अपार उपस्थितिले हामीलाई गम्भीर हुनुपर्छ भनेर निर्देश पनि गरेको थियो । तर, हिजो (शनिबार) सम्म आइपुग्दा सत्तारुढ दल, त्यसमा पनि खास गरेर एमालेले हाम्रो यो जिम्मेवारीबोधलाई कमजोरीका रुपमा बुझेछन् जस्तो लाग्छ । त्यसकारण आज (आइतबार) आन्दोलनका कार्यक्रम घोषणा गर्नुबाहेक हामीसँग अन्य उपाय नै छैन । तपाईंले त खुलामञ्चबाटै ‘कांग्रेस–एमालेलाई बुझ्ने सन्दर्भमा हिजो गरिएछ, अब फेरि त्यही कमजोरी गरिन्न’ भन्नुभएको थियो । तर, १६ गतेलगत्तै फेरि त्यही ‘गल्ती’ गरियो भन्नुहुन्छ, के भन्न खोज्नुभएको ? तापईंले कुरा नबुझेर हो । मैले यसअघि गरेका अनावश्यक सहमति र सम्झौता, अनावश्यक भावुकता प्रदर्शन गर्दिनँ भनेको हुँ । यसो भन्नुको अर्थ– उनीहरु (कांग्रेस–एमाले) सँग झुक्ने सम्झौता गर्दिनँ भनेको हो, उनीहरुसँग वार्ता नै नगर्ने भनेको होइन; म जहाँ छु, त्यसको हैसियतले मुलुकलाई निकास दिन त्यो जिम्मेवारी लिन्नँ भनेको होइन । त्यसकारण वार्तामा बस्नु भनेको झुक्नु होइन । महत्वपूर्ण कुरा के हो भने यो प्रक्रियाले जनतालाई राम्रोसँग प्रशिक्षित गर्छ कि ३० दलीय मोर्चा निरपेक्ष आन्दोलन होइन, वार्ता र सहमतिबाट निकास निकाल्ने पक्षमा छ । सवाल हामीले वार्तामा बसेर जनताका मुद्धामा लेनदेन गर्‍यौं कि गरेनौं भन्ने हो । हामीले वार्तामा बसेर दृढतापूर्वक जनताका मुद्धाहरु जस्तै– शान्ति सम्झौतामा गरेका सहमति, मधेश आन्दोनल, जनजाति–मधेशी–दलित–महिला–मुस्लिम सबैसँग गरिएका सहमति–सम्झौताको पक्षमा अडान राख्यौं कि राखेनौं भन्ने हो । त्यसकारण हिजोको कुरामा म अहिले पनि त्यत्तिकै प्रष्ट छु । यसको अर्थ यो बुझिनु हुँदैन कि अब वार्ता र सम्झौताको सट्टा आन्दोलनबाटै सत्ता कब्जा गर्ने हो । अहिलेको परिस्थिति त्यस्तो होइन । हामीले हिजोका ऐतिहासिक सहमति–सम्झौता कार्यान्वयन गरौं भनेका हौं । त्यसमा कुनै किसिमको सम्झौता हुन सक्दैन । तपाईं नेतृत्वको मोर्चाभित्रै ‘सत्तापक्षले आन्दोलनको माहोललाई मत्थर पार्न वार्ताको ढोंग गरेको हो’ भन्ने नेताहरु पनि हुनुहुन्छ । यतिबेलासम्म आइपुग्दा उहाँहरुको त्यही भनाइ चाहिँ सही रहेछ जस्तो लाग्दैन ? मैले हिजो (शनिबार) को बालुवाटार बैठकमा त्यही कुरा राखें । तपाईंहरुको गतिविधिले आन्दोलनलाई कमजोर र शिथिल पार्न, यसभित्र विभाजन ल्याउन षड्यन्त्रस्वरुप वार्ताको कुरा गरिएको जस्तो देखियो । त्यसमा मुख्यतः एमालेको प्रस्तुतिले झनै प्रष्टै भयो भनें । यस विषयमा हामीले पनि ३० दलको मोर्चामा गम्भीर छलफल गरेका छौं । यसबाट झनै जनतालाई र कार्यकर्तालाई प्रशिक्षित गर्ने मौका मिल्छ । साथसाथै, मोर्चा मुलुकमा निकास दिन र जनताका एजेन्डा स्थापित गर्न दृढ छ भन्ने पुष्टि गर्न पनि सहयोग नै पुग्छ । सत्तारुढ दल जनताको मुद्धामा गम्भीर र जिम्मेवार बनेनन् भने जनता झन् ठूलो शक्तिका साथ आन्दोलन र विद्रोहमा उठ्छन् भन्ने विश्वास जागेको कुरा मैले बालुवाटार बैठकमा राखें । त्यसकारण दुई–चार दिन वार्ता गर्नेत्तित्तिकै कार्यकर्ता शिथिल भैहाल्छन् भन्ने होइन । यदि जनता शिथिल भए भने आन्दोलन नै हुँदैन । तर, नेपाली जनता जुझारुपनको अनुपम कीर्तिमान खडा गर्ने शक्ति हो । हिजोकै भ्रष्ट, प्रतिगामी, यथास्थितिवादी शक्ति कांग्रेस–एमाले जनतालाई मुठभेडतर्फ लैजान चाहन्छन् भन्ने जनताले बुझे भने १६ गतेकोभन्दा झन् ठूलो आन्दोलन हुन्छ भन्ने प्रष्ट छ । राजनीतिक दलहरुबीच विवादको मूल विषय संविधानको अन्तर्वस्तु नभई आपसी राजनीतिक खिचातानी चाहिँ हो भन्नेहरु पनि छन् नि ? यी दुवै विषय अन्तर्सम्बन्धित छन् । संविधानका अन्तर्वस्तुमा विवाद भनेको पनि राजनीतिक विवाद हो र राजनीतिक विवाद भनेको पनि अन्तर्वस्तुमा नै विवाद हो । अहिले मुख्य रुपमा दुई विषयमा विवाद हो– पहिलो, हिजो संविधानसभाका अन्तर्वस्तु जुन–जुन विषय हुन्छन् भनेर भनिएको हो, त्यसैलाई नमान्नु; दोस्रो, प्रक्रियाको विषय । संविधानसभाबाट संविधान बनाउने भनेको आन्दोनकारीहरुबीचको सहमतिले नै बनाउने हो । आन्दोलनकारीका बीचमा फाटो पारेर संविधान बनाउने प्रक्रियालाई संविधानसभा भनिँदैन, त्यो त ‘संसद’ मात्र हुन्छ । संसदमा त्यस्तो हुन सक्छ तर संविधानसभामा त्यस्तो हुन सक्दैन । त्यसकारण यो अन्तर्वस्तुको दृष्टिकोणले पनि र प्रक्रियाको दृष्टिकोणले पनि विवादको मुख्य केन्द हो । हामी हिजोका आन्दोलनकारी शक्तिहरुका बीचमा सहमतिमार्फत संविधान निर्माण गरिनुपर्छ भन्ने मत राख्दछौं । हिजोका सहमति–सम्झौताबाट दायाँबायाँ गर्नु भनेको जनताको अधिकारमाथि धावा बोल्नु हो । त्यही कुरा नै संविधानको अन्तर्वस्तुसँग गाँसिन्छ । माओवादी आन्दोलनभित्र एकताको पहल हुँदैछ, त्यसले चाहिँ कस्तो गति लिँदैछ त ? माओवादी पार्टी जसरी विभिन्न धारमा विभाजित हुन पुग्यो, त्यसले जनताका परिवर्तनका एजेन्डाहरु कतै त्यसै हराउने हुन् कि भन्ने चिन्ता जनतामा, कार्यकर्तामा, शुभचिन्तकहरुमा गहिरोगरी पर्न गएको छ । त्यति मात्र होइन, माओवादी आन्दोलनबाट आएका होनहार युवाहरु, नेता–कार्यकर्ताहरु सहरदेखि गाँउसम्म अपमानित हुनुपरेको छ । त्यसैले गर्दा हामीले र मुख्यतः किरणजी (नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’) ले पार्टीको तर्फबाट एकताको पहल गर्नुप¥यो । यो पहल माओवादी पार्टीलाई भावनात्मक रुपबाटै एकीकरण गरेर माओवादी आन्दोलनलाई नै पुनर्गठित गर्नुपर्छ भन्ने हेतुले अगाडि बढाइएको हो । माओवादी एउटा आन्दोलन र अभियान हो, यसलाई पुनर्गठित गर्नुपर्छ भनेर केही समयअघि नै निर्णय भइसकेको हो । त्यही प्रक्रियामा पटक–पटक औपचारिक–अनौपचारिक बैठक चल्दैआएका थिए । मलाई लाग्छ, आज (आइतबार) ठोस रुपमा एउटा पहल लिन म र किरणजी सहमत हुन्छौंहोला । अब यो मुलुकमा क्रान्तिकारीहरु, माओवादीहरु र माओवादी समर्थकहरुका निम्ति नयाँ आत्मविश्वास र नयाँ उत्साह पैदा हुने छ । हामी आजै एउटा अपिल सार्वजनिक गर्दैछौं, त्यसको मूल लक्ष्य माओवादी आन्दोलनको पुनर्गठन र माओवादीहरुको एकीकरणका निम्ति ठोस पहल गर्नु नै हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies