Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

सिरियामा आइएसको आक्रमणबाट १४८ को मृत्यु

\"Islamic_State_(IS)_insurgents,_Anbar_Province,_Iraq\"बेरुत । सिरियाली राष्ट्रपति बसर अल असदका समर्थक एवम् सरकारको हालसम्मको बलियो उपस्थिति मानिएका दुई छुट्टाछुट्टै स्थानमा भएको हिंसात्मक आक्रमणमा परी कम्तीमा पनि १४८ जनाकोे मृत्यु भएको छ । इस्लामिक स्टेट (आईएस) द्वारा गराइएका ती विस्फोटमा परी कम्तिमा पनि १४८ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । सो घटनामा सयौँको सङ्ख्यामा घाइते भएको सिरियाली राजधानी दमासकसबाट विभिन्न अन्तर्राष्ट्रिय समाचार समितिहरुले दिएका छन् । सिरियाका उत्तरपश्चिमी क्षेत्रका विभिन्न स्थानमा यो आक्रमणको तारो बनाइएको छ । त्यस क्रममा उनीहरुले बसपार्क, अस्पताल, विभिन्न स्थानीय नागरिकका सेवा केन्द्रहरुका साथै विभिन्न सरकारी अड्डालाई तारो बनाएका थिए । सिरियाको उत्तरपश्चिमी नगर जाबेहमा यस्तो हमला भएको थियो । यो हमला मुख्य हमला थियो । जसका कारण सो क्षेत्रमा ठूलो क्षति पनि पुगेको छ । उक्त सहर सिरियामा जारी रहेको पाँच वर्षे युद्धका क्रममा पनि खासै प्रभावित थिएन । यस नगरलाई सरकारले आफ्नो सुरक्षित स्थल वा गढका रुपमा लिइआएको थियो । सोमबार विस्फोटमा परी जावलेह सहरमा मात्र ७५ जनाको मृत्यु भएको र यसबाट अझ दक्षिणमा अवस्थित टारटस सहरमा थप मानिस मारिएका छन् । सिरियाली मानवअधिकारवादी संस्थाले मङ्गलबार बिहान प्राप्त एक समाचारमा सो नगरमा मारिएका नागरिकको सङ्ख्या १४८ पुगेको पुष्टि भएको जनाएको छ । उक्त स्थानमा सोमबार बिहानै झन्डै सात आत्मघाती विस्फोट गराइएको थियो । ती विस्फोटको जिम्मेवारी उक्त आतङ्कवादी संस्थाले नै लिएको छ । सिरियाली हिंसाको अध्ययन गरिरहेको मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरीका प्रमुख रमि अब्देल रहमानले सिरियामा सन् २०११ पछि भएका केही ठूला हमलामध्ये सोमवार भएका यी आक्रमण पनि शक्तिशाली भएको बताए । आईएस समूहले घटनाको जिम्मेवारी आफ्नो समाचार संस्था अमाक न्यूज एजेन्सीमार्फत लिएको छ । दुवै सहर सिरियाली सरकारको पकडमा रहेका इलाका भएको यसअघि जनाइएको थियो । सिरियामा जारी रहेको युद्धविरामको अवस्थामा पनि असर पर्ने हो कि भन्ने चिन्ता छाएको छ । सिरियाली राष्ट्रपति बसार अल असादको परिवार जावेलेहबाट २५ किलोमिटर पूर्व कार्दहबाट दमास्कस आएको हो । उक्त इलाकामा मुख्यतया अलावित नामक सिया समुदायको बसोबास रहँदै आएको छ । सिरियाको तटीय क्षेत्रमा आईएसको उपस्थिति नभएको मानिन्छ तर यसको जिहादी विरोधी समूह र अलकायदाको स्थानीय समूह अल नुस्रा फ्रन्टको प्रभुत्व रहेको छ । तर सोमबारको सो आक्रमणहरुले सिरियामा आइएसको प्रभाव बढ्दै गएको हुनसक्ने विषयमा पनि विभिन्न समाचारहरु आएका छन् । शान्तिवार्तामा असर पर्नसक्ने चिन्ता सिरियामा पछिल्लो समयमा सरकारसँग शान्तिवार्ताका लागि गरिएको युद्धविरामको असर पर्ने हो कि भन्ने बारेमा पनि चिन्ता व्यक्त भएको छ । सिरियामा गएका केही समययतादेखि युद्धविराम भएको छ । त्यसको पहल रसिया र अमेरिकाले गरिरहेका छन् । सोमबारको हमलाका कारण सिरियामा थप हिंसा मच्चिन सक्ने र यसले गर्दा आगामी दिनमा युद्धविरामको अवस्था भाँडिन सक्ने त्रास छाएको पनि बताइएको छ । सिरियामा गएको करिब पाँच वर्षदेखि हिंसा छाएको छ । यस हिंसामा परी दशौँ हजार नागरिक मारिएका छन् । अमेरिकी र रसियाली पहलमा पछिल्लो समयमा सिरियामा युद्धविराम सुरु भएको छ । त्यस युद्धविरामको अनुगमन संयुक्त राष्ट्रसंघले गरिरहेको छ ।(एजेन्सी)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies