Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

तराईमा अत्याधिक बढ्यो गर्मी , जनजीवन अस्तव्यस्त

\"[ महेन्द्रनगर । धनुषासहित मध्य तथा पूर्वी तराईका जिल्लामा केही दिनदेखि बढेको प्रचण्ड गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । तापक्रम बढ्नुको साथै चल्ने तातो हावा, हुरी, धुलो सँगैसँगै ग्रामीण बस्तीमा आगलागीको जोखिम बढेको छ । तातो हावा हुरीकै कारण आँप, हरियो तरकारी खेती प्रभावित भएको छ । कामदारको दैनिकी कष्टकर बनेको छ । तातो हावाकै कारण दिउँसो बाहिर हिँडडुल गर्न गाह्रो भएको छ । एक्कासि मौसम परिवर्तन भई तापक्रम बढ्दा बालबालिका बिरामी हुन थालेका छन् । हावा हुरी उडाएको धुलोका कारण आँखा दुख्ने समस्या बढेको छ । तातो हावा, हुरीकै कारण बजार सुनसान देखिन थालेको छ । लगातारको तातो हावाले किसानको खेतमा रहेको लहरे तरकारी लौका, काक्रो र करेला सुक्न थालेको जिल्ला कृषि विकास कार्यालय धनुषाले जनाएको छ । पश्चिमबाट आउने तातो हावाले जमिन सुक्खा भएर लहरे तरकारी बाली उत्पादनमा ह्रास आउनुका साथै सुक्न थालेको हो । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय जनकपुरका अनुसार शुक्रबारको तापक्रम ४०।८ डिग्री मापन गरिएको छ । लामो समयदेखि पानी नपरेका कारण गर्मी बढ्दै गएको मौसम विभागको भनाइ छ । वैशाख महिनाको दोस्रो सातामै गर्मीको पारो ४० डिग्रीभन्दा माथि गइसकेकाले आगामी दिनमा तापक्रम अभैm बढी हुनसक्ने सम्भावना बढेको छ । वर्षा हुने सम्भावना थोरै रहेकाले आगामी दिनमा पनि गर्मीबाट राहत मिल्ने अवस्था नदेखिएको फिल्ड कार्यालयका प्राविधिक राजेन्द्र राउतले बताए । शैक्षिक सत्र सुरु भएको दुई साता नबित्दै प्रचण्ड गर्मी कारण विद्यालय जाने साना बालबालिकालाई निकै कठिनाइ भएको छ । कक्षा कोठामा झ्याल नभएको र विद्युत् भार कटौतीको कारण पङ्खासमेत नचल्ने भएकाले झनै समस्या बढेको छ । यता गर्मी बढेसँगै महिना दिनदेखि ग्रामीण क्षेत्रमा ठेउलाको प्रकोप देखा परेको छ । प्राथमिक स्वास्थ्य केन्द्र महेन्द्रनगरका सिनियर अहेव अशोक साहका अनुसार अस्पतालमा मात्र दैनिक पाँचदेखि सातजनासम्म यस्ता बिरामी आउने गरेका छन् । सुरुमा जीउ र टाउको दुख्ने, ज्वरो आउने, शरीरभरि रातो फोका आउने र पछि पाकेर दुख्ने लक्षण देखिएको छ । ठेउलाबाट सबैभन्दा बढी पाँच वर्षमुनिका बालबालिका सङ्क्रमित भएको अस्पतालले जनाएको छ । सङ्क्रमण भएपछि बिरामीले खाना नरुचाउने, पानीसमेत निल्न गाह्रो हुने, फोका पाकेपछि चिलाउने पोल्ने लक्षणका कारण बिरामीले सास्ती पाउने गरेका छन् । डा वसन्त साहका अनुसार ठेउलाको सङ्क्रमण भेरिसेला जोस्टर नामक भाइरसको कारण देखा परेको हो । श्वासप्रश्वासको माध्यमदेखि रोगीसँगको संसर्गबाट समेत रोग फैलने हुँदा यसले प्रकोपको रुप लिएको डा साहले बताए । अहिले बाहिर निस्किँदा छाता प्रयोग गर्नुपर्ने, चिसो पानी प्रसस्त पिउनु पर्ने र चिसो फलफूल मेवा, उखु, तरभुजा, काँक्रा आदिको सेवन अत्यधिक गर्नुपर्ने डा साहले सल्लाह दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies