Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

नेपालमा लोकप्रिय हुँदै घुँडा र नितम्ब प्रत्यारोपण

\"doctor-apron\"काठमाडौंं । घुँडाको जोर्नी बिग्रिएर हिँड्न नसक्ने अवस्थाबाट छुटकारा पाउन गरिने प्रत्यारोपण उपचार नेपालमा लोकप्रिय हुँदै गएको छ । यस्तै नितम्बको प्रत्यारोपण गराउनेको सङ्ख्या पनि उत्तिकै बढेको छ । पहिले भारत र अन्य देशमा उपचारका लागि जाने नेपाली अहिले नेपालमै उपचार गराउन थालेको वरिष्ठ हाडजोर्नी नशा रोग विशेषज्ञ डा दीर्घराज आरसीले बताए । मीनभवनस्थित सिभिल अस्पतालमा तीन वर्षदेखि प्रत्यारोपण सञ्चालन भइरहेको छ । उनले भने — ‘हामीले सेवा सुरु भएको तीन वर्षको अवधिमा १०९ जनाको घुँडा तथा नितम्ब प्रत्यारोपण गरिसकेका छौँ । यहाँ सहरका भन्दा गाउँका मध्यम र निम्न वर्गीय मानिस उपचारका लागि आउने गरेका छन् ।’’ खिएको भागमा कृत्रिम जोर्नी प्रत्यारोपण गरेपछि त्यसले १० देखि ३० वर्षसम्म काम गर्छ । त्यसपछि दो¥याएर पनि कठिन र जटिल प्रक्रियाबाट संशोधन शल्यक्रिया गर्न मिल्ने डा आरसीको भनाइ छ । प्रत्यारोपण गरिएको जोर्नीले काम गर्न छोडेपछि त्यसलाई पुनःसंशोधन शल्यक्रिया ९रिभिजन अर्थोप्लास्टी० बाट काम लाग्ने बनाउन सकिन्छ । यसका लागि विशेष औंजार तथा सुविधालगायतका प्रक्रिया आवश्यक हुन्छ । विभिन्न कारणले जोर्नी बिग्रने, औषधिले काम नगर्ने तथा फिजियोथेरापीले पनि काम गर्न नसकेमा जोर्नी प्रत्यारोपण गराउनुपर्ने डा आरसीले बताए । शल्यक्रियाको माध्यमबाट बिग्रिएका जोर्नी पुनःस्थापना गर्ने प्रक्रियालाई ‘अर्थोप्लास्टी’ भनिन्छ । डा आरसीका अनुसार अर्थोप्लास्टिकका लागि उमेरको हदबन्दी हुँदैन । सिभिल अस्पतालमा जोर्नी प्रत्यारोपण गर्ने २१ देखि ८३ वर्ष उमेरसम्मका भएको उनको भनाईछ । उनले भने —‘अस्पतालमा आउँदा हिँड्नै नसक्ने अवस्थामा रहेका बिरामी प्रत्यारोपणपछि हिँड्नसक्ने भएर घर फर्कने गरेका छन् ।’’ प्रत्यारोपण गरेपछि पहिलेजस्तो कडा परिश्रम गर्न हुँदैन । पलेंटी मारेर बस्ने, टुक्रुक्क बस्ने, उर्फने, धेरै उकालो–ओरालो हिँड्ने, रुख चड्ने तथा शरीरलाई भार पार्ने खालका काम गर्न पनि हुँदैन । खानपिनमा ध्यान दिनुका साथै शरीरको तौल पनि नियन्त्रणमा राख्नुपर्ने चिकित्सकको भनाइ छ । अस्पतालका अनुसार जोर्नी प्रत्यारोपण गराउनेमध्ये ७० प्रतिशत उपत्यका बाहिरका छन् । तीमध्ये पनि धेरैजसो महिला छन् । नेपालमा सात वर्षअघि प्रारम्भ भएको यो सेवा काठमाडौँलगायत धरान तथा चितवनका अस्पतालमा पनि विस्तार भइसकको छ
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies