Ntc summer Offer
Khabar Dabali ८ जेष्ठ २०८१ मंगलवार | 21st May, 2024 Tue
NIMB

माओवादी केन्द्रको एकतापछि उल्झन : पार्टी छाड्ने धम्कीदेखि अबिरमाला सम्म

\"unity\"काठमाडौं । १० वटा साना ठुला समुह र पार्टीहरुको एकता पश्चात बनेको नेकपा माओवादी केन्द्र अहिले जिम्मेवारी थपघट र बाँडफाँडको उल्झनमा परेको छ । आफ्नै कार्यकर्ताबाट आयोजक समिति जम्बो बनाएको भन्दै आलोचना खेपिरहेको माओवादी केन्द्रले अहिले केन्द्रिय पदाधिकारी र थप गर्नुपर्ने आयोजक समितिको नाम टुङ्ग्याउन नसक्ने उल्झनमा फसेको हो । गत जेठ ६ गते एकता घोषणा गरेको केन्द्रले ६९९ सदस्यिय आयोजक समिति रहने र केन्द्रमा उपमहासचिवको व्यावस्थ गर्ने भनेर नीतिगत निर्णय गरेको भएपनि पदाधिकारी र थप गर्ने संख्या आज आइतबार बस्ने बनेको बैठकसम्म टुङग्याउन सकेको छैन । तर माओवादी केन्द्रका नेताहरु भने संगठनात्मक अप्ठ्यारा मिल्दै जाने र मिलाउन सक्ने आत्मविश्वासी देखिन्छन् । उनीहरु नयाँ गर्दा केही समस्या आउने भएपनि प्रक्रियामा हल गर्दै जाने र माओवादी केन्द्रलाई कम्युनिष्ट केन्द्र नै बनाउने बताउँछन् । एसिएम पनि सिसिएम भएर आए एकता प्रक्रियाको नेतृत्व गरेको तात्कालिन एमाओका केही नेता कार्यकर्ताले एकतामा आउने केही समुहका सदस्यहरु एरिया कमिटिका सदस्यसम्मका रहेका र अहिले केन्द्रिय आयोजक समितिमा परेको भन्दै चर्को असन्तुष्टी व्यक्त गर्न थालेका छन् । एमाओवादीका एक नेताले खबरडबलीसँग भने, –‘एकता आएका अनुहार हेर्दा विरक्ता लाग्छ । सारै जुनिएर र कारवाहीमा परेका समेत नेता भएर आए, मुलघरका नेता कार्यकर्ता ति भन्दा धेरै सिनियर छन् । यसले समस्या बनाउँछ । पदाधिकारी र थप्ने संख्या पनि टुगिंएन अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष गरी पाँच पोष्टका लागी यसअघि भएको व्यवस्था परिमार्जन गरेर उपमहासचिवको व्यवस्था सहित ६ पोष्ट सिर्जना गरेपनि पदाधिकारी निर्माण गर्न माओवादी केन्द्रले सकिरहेको छैन । माओवादी स्रोतका अनुसार एकताबाट आएका राम बहादुर थापा बादललाई उपाध्यक्ष बनाउने कि महासचिव बनाउने भन्नेबारे निर्णयमा पुगेको छैन भने बादललाई महासचिव बनाउँदा यसअघिका महासचिव कृष्णबहादुर महरालाई के गर्ने भन्ने प्रश्न आउँछ । देव गुरूङ, पम्फा भुषाल, मणी थापा तथा मातृका यादवलाई समेत समेटेर पदाधिकारी बनाउनुपर्ने वाध्यता छ भने एमाओवादीका पुराना सचिवहरु वर्षमान पून, टोपबहादुर रायमाझी, गिरिराजमणी पोखरेल र कोषध्यक्ष हरिबोल गजुरेल समेतलाई मिलाउनुपर्ने वाध्यता छ । अर्कोतिर एकता प्रक्रियामा सहभागी पूर्व केन्द्रिय सदस्यहरु बाहेक अन्य समुहले थप्नपर्ने सदस्य संख्या टुङ्याएको भनिएपनि पूर्व एमाओवादीले भने आफ्नो भागमा परेको थप्नुपर्ने सदस्य थप्न सकिरहेको छैन । सिमित संख्यामा थप्नुपर्ने र आकांक्षी धेरै भएपछि निर्णय गर्न कठिन भएको माओवादीका एक नेताले बताए । उनका अनुसार एकतामा सामेल अन्य समुहका जुनियर सदस्यहरु परेपछि पनि आकांक्षिहरु बढेका हुन् । केन्द्रले निर्णय नगर्दै अविरमाला देखि बधाई सम्म केन्द्रले पुराना एमाओवादीका केन्द्रिय सदस्यहरुलाई स्वत थप्ने व्यवस्था गरेको भएपनि झण्डै २ सयको संख्यामा थप्नुपर्ने सदस्यका बारेमा निर्णय नगर्दै सामाजिक संजालहरुमा केही माओवादीका नेताहरुले वधाई तथा शुभकामना पाईरहेका छन् । उनीहरु निर्णय नगर्दै कसरी परे भन्नेबारेमा माओवादी केन्द्रमा अहिले चर्चा छ । माओवादी नेता तथा कार्यकर्ताले केही नेताहरुको गलत रबैयाका कारण ‘तँ परिस्’ भनिदिएपछि यस्तो भएको हुनसक्ने बताएका मात्रै छैनन् आश्चार्य समेत मानेका छन् ।स्रोत भन्छ–केन्द्रमा नपर्दै केही जिल्लाहरुमा त अबिरमाला समेत भएको छ ।  बाहिर केही जिल्लाका केन्द्रमा परेका भनिएकाहरुले काठमाडौं पुग्नका लागी बस तथा प्लेनको टिकटसमेत लिइसकेका छन् । तर माओवादी केन्द्रका नेताहरु भने निर्णय नभएको र त्यक्तिकै भाइरल भएको बताउँछन् । नेता कार्यकर्ता भन्छन्–पालुङटार फर्क मुलघर एमाओवादीका नेता तथा कार्यकर्ताले जम्बो कमिटि बनाउँदा संगठनात्मक रुपमा भद्रगोलको अवस्था सिर्जना हुने भन्दै पालुङटार फर्कन भनेका छन् । पालुङटारमा सबै माओवादी एकाठाउँमा हुँदा जजसको हैसियत जे थियो सोही हैसियतमा फर्कदा कसैलाई बम्पर र कसैलाई पाखा नहुने उनीहरुको तर्क छ । यसरी माओवादी केन्द्रलाई कमिटि सानो बनाउनुपर्नेमा लविङ गरिरहेका पूर्वएमाओवादीका नेता कार्यकर्ताहरु माओवादी केन्द्रका अध्यक्ष पूस्पकमल दाहाल प्रचण्डकी छोरी तथा महिला संघ क्रन्तिकारीकी महासिचब रेणु दाहालदेखि माओवादीका अधिकांश युवा नेता छन् । मजदुरका अध्यक्ष शालिकग्राम जम्कटेल, काठमाडौंका अध्यक्ष हिमाल शर्मा, क्रान्तिकारीका अध्यक्ष रमेश मल्ल, उपाध्यक्ष रंजित तामाङ, वाईसिएलका उपाध्यक्ष युवराज दुल शरद, महासचिव रामप्रसाद सापकोटा दिपशिखा, युवा विद्यार्थी नेता उपराष्ट्रपति पुत्र दिपेश पुन, कृष्ण बहादुर महराका छोरा एटम लगायत देशभरका युवा नेताहरुले माओवादी केन्द्रका नेताहरुसँग पटकपटक आग्रह गर्दै आईरहेका छन् । यो अभियानमा प्रचण्डका छोरा प्रकाश दाहाल समेत उभिएका छन् ।  उनीहरुको तर्क छ, –संगठनात्मक भद्रगोलताले पार्टी बन्दैन । अहिलेको असन्तुलनले पार्टी बिर्गाछ । माओवादी केन्द्रको पहिलो बैठक पार्टी प्यालेसमा नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको पहिलो बैठक आइतबार बस्दै छ । जम्बो समिति भएकाले पार्टी कार्यालयमा ठाउँ अभावले पार्टी प्यालेसमा बैठक हुने भएको छ । माओवादी केन्द्र कार्यालयका मुख्यसचिव प्रह्लाद बुढाथोकीका अनुसार आयोजक समितिको पहिलो बैठक बत्तीसपुतलीस्थित अनुपमा फुडल्यान्ड एन्ड ब्यांकेटमा दिउँसो १ बजे बस्दै छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies