Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

कालिकोट पुगेका गृहमन्त्री भन्छन् –आपत्कालीन केन्द्रबाट बाढीपीडितलाई सहयोग गर्छौं

\"shakti-basnet\"कालीकोट । गृहमन्त्री शक्तिबहादुर बस्नेतले जिल्लास्तरमा आपत्कालीन केन्द्रको स्थापना गरी विपद्मा परेका बाढीपीडितको उद्धार गर्न सरकार तयार रहेको बताएका छन् । कालीकोटका बाढीपीडितको अवस्था बुझ्न आज बिहान सदरमुकाम मान्म पुगेका मन्त्री बस्नेतले आपत्कालीन केन्द्रको स्थापनासँगै आपत्कालीन सामग्रीको समेत व्यवस्था गर्ने सरकारले निर्णय गरेको बताए । गृहमन्त्री बस्नेतले ठूलो आशा गरेका कालीकोटका बाढीपीडितलाई सरकारका तर्फबाट रु पाँच हजारको राहतसँगै दुई बन्डल जस्तापाता उपलब्ध गराउने बताए । हेलिकप्टरबाट सदरमुकाम मान्म पुगेका गृहमन्त्री बस्नेतले बाँके, बर्दिया, सुर्खेत लगायतका मध्य तथा सुदूरपश्चिमका जिल्लामा गत वर्षको बाढीले पु¥याएको क्षतिपछि सरकारले बनाएको नीति कालीकोटका लागि लागू गर्ने आश्वासन दिए । गृहमन्त्री बस्नेतले गेजबजारमा जेठ ६ गते राति आएको बाढीपहिरोको विपद्मा परी ज्यान गुमाएका प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा संवेदना व्यक्त गरे । उनले विपद्पछि उद्धार कार्यमा खटिने प्रहरी, सेना, राजनीतिक दल, स्थानीय प्रशासनलगायतका सबै सामाजिक सङ्घसंस्थालाई धन्यवाद दिए । उनले नेपालीको दुःख पर्दा होस् वा सुख पर्दा होस् एकअर्कालाई सहयोग गर्ने नेपाली परम्परा बचाई राख्नुपर्नेमा जोड दिए । गृहमन्त्री बस्नेतले सकारले तत्काल आव २०७३÷७४ को बजेट ल्याउन लागिरहेको र कर्णालीजस्ता विकट क्षेत्रलाई विशेष प्राथमिकतामा राख्ने पनि बताए । कर्णालीको विकासका लागि सरकार जिम्मेवार रहेको भन्दै उहाँले नयाँ संविधानले सबै नेपालीको हकअधिकारको सुनिश्चिता गरेको दाबी गरे । गृहमन्त्री बस्नेतले राजनीतिक दलले नयाँ संविधान कार्यान्वयनका लागि जोड दिएमा बेरोजगार युवा खाडी मुलुक जानु नपर्ने बताए । गृहमन्त्री बस्नेतले रेडक्रसको जिल्ला शाखाले उपलब्ध गराएको गैरखाद्य राहत सामग्री र जिल्ला प्रसारण कार्यालयले उपलब्ध गराएको एकजना मृतकको ४० हजार मृतक राहत पीडित परिवारका सदस्यलाई हस्तान्तरणसमेत गरे । जेठ ६ गतेको बाढीमा परी लालीघाटमा अहिलेसम्म पाँचको ज्यान गएको छ भने दुई जना अझै बेपत्ता रहेका छन् । यस्तै, जिल्ला प्रशासन कार्यालयका अनुसार बाढी पहिरोले करिब तीन करोड बराबरको सम्पत्तिको क्षति भएको बताएको छ । वैशाख ३१ गते दैखोलामा आएको बाढीेले एकको ज्यान जानुका साथै नौ जनाको घर तथा पसलमा क्षति पुगेको गृहमन्त्री बस्नेतलाई जानकारी गराइएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies