Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

सरकार फेर्ने निर्णय पुर्नविचार गर्न प्रचण्डलाई कमल थापाको आग्रह

\"kamal-thapa-462x330\"हेटौँडा । उपप्रधानमन्त्री तथा राप्रपा नेपाल का अध्यक्ष कमल थापाले वर्तमान सरकारको विकल्प खोज्नुअघि एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ’ले पुनः विचार गर्नुपर्ने बताएका छन् । मिडिया नेपाल मकवानपुरले बुधबार हेटौँडामा आयोजना गरेको पत्रकारसम्मेलनमा बोल्दै अध्यक्ष थापाले भने, ‘‘सरकार परिवर्तन गर्दा राष्ट्रियता कमजोर हुने, राजनीतिक अस्थिरता बढ्दै जाने तथा संविधान कार्यान्वयन कठिन र जटिल हुँदै जाने भएकाले यसमा पुनः विचार गर्न आग्रह गर्दछु ।’’ अध्यक्ष थापाले वैशाख १२ गतेको भूकम्प, असोज ३ गतेको संविधान जारीपछि मधेस आन्दोलन, भारतद्वारा अघोषित नाकाबन्दीजस्ता विषम परिस्थितिमा पुनःनिर्माण गर्नुपर्ने दायित्वका बीच राष्ट्रियताको जगमा अडेको वर्तमान सरकारले आर्थिक विकास र पुनःनिर्माणको काम अघि बढाउने अवस्थामा प्रचण्डले आफ्नो दल सहभागी भएको सरकारले ठोस काम गर्न नसकेको र सरकारको विकल्प खोज्नुपर्ने वक्तव्य निकाल्नु अप्रत्याशित र अनपेक्षित रहेको बताए । उनले एक प्रश्नको उत्तरमा वर्तमान सरकार गठन गर्नुअघि जुन बहिरी शक्तिको चलखेलले अवरोध पु¥याएको थियो, त्यही शक्तिले हाल पुनः चलखेल गरेको आरोप लगाए । अध्यक्ष थापाले वर्तमान सरकारको ६ महिने कार्यकालमा भएका काम कारबाहीको जश अपजशको भागी हामी सबै हौँ भन्दै देशलाई अस्थिरताबाट जोगाई राष्ट्रिय एकता बलियो बनाएर संविधान कार्यान्वयन र आर्थिक उन्नतितर्फ हामी सबै लाग्नुपर्ने स्पष्ट पारे । उनले राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने बैठकले वर्तमान परिस्थितिको समीक्षा गरी पार्टीको धारणा सार्वजनिक गर्ने जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies