Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

मातातीर्थमा आमाको मुख हेर्ने दर्शनार्थीको भीड

\"cfdfsf] काठमाडौं। वैशाख कृष्ण औँसीका दिन आमाको मुख हेर्ने मेलामा बिहानैदेखि भक्तजनको भीड लागेको छ । आजका दिन काठमाडौँको उत्तरपूर्वी भेगस्थित चन्द्रागिरि नगरपालिका वडा नं ९ मातातीर्थमा आई धारामा स्नान गरेर कुण्डमा हेरेमा दिवङ्गत आमाका सन्ततिले मुख देख्ने जनविश्वास छ । द्वापर युगमा गाई चराउन गोठालो आएका ग्वालाले खाजाका लागि ल्याएको रोटी कुण्डमा खसेपछि हेर्दा दिवङ्गत आमाको मुख देखेर रुन थालेका थिए । संयोगले त्यो दिन वैशाख कृष्ण औँसीको दिन परेको थियो । कुण्डमा देखिएकी आमाले ती ग्वालालाई नरोऊ प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन हामी दिवङ्गत माताहरु यहाँ आउँछौँ भनेपछि त्यसैबेलादेखि मेला लाग्न थालेको मातातीर्थ संरक्षण तथा विकास समितिका सल्लाहकार भाइकृष्ण बलामीले जानकारी दिए । बिहान २ बजेदेखि देशका विभिन्न भागबाट आएका दर्शनार्थीले मातातीर्थको धारामा स्नान गरी माताको मन्दिरमा पूजा गरेर कुण्डमा दिवङ्गत आमाको मुख हेर्ने गर्दछन् । आमाको मुख हेर्ने कुण्डमा दर्शनार्थीले चढाएको फूल र प्रसादले ढाकेको छ । गोरखाबाट आमाको मुख हेर्न मातातीर्थ आएका श्यामकृष्ण वाग्ले पानी नभएका कारण धारामा स्नान गर्न नसकेको, मुख हेर्ने कुण्डको पानी धमिलो भएको र फूलैफूलले ढाकेकाले केही देख्न नसकिएको गुनासो गर्छन् । वर्षमा एकदिन आजै भव्य मेला लाग्ने प्रसिद्ध स्थल भइकन पनि सम्बन्धित निकायले व्यवस्थापन गर्न नसक्दा अप्ठ्यारो भएको तीर्थयात्रीको गुनासो छ । समितिका अध्यक्ष शान्त उदास गत वर्ष वैशाख १२ गतेको भूकम्प र लामो खडेरीले यस क्षेत्रको पानीको मूल सुकेपछि स्नानका लागि धारामा कम पानी आएको बतउँछन् । “धार्मिक पर्यटकीय स्थल भए पनि सम्बन्धित सरकारी निकायको बेवास्ताका कारण यो स्थल छायाँमा परेको छ, हामी स्थानीयवासीको पहलमा व्यवस्थित गर्ने प्रयास गरेका छौँ” –उनले भने । गत वर्षसम्मका औँसीमा यस स्थलका धारामा पानी आए पनि यस वर्ष पानी नआउँदा मेला सञ्चालन गर्न कठिन भएको समितिको भनाइ छ । गत वर्षको औँसीमा चार लाख दर्शनार्थी आएकामा यस वर्ष पाँच लाख आउने अनुमान गरिएको छ । मातातीर्थमा दिवङ्गत आमाको सम्झनामा तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गर्ने दर्शनार्थीको समेत भीड लागेको छ । आज यहाँ आई आमाको नाममा सङ्कल्प गरेर श्राद्ध गरेमा कहिल्यै नाश नहुने पुण्य प्राप्त भई दिवङ्गत माता खुसी हुने शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । आमा जीवित हुने सन्ततिले भने मीठो खान, लगाउन दिई श्रद्धाभक्तिसाथ सम्मान गर्ने परम्परा छ । ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि प्यारा हुन्छन् भने जस्तै हरेक नेपालीले आज जन्मदिने आमाप्रति कृतज्ञता ज्ञापन गर्दछन् । यस पर्वमा विशेष गरी विवाह गरेर घर गएका छोरी माइत फर्की आमाको साथमा बस्ने गर्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies