Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

सहमतिमा उल्लेख नभएको तर मुख्य सहमतिको अर्को बुँदा :ओलीले कार्यान्वयन गर्लान् कि नगर्लान् ?

\"oli_prachanda\"काठमाडौं । दुई दिनसम्म सत्ता फेरिने र जोडिने विषयले हलचल गराए पनि अन्ततः बिहीबार राती एमाले र एमाओवादीबीच ९ बुँदै सहमति भएको छ । सहमित गर्ने भनिएको १० औं नम्बरको बुँदा सार्वजनिक गरिएको सहमतिमा छैन । त्यो १० नं. को बुँदा सार्वजनिक गर्ने कि नगर्ने भन्नेमै एमाले र एमाओवादीका नेताहरुबिच लामो समय बहस चलेको बालुवाटारमा सहभागी एक नेताले बताए । १० औं नं. को तर मुख्य बुँदा भनेको बजेट लगत्तै ओलीले प्रधानमन्त्रीबाट राजिनामा दिने र एमालेको समर्थनमै एमाओवादीका अध्यक्ष पूस्पकमल दाहाल प्रचण्डको नेतृत्वमा राष्ट्रिय सरकारको पहल थाल्ने हो । बाहिर सार्वजनिक गरिएको सहमतिमा यो बुँदा नभएपनि आन्तरिक रुपमा सहमतिको मुख्य बुँदा नै यहि भएको एमालेका एक नेताले बताए । ति नेताका अनुसार दुई पार्टीका शिर्ष नेताहरुबिच बजेट लगत्तै ओलीले राजिनामा दिने भद्र सहमति भएको छ । तर एमाओवादीका अध्यक्ष प्रचण्डले आफु बहुमतिय सरकारको नेतृत्व नगर्ने तर सहमतिय सरकार निर्माणका लागी लागि पर्ने कुरा शिर्ष बैठकमै राखेका थिए । तर राष्ट्रिय सहमतिका लागी पहल थाल्ने भन्ने कुरा भने बुँदा नं. १ मा नै उल्लेख गरिएको छ । के छ दूई दलबिच भएको ९ बुँदे सहमतिमा १। संविधानको कार्यान्वयन र सामाजिक आर्थिक रुपान्तरणका निम्ति अनूकुल वातावरण सिर्जना गर्नको लागि राष्ट्रिय सहमतिका लागि पहल गर्ने । संविधान कार्यान्वयनका लागि आवश्यक नीतिगत तथा संरचनागत कार्य प्रभावकारी रुपमा अगाडि बढाउने । २। संघीयता लगायतका विषयमा तराई मधेस केन्द्रितसमेतका राजनीतिक दलहरुले उठाएका विषयलाई राजनीतिक सहमतिका आधारमा टुंगो लगाउने । ३। विस्तृत शान्ति सम्झौताको मर्मअनुरुप संक्रमणकालीन न्याय सम्बन्धी कार्य गर्न ठोस कार्यतालिकासहित १५ दिन भित्र कानुन संशोधन लगायतका प्रकिया अगाडि बढाउने । ४। सहीद तथा वेपत्ता परिवारलाई यसअघिका मन्त्रिपरिषदले गरेका निर्णय अनुरुप राहत प्रदान गर्ने । ५। द्वन्द्वकालमा घरासयी कागजका आधारमा खरीद विक्री गरिएका जग्गाको स्वामित्वलाई निश्चित प्रमाणका आधारमा रजिष्ट्रेशन गर्ने । ६। सशस्त्र द्वन्द्व तथा जनआन्दोलनका बेला घाइते भएकाहरुको उपचार, संरक्षण र जिविकोपार्जनका लागि उचित व्यवस्था गर्ने । वगरीकरण गरिएका घाइतेहरुको उपचारका लागि लागि गरिएको व्यवस्थामा आवश्यक वृद्धि गर्ने ७। सशस्त्र द्वन्द्वकाल र विभिन्न समयमा राजनीतिक कारणले लगाइएका मुद्दाहरु फिर्ता, माफी मिनाहाको प्रक्रिया अविलम्ब अगाडि बढाउने । ८। राजनीतिक वा प्रशासनिक नियुक्ति, सरकारका महत्वपू्रर्ण निर्णय लगायत सरकार सञ्चालनका सम्बन्धित महत्वपूर्ण निर्णयहरु गर्दा राजनीतिक दलका प्रमुख नेताहरुका वीचमा सम्वाद र सहमति कायम गर्ने । यसअगाडि भएका सहमतिहरु तत्काल कार्यान्वयन गर्ने । ९। भूकम्पपछिको पुनर्निर्माण कार्यलाई द्रुत गतिमा अगाडि बढाउने । त्यसका लागि स्वयंसेवक परिचालनसहितको राष्ट्रिय अभियान सञ्चालन गर्ने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies