Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

ओलीभन्दा उपेन्द्र झनै चर्को

\"upendra\"काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जसरी मधेसवादी दलहरुलाई उत्तेजित पार्ने अभिब्यक्ति दिँदै आएका छन्, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता उपेन्द्र यादव त्यो भन्दा बढी चर्को देखिएका छन् । मधेस केन्द्रित आन्दोलनपछि आदिवासी जनजातिको साथ लिएर राजधानीमा आन्दोलन थालेको मोर्चालाई प्रधानमन्त्री ओलीले दुई चार जनाको तमासा बताएका थिए । आन्दोलनविरुद्ध प्रधानमन्त्री ओलीको अभिब्यक्तिको प्रतिवाद गर्दै मोर्चाका नेता यादवले ओलीकै कारण सहमति हुन नसकेको बताए । एमाले अध्यक्षसमेत रहेको ओली नेतृत्वको सरकारलाई यादवले नश्लवादी चिन्तनले ग्रस्त सरकार भएको टिप्पणी गरे । आइतबार रिपोटर्स क्लवको साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्री ओलीलाई उखान टुक्के प्रधानमन्त्रीको संज्ञा दिए । उखान टुक्काले मात्रै देश नचल्ने भन्दै उनले यस्तै उखान टुक् गरिरहे आन्दोलन अर्कै रुपमा जाने चेतावनी पनि दिए । ‘नश्लवादी चिन्तनले जर्मन टुक्रियो’ मोर्चाका मुख्य घटक संघीय समाजवादी फोरममा अध्यक्ष समेत रहेका यादवले आफूहरुको मागप्रति वेवास्ता गरिए आन्दोलन अर्कै ढंगले उठ्ने संकेत गरे । उनले नश्लवादी चिन्तनले जर्मन टुक्रिएको उदाहरण प्रस्तुत गरे । नश्लवादी चिन्तनकै कारण जर्मन दुई टुक्रा भएको र भारतलाई तीन टुक्रा बनाएको यादवको भनाइ थियो । अहिलेकै अवस्था रहिरहेमा ओली र उनको कम्पनीले नचिताएको हुनेसमेत यादवले चेतावनी दिए । आन्दोलनबाटै सरकार बर्खास्त गर्ने चेतावनी फोरम अध्यक्ष यादवले शान्तिपूर्ण आन्दोलनबाट आफूहरुको माग पूरा नभए कडा आन्दोलन गर्ने बताए । आफूहरुको आन्दोलनले जनआन्दोलनको रुप लिने र जनआन्दोनकै बलमा सरकारलाई बर्खास्त गर्ने उनले चेतावनी दिए । अब निर्णय गर्ने पालो सरकारको भएको उनले बताए । विगतमा मधेस आन्दोलनलाई राष्ट्रियता खण्डित गर्ने, साम्प्रदायिकता, जातीय, क्षेत्रीयता भनी लगाइएको आरोप गलत पुष्टी भएको यादवले जिकिर गरे । आफूहरुको आन्दोलन धार्मिक, सास्कृतिक, जातीय सम्बन्ध मजबुद बनाउने र भावनात्मक रुपमा राष्ट्रको एकता गर्ने भएको उनले दाबी गरे । ठोस राजनीतिक निर्णय नभएसम्म वार्तामा नबस्ने संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादवले सरकारले आफूहरुको मागका विषयमा ठोस राजनीतिक निर्णय नलिएसम्म आफूहरु वार्तामा नबस्ने बताए । संविधान पुर्नलेखन र विगतमा गरिएको सम्झौता कार्यान्वयन गर्ने विषयमा ठोस राजनीतिक निर्णय नगरेसम्म वार्ता हुनै नसक्ने उनले बताए । संविधानको पुर्नलेखन गर्ने र विगतका सहमति कार्यान्वयन गर्ने राजनीतिक प्रतिबद्धतासहित सरकार वार्तामा आउनु पर्ने उनले बताए । प्रधानमन्त्री ओलीले नै पछिल्लो पटक वार्ता भंग गरेको यादवले आरोप लगाए । यादवले वार्ता टोलीका संयोजक कमल थापाले पहिलाकै वार्तामा आफूले विषय टुङग्याउन नसक्ने शीर्ष तहमै वार्ता गर्नुपर्छ भनेर आत्मसमर्पण गरिसकेपछि फेरि उनलाई नै अघि सार्नु सरकारको वार्ता नगर्ने नियत भएको आरोप लगाए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies