Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

माओवादी एकता र चुनौती

लामो समयसम्मको बहस र छलफलपछि अन्ततः राजनीतिक विकासक्रमसँगै विभाजित माओवादीहरु एकै ठाउँमा उभिएका छन् । माओवादी पार्टीले विभिन्न समयमा उठाएका मुद्दाहरु क्रमशः कमजोर बन्दै गएपछि त्यसलाई जोगाउन र माओवादी आन्दोलनलाई बलियो बनाउन माओवादीहरुले एकताको लागि लिएको पहलकदमीले कार्यकर्तामा खुशी छाएको छ । विहीबार माओवादी पार्टीहरुबीच एकीकरण हुने खबरले कतिपय संशकित छन् भने कतिपय खुशी छन् । राजनीतिमा एक पक्ष बलियो हुँदा अर्को पक्ष संशकित हुनुलाई हामीले अन्यथा लिनु हुँदैन । एक हिसाबले भन्ने हो अब माआवादी पार्टी बलियो हुँदैछ । तर यतिबेला संशकित पक्षले बलियो भूमिका निभाउँदै एकताको माहौलमा हौसिनेहरुलाई फसाउन नसकिएला भन्न सकिन्न । तसर्थ यतिबेला माओवादी नेतृत्व सचेत हुन जरुरी छ । [caption id=\"attachment_71101\" align=\"alignleft\" width=\"285\"]\"बुद्धलोप्चन\" बुद्धलोप्चन[/caption] विगतमा नेतृत्वप्रति असन्तुष्टि जनाउँदै माओवादी पार्टी टुक्राटुक्रामा विभाजित हुँदा ताली बजाएर चिया पसलमा गफको विषयवस्तु बनाउनेहरु यतिबेला एकताको खबरले संशकित र चिन्तित छन् । फुटेका माओवादी एक हुनै सक्दैनन् भनेर दावी गरेकाहरु आज चकित छन् । विभिन्न बखेडा झिकाई पार्टी फुटाउने देशी विदेशी शक्तिहरु आश्चर्यमा छन् । त्यति मात्रै होइन एकताको खबरले अन्य राजनैतिक दलका नेताहरु पनि संशकित छन् । पहिलो संविधानसभामा मिलेर चुनावमा जाँदा पहिलो दल बनेका माओवादी दोस्रो संविधानसभाको निर्वाचनमा तेस्रो दल बन्यो । जतिबेला मोहन वैद्य (किरण) नेतृत्वको पार्टी औपचारिक रुपमा विभाजन भइसकेको थियो । त्यसको क्षति निश्चय पनि माओवादी र त्यसका नेतृत्वकर्ता पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको एमाओवादीले व्यहोर्नुप¥यो । र त्यसैको आवरणमा अन्य राजनैतिक दलले फाइदा उठायो । हो, आज तिनै फाइदा लिएका राजनैतिक दलहरु संशकित छन्, यसलाई सिंगो माओवादी नेतृत्वले स्वभाविक प्रक्रियाको रुपमा लिनुपर्दछ । प्रचण्ड नेतृत्वको एमाओवादी, रामबहादुर थापा (बादल) नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), मणि थापा नेतृत्वको नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टी एक हुँदै गर्दा कार्यकर्ताको मनमा हजारौँ प्रश्न उब्जिएको छ । दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा माओवादी उठाएका एजेण्डा र मुद्दाहरु पार्टी विभाजित हुँदा क्रमशः कमजोर बन्दै गएको अवस्थामा त्यतिबेलाका नेतृत्वहरु एक भएको बेला कार्यकर्ताको मनमा प्रश्न उब्जिनु अस्वभाविक होइन ।
एकताको सन्देशले कार्यकर्तामा आशा त पलाएको छ नै यससँगै मनमा उब्जिएका हजारौँ प्रश्नसँग जोडिएर उनीहरु निरास पनि छन् । एकता प्रक्रियामा वैद्य किन छुटे ? विप्लव किन आएनन् ? एकतापछि पूरा हुन्छ त जनताको सपना ? यी प्रश्नहरुले कार्यकर्ताको मनमा खुल्दुली ल्याएको छ ।
एकताको सन्देशले कार्यकर्तामा आशा त पलाएको छ नै यससँगै मनमा उब्जिएका हजारौँ प्रश्नसँग जोडिएर उनीहरु निरास पनि छन् । एकता प्रक्रियामा वैद्य किन छुटे ? विप्लव किन आएनन् ? एकतापछि पूरा हुन्छ त जनताको सपना ? यी प्रश्नहरुले कार्यकर्ताको मनमा खुल्दुली ल्याएको छ । जनयुद्धमा त्यतिबेला कमाण्डर प्रचण्डलाई नजिकबाट सहयोग गरेका दार्शनिक क्षेत्रमा अब्बल नेता वैद्य एकता प्रक्रियाबाट छुट्दा हजारौँ कार्यकर्ता निरास छन् । यी निरास र प्रश्नै प्रश्नको चाङभित्र रहेर आज कार्यकर्ताले माओवादीबीचको एकतालाई स्वीकार्न बाध्य छन् । माओवादी कार्यकर्ता वैद्य मात्रै होइनन्, नयाँ शक्तिमा लागेका बाबुरामलाईसँगै देख्न चाहन्छन् । जनयुद्धका क्रममा भएका घाइते, अपाङ्ग, शहिद परिवार, वेपत्ता परिवारका सदस्यले जनयुद्धका नेतृत्वकर्ता वैद्य, बाबुराम, प्रचण्ड अनि बादलसँगै भएको देख्न चाहन्छन् तर आज त्यो किन भएन ? प्रश्न निरन्तर उठिरहन्छ । समयको विस्तारक्रमसँगै राजनैतिक नेतृत्वमा बिमत्ति आउनु अस्वभाविक होइन । पार्टीको रणनीति र कार्यदिशामा असन्तुष्टि जनाउँदै पार्टी विभाजनसम्म पुगेका वैद्यलाई आज एकतामा किन ल्याउन सकेनन् ? यही प्रश्नले कार्यकर्तामा निराशापन ल्याएको छ । \"Baburam_and_prachanda\"वैद्यकै नेतृत्वमा पार्टी फुटाएर गएका बादल आज एकतामा आएका छन् । सिङ्गो पार्टीको नेतृत्व उसैले गरेका छन् । बादल र प्रचण्डबीचमा असहमतिका विषयमा कुरा मिलेको छ तर वैद्यसँग किन मिलेन ? एकतामा वैद्यलाई सहभागी हुनुपथ्र्यो र हुनुपर्छ भन्ने कार्यकर्ताको अन्तिमसम्मको मान्यता हो । तर पुरानै डम्फु बजाएर पुरानै भाकाको गीतलाई दोहो¥याउँदै त्यसमा तलमाथि गरी सहमतिमा आउन चाहँदैन भने उसलाई ल्याउनैपर्छ भन्ने कुनै जरुरत छैन । सवाल यति हो, कार्यकर्ता प्रचण्ड, वैद्य, बाबुराम र बादलसँगै भएको देख्न चाहन्छन् । संविधानलाई हेर्ने दृष्ट्रिकोण र जनवादी क्रान्ति या समाजवादी क्रान्ति भन्ने विषयमा अन्तिमसम्म वैद्यको मतभेद रह्यो । बल्लबल्ल संविधानलाई हेर्ने दृष्ट्रिकोणमा सहमति त ल्याइयो तर जनवादी क्रान्तिको विषयमा वैद्य एक इन्च पनि तलमाथी हुन चाहेनन् । बरु बादल त्यसमा लचकता अपनाउँदै जनवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको कार्यदिशालाई स्वीकार्न तयार भए । वैद्यले पनि यही आधारलाई टेकेर एकतामा आएको भए के हुन्थ्यो ? वैद्यमाथि कार्यकर्ताले प्रश्न सोधिरहेका छन् ?
माओवादी एकता भएसँगै माओवादीमाथि चुनौती थपिएको छ । हिजो जनयुद्धका क्रममा उसले गरेको बाचा र बाँडेका सपना पुरा गर्ने बाटोमा अब माओवादी अघि बढ्नुपर्छ । किनकी तिनै सपनाकोपछि दौडिएर घाइते, अपाङ्ग, शहिद र वेपत्ता भएका परिवारका सदस्यहरुको चाहना पनि यही हो ।
गल्ती कसको ? एकतामा ल्याउन नसक्नेको कि नआउनेको ? यसको जवाफ समयले देला । तर जवाफ नआएसम्म कार्यकर्ताको प्रश्नको जवाफको प्रतिक्षाको घडी समाप्त हुने छैन । त्यसैले यतिबेला वैद्य कसैका ईशारामा चल्नुभन्दा एकतामा आएर थप बहस गर्नेतिर लाग्नुपथ्र्यो भन्ने सबैको चाहना थियो ।   माओवादी एकता भएसँगै माओवादीमाथि चुनौती थपिएको छ । हिजो जनयुद्धका क्रममा उसले गरेको बाचा र बाँडेका सपना पुरा गर्ने बाटोमा अब माओवादी अघि बढ्नुपर्छ । किनकी तिनै सपनाकोपछि दौडिएर घाइते, अपाङ्ग, शहिद र वेपत्ता भएका परिवारका सदस्यहरुको चाहना पनि यही हो । माओवादी विभाजित हुँदा पीडामा रुमिल्लिएका जनतामा पलाएको आशा र खुशीलाई माओवादीले मर्न दिनुहुन्न । \"Maoist-Leader-unity\"कमजोर बन्दै गएको माओवादी आन्दोलनलाई पुन ः जगाउँदै संगठन विस्तार र जनचेतना अभिवृद्धिमा माओवादी अग्रसर हुन जरुरी छ । शान्तिपूर्ण राजनीतिका एक दशकभित्र उसले बोकेका एजेण्डाहरुलाई जसरी माटोमा मिसाइएको छ, त्यसमाथी जनतालाई थप सुसुचित र प्रष्ट पार्नु माओवादी नेतृत्को पहिलो दायित्व भएको छ । दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा भएका घटनालाई ब्युँताउँदै माओवादीका साधारण सदस्यदेखि उच्च तहका नेतासम्मलाई लगाइएका आरोप र जेल हाल्ने तयारीका विरुद्धमा एक भएर लड्नु चुनौतीका रुपमा अगाडि खडा भएको छ । यसमा बाबुराम, विप्लव र वैद्यलाई पनि साथमा लिएर जानुको विकल्प छैन । माओवादी शक्ति कमजोर भएको मौका छोपी उनीहरुलाई विभिन्न आरोप र दोष लगाई बनाएको षड्यन्त्रपूर्ण ढंगले प्रतिगामी शक्तिले रचेको योजनालाई भत्काउन र माओवादी आन्दोलनलाई थप अग्रपंक्तिमा ल्याउन एकतामा आएका नेतृत्वले अहम् भूमिका निभाउनुपर्छ । माओवादीबीचको ऐतिहासिक एकता कुनै कथा र इतिहासको पानामा सीमित नहोस् । अर्थात एकता वास्तविकतामा होस् । किनकी वास्तविकतामा भएको एकताले मात्रै सच्चा कार्यकर्ताको दुखेको मनमा मल्हम लगाउन सक्छ । शहिद, अपाङ्ग, घाइते र वेपत्ता परिवारको सपना पूरा हुन सक्छ । \"maoist_yakata\" त्यसैले माओवादी नेतृत्वहरु अब हिजो बोकेका एजेण्डा स्थापित गराउनुका साथै माओवादीप्रति जनतामा परेको भ्रम चिर्न अग्रसर हुनुपर्दछ । तसर्थ एकतापछि माओवादी कुनै सत्ता वा पैसाको लोभमा फस्नु हुन्न । माओवादीले बोकेका जनताको हजारौँ सपना र एजेण्डालाई वास्तविकतामा परिणत गराउन लागि पर्नुपर्छ । माओवादी एकताले सबै कार्यकर्ता र जनताको सपना पूरा गर्न सक्नुपर्दछ । buddhalopchan4@gmail.com
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies