Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

पञ्चासे क्षेत्रमा भीषण आगलागी, अझै नियन्त्रणमा आउन सकेन

\"aagalagi\"पर्वत । प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल पञ्चासे क्षेत्रमा भीषण आगलागी भएको छ । पर्वत कास्की र स्याङ्जाको सङ्गमस्थल तथा जैविक विविधताले भरिपूर्ण मानिने पञ्चासे संरक्षित वनमा बिहीबार रातिदेखि भीषण आगलागी भएको हो । उक्त आगो अहिलेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । आगलागीका कारण उक्त क्षेत्रमा पाइने लोपोन्मुख जडीबुटी, तथा जनावर सङ्कटमा पर्ने खतरा बढेको छ । पाँच हजार ५०० हेक्टरमा फैलिएको वनमा डढेलो लागेको हो । डढेलोबाट पञ्चासे वन क्षेत्रमा पाइने १२ प्रकारका वन, १५० प्रकारका औषधिजन्य बोट, ११३ प्रजातिका सुनगाभा, आठ प्रकारका रेशादार वनस्पति, ५८९ प्रकारका फूल फुल्ने वनस्पतिलगायतका अमूल्य वनस्पति र जङ्गली जनावर तथा चराचुरुङ्गीसमेत जोखीममा परेका छन् । आगो निभाउनका लागि पर्वतस्थित नेपाली सेना, सशस्त्र प्रहरी बल र डिमुवा प्रहरी चौकीका प्रहरीको टोली निरन्तर खटिएको भए पनि नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । नजिकमा पानीको स्रोत नभएको र भएका मूलसमेत खडेरीका कारण सुकेकाले आगो नियन्त्रणमा लिन समस्या सिर्जना भएको प्रहरीले जनाएको छ । आगो निभाउन गएको राम्जाका स्थानीय रविन गुरुङ गम्भीर घाइते भएका छन् । उनको टाउकोमा गम्भीर चोट लागेकाले पोखरा मणिपाल अस्पतालमा शुक्रबार राति शल्यक्रिया सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । त्यस्तै जिल्लाको सबैभन्दा उचाइमा रहेको कालान्जर पर्वतको नामले परिचित हम्पाल लेकको फेदीमा समेत आगलागी भएको छ । गएरातिदेखि आगलागी भएको स्थानीयले जानकारी दिएका छन् । क्याङ गाविस–९ देखि सल्किएको आगो माथिसम्मै फैलिएको स्थानीय नरसिंह पुनले जानकारी दिए । स्थानीयको पहलमा आगो निभाउने प्रयास भए पनि आगो नियन्त्रण बाहिर गएको उनले भने । यता भँगरा गाविसमा लागेको आगो भने नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । यस वर्ष पर्वतका ५० भन्दाभन्दा बढी क्षेत्रमा आगलागी भएको आगलागीका कारण खुल्न नसकेको सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष किशोर सापकोटाले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies