Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

सातापछि चिनी उद्योगमा लगाइएको ताला खुल्यो

\"tala\"नवलपरासी । चिनी उद्योगले किसानलाई उखुको रकम लिएबापत भुक्तानी नगरेको भन्दै एकसाता अघि नवलपरासीको इन्दिरा सुगर मिलमा लगाइएको ताला शनिबार खुलेको छ । किसान, किसान प्रतिनिधि र उद्योग सञ्चालकबीच शुक्रबार भएको त्रिपक्षीय वार्ता सहमतिमा पुगेपछि उद्योगमा लगाइएको ताला खोलिएको हो । सो क्रममा तत्काल सूचना प्रकाशन गरी क्रमशः किसानलाई रकम भुक्तानी दिनेलगायत तीनबँुदे सहमति भएको उखु उत्पादक किसान समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले बताए । लामो समयबाट उखुको भुक्तानी नदिएको भन्दै इन्दिरा सुगर मिल गङ्गापुर र त्यस्को स्वामित्वमा रहेको त्रिपुरेश्वर कन्डक्टर उद्योगमा उखु किसान र उखु उत्पादक किसान समितिको अगुवाइमा एक साताअघि ताला लगाएका थिए । मिलबाट भुक्तानी गर्न बाँकी रहेको रकम रु पाँच करोड ४९ लाख वैशाख २६ गतेवाट भुक्तानी गर्न सुरु गर्ने र असार ५ गतेभित्रै भुक्तानी पूरा गर्ने, नेपाल सरकारबाट प्राप्त प्रति क्विन्टल रु दुई हजार ५०० को अनुदान प्राप्त गर्नका लागि मिलले जिल्ला कृषि विकास कार्यालयलाई उखु किसानको वितरित विवरण कार्यालयमा बुझाउने र किसानले बेलाटारीमा उखु किसान समितिको भवन निर्माणका लागि मिलले प्रति क्विन्टल एक रुपैयाको दरले काटेको रकम १५ दिनभित्रै समितिलाई बुझाउने सहमति भएको समितिका अध्यक्ष यादवले बताए । यसबाहेक नवलपरासीमानै लुम्बिनी चिनी उद्योगसँग गत वर्षको रु ६० लाखदेखि ७० लाख र यस बर्षको रु ५ करोड ३० लाख गरी करिब ६ करोड र बागमती खाडसारीले अघिल्लो बर्षको भुक्तानी गरेपनि यस बर्षको करिब रु ६ करोड बक्यौता रकम किसानहरुले लिन बाकी रहेको उखु कर्षक समितिले जनाएको छ । जिल्लामा करिब १४ हजार घरपरिवार उखु खेती गर्ने गरेका उखु उत्पादक कृषक समितिको तथ्याङ्क रहेको छ । जिल्लाको कुल साढे सात हजार हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएको छ । जिल्लामा वार्षिक २० देखि २५ लाख क्विन्टल उखु उत्पादन हुँदै आएको छ । जिल्लामा चार वटा चिनी मिल उद्योग छ र करिब ५० भन्दा बढी साना क्रसर ९भेली० उद्योग छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies