Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

विश्वका माओवादीहरुको अपिलमा ओलीको हस्ताक्षर

\"Maoist\"काठमाडौं । मे १ अर्थात अन्तर्राष्ट्रिय मजदुर दिवस आइतबार विश्वका मजदुरहरुले मनाउँदैछन् । अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । मजदुर दिवसका सन्दर्भमा माओवादीसहित विभिन्न राजनीतिक दलहरुले पनि विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । मे दिवसकै सन्दर्भमा विश्वका माओवादी पार्टीहरुले संयुक्त अपिल जारी गरेका छन् । चिनियाँ सांस्कृतिक क्रान्तिको ५० औं वर्षगाँठसँग जोडेर विश्वब्यापी रुपमा मे दिवस मनाउन ३० राष्ट्रका माओवादीहरुको हस्ताक्षर छ । माओवादलाई मार्ग निर्देशक सिद्धान्तका रूपमा आत्मसात गरेर विश्वका माओवादीहरूको नयाँ केन्द्र निर्माणमा अघि बढौँ भन्ने सन्देशसहितको अपिलमा एकीकृत नेकपा माओवादी छाडेर हेमन्तप्रकाश ओलीले गठन गरेको कम्युनिष्ट न्युक्लियस नेपालको हस्ताक्षर छ । उक्त अपिलमा भारतीय कम्युनिष्ट पार्टी माओवादीदेखि पेरुदेखि बोलिभिया, श्रीलंका, क्यानाडा जर्मनीसम्मका ३० पार्टीका नेताहरुले हस्ताक्षर गरेका छन् । नेपालका अन्य माओवादी नेताहरुको भने उक्त अपिलपमा हस्ताक्षर छैन । यी हुन् हस्ताक्षरकर्ताहरू १. कलेक्टिभ अफ इरानियन माओइस्ट्स २.कमिटी ब्युल्डिङ दि माओइस्ट कम्युनिस्ट पार्टी गालिसिया, स्पेनिस स्टेट ३.कमिटिज फर दि फाउन्डिङ अफ दि (माओइस्ट) कम्युनिस्ट पार्टी, अस्ट्रिया ४. कम्युनिस्ट न्युक्लिअस, नेपाल ५. कम्युनिस्ट (माओइस्ट) पार्टी अफ अफ्गानिस्तान ६.कम्युनिस्ट मुभमेन्ट अफ सर्बिया ७. कम्युनिस्ट पार्टी अफ ब्राजिल रेड फ्याक्सन—सिपिबी (आरएफ) ८. कम्युनिस्ट पार्टी अफ इक्वेडर रेड सन—सिपिइ (आरएस) ९. कम्युनिस्ट पार्टी अफ इन्डिया (माओइस्ट) १०.कम्युनिस्ट पार्टी अफ टर्की/माक्र्सिस्ट–लेनिनिस्ट—टिकेपी/एमएल) ११ डेमोक्रेसी एन्ड क्लास स्ट्रगल, ब्रिटिस स्टेट १२ . ग्रेट अनरेस्ट डब्ल्युएसआरएम, वेल्स ब्रिटिस स्टेट १३. माओइस्ट कम्युनिस्ट ग्रुप, युयसए १४. माओइस्ट कम्युनिस्ट मुभमेन्ट, ट्युनिसिया १५. माओइस्ट कम्युनिस्ट पार्टी, फ्रान्स १६. माओइस्ट कम्युनिस्ट पार्टी, इटाली १७. माओइस्ट कम्युनिस्ट पार्टी, मणिपुर १८. माओइस्ट रिभोल्युस्नरी लिग, श्री लङ्का १९.माक्र्सिस्ट–लेनिनिस्ट–माओइस्ट पार्टी कन्सट्रक्सन कमिटी (जर्मनी) यमयलयम–पिएके २०. नेटवर्क कम्युनिस्ट ब्लग्स् २१. पेरू पिपुल्स मुभमेन्ट (कमिटी फर रिअर्गनाइजिङ) २२.रेड फ्र्याक्सन अफ कम्युनिस्ट पार्टी अफ चिली— आरएफसिपिसी—पिपियम (सिआर) २३. रिभोल्युस्नरी कम्युनिस्ट पार्टी (पिसिआर–आरसिपी, क्यानडा) २४.सर्भ दि पिपुल—कम्युनिस्ट लिग अफ नर्वे २५. सर्भरले पिपुले—सेसासु सोरेल—ओसिटानी–फ्रेन्च स्टेट २६.वर्कस् भ्वाइस, मलेसिया २७. क्लासेनस्टान्ड पङक्ट, क्लास पोजिसन, जर्मनी २८. माओइस्ट ग्रुप, सौरेस—इरान (एमजियस) २९. रिभोल्युसनरी पिपुल्स फ्रन्ट अफ बोलिभिया—यमयलयम ३०.माओइस्ट अर्गनाइजेसन फर दि रिकन्स्टिच्युसन अफ दि कम्युनिस्ट पार्टी अफ कोलम्बिया
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies