माधव नेपाल गुटको गोप्य भेलाको निश्कर्ष– गुट उपगुटको अन्त्य गरिन्छ
जेष्ठ १२ गते, २०७३ बुधवार 25th May, 2016 Wed२१:४१:३७ मा प्रकाशित
काठमाडौं । नेकपा एमालेको नवौं महाधिवेशनपछि अध्यक्ष निर्वाचित भएका केपी शर्मा ओली अहिले सरकारको स्टेरिङ चलाइरहेका छन् ।
लामो समयदेखि गुटवाद मौलाउँदै गएको एमालेमा महाधिवेशन ताका पनि गुट अन्त्य गर्ने निकै हल्ला चलेको थियो । महाधिवेशनमा ओली गुट र माधव नेपाल गुट चुनावी प्रतिष्पर्धामा थिए ।
पार्टीमा जस्तै युवा संगठनदेखि पत्रकारको संगठनसम्म पनि एमालेमा स्पष्ट दुई गुट छ भन्ने कुरा पछिल्लो प्रेस चौतारीको महाधिवेशनमा प्रष्टै देखिन्थ्यो ।
एमालेको भातृ संगठन युवा संघ नेपालमा त लामो समयसम्म दुई चेलीले समानान्तर संगठन नै चलाए । दुई चेलीलाई सामानान्तर संगठन चलाउन प्रोत्साहन गर्ने अरु कोही नभएर नेताहरु ओली र नेपाल नै थिए ।
प्रष्टरुपमा गुटवाद मौलाएको एमालेमा जहिले पनि गुट अन्त्य हुनुपर्ने अकालत चाँही नेताहरुले गर्ने गरेका छन् ।
ओली नेतृत्वको सरकारले सरकारमा रहँदासमेत गुट चलाएको भन्दै अहिले नेपाल पक्ष रुष्ट छ । ओलीप्रति रुष्ट भएको नेपाल गुटको मंगलबार र बुधबार काठमाडौंमा गुटगत भेला नै भयो ।
विचार गोष्ठीका नाममा नेपाल पक्षले राजधानीमा गरेको दुई दिने गुटगत भेलाले भने पार्टीको गुट उपगुट अन्त्य गर्ने निश्कर्ष निकालेको छ ।
नेपाल पक्षको मदन भण्डारी अध्ययन फाउण्डेसनले मंगलबार र बुधबार राजधानीमा गरेको गरेको भेलाले संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतिमा जोड दिने निर्णयसमेत गरेको छ ।
हालै प्रधानमन्त्री ओलीले सरकार बचाउमा माओवादी अध्यक्ष प्रचण्डसँग नौ बुँदे सहमति भएको थियो । ओली–प्रचण्ड सहमतिमा ओली सरकारलाई नयाँ बजेट ल्याउन दिने सहमति भएको थियो । नेपाल पक्षले भने राष्ट्रिय सहमतिमा जोड दिएको छ ।
भेलामा नेता नेपालले पार्टीमा पारदर्शी पद्धति कायम हुन नसकेको भन्दै ओलीको आलोचना गरेका थिए ।
पूर्वमन्त्री लालबाबु पण्डितले मुलुकमा अहिले राष्ट्रियता कमजोर हुँदै गएकाले पार्टीभित्र एकता कायम गरी राष्ट्रिय सङ्कटबाट देशलाई निकास दिनुपर्ने बताए ।
‘सबै नेपाली नागरिकहरुको एकतावद्ध प्रयत्नले मात्रै संविधानको कार्यान्वयनलाई ग्यारेन्टी गर्ने तथ्यलाई ध्यान दिँदै हामीलाई विभिन्न बाहनामा विभाजित प्रयत्नहरुबाट सतर्क रहन र नेपाली जनताको एकतालाई अझै सुदृढ बनाउन यो राष्ट्रिय कार्यशाला सबैसँग अपील गर्दछ ।’– भेलापछि जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
मदन भण्डारी अध्ययन केन्द्रको ब्यानरमा आयोजना गरिएको कार्यक्रमको विशेष पहल पार्टी सचिव योगेश भट्टराईले गरेका थिए । उनले पार्टीभित्र बढ्दै गएको गुट तथा उपगुटको अन्त्य गरी पार्टीले जनविश्वास जित्ने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: