Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

प्रत्येक नेपालीको टाउकोमा २१ हजार ऋण

\"nepli-660x330-750\" काठमाडौं । यो वर्ष प्रत्येक नेपालीको ऋण झन्डै दुई हजार रुपैयाँ बढेको छ । सरकारले बिहीबार संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण– ०७३ मा प्रत्येक नेपालीको टाउको २१ हजार ४१५ रुपैयाँ ऋण भएको उल्लेख छ । गत वर्ष प्रतिव्यक्ति १९ हजार ४९६ ऋण थियो । नेपालले विभिन्न दातृ निकाय तथा सरकारलाई तिर्नुपर्ने ऋण पनि तीन खर्ब ७४ अर्ब पुगेको छ । गत वर्ष नेपालले तिर्न बाँकी ऋण तीन खर्ब ४३ अर्ब थियो । नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी)मा वैदेशिक ऋणको अनुपात तीन प्रतिशत पुगेको छ । गत वर्ष यो अनुपात १.८ प्रतिशत रहेको थियो । यस्तै कुल गार्हस्थ उत्पादनको अुनपातमा बजेट घाटा ७.६ प्रतिशत रहेको छ । नेपालीको आम्दानी १० डलर घट्यो नेपालीको प्रतिव्यक्ति आय घटेको छ । चालू आर्थिक वर्षमा प्रतिव्यक्ति आय १० डलरले घटेर ७५२ डलरमा सीमित भएको छ । गत आर्थिक वर्षमा प्रतिव्यक्ति आय ७६२ अमेरिकी डलर थियो । न्यून आर्थिक वृद्धि र अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अवमूल्यन भएकाले प्रतिव्यक्ति आय घटेको सरकारले बिहीबार संसद्मा प्रस्तुत गरेको आर्थिक सर्भेक्षण ०७३ उल्लेख छ । आर्थिक वर्ष ०६८/६९ पछि नेपालीको प्रतिव्यक्ति आय यो वर्ष घटेको सर्भेक्षणमा उल्लेख छ । त्यस वर्ष नेपालीको आय १२ डलरले ओरालो लागेको थियो । आव ०७०÷७१ मा सात सय २५ रहेको नेपालीको आय गत वर्ष ३७ डलरले बढेको थियो । कुल गार्हस्थ बचत १० वर्षकै न्यून अर्थतन्त्रमा कुल गार्हस्थ बचतको अंश पछिल्लो १० वर्षकै न्यून भएको छ । १० वर्षको औसत बचत १०.२ प्रतिशत रहेकोमा यो वर्ष यस्तो बचत ५.२ प्रतिशतमा सीमित भएको छ । गत वर्ष कुल गार्हस्थ बचत ८.८ प्रतिशत थियो । सर्वेक्षणअनुसार पछिल्लो १० वर्षमा आव ०६७÷६८ मा गार्हस्थ बचत सबैभन्दा धेरै थियो । जिडिपीमा बचतका अंश बचत १४ प्रतिशत पुगेको थियो । सर्वेक्षणअनुसार यस वर्ष कुल गार्हस्थ उत्पादनमा राष्ट्रिय बचतको अंश पनि घटेको घटेको छ । गत वर्ष यो अनुपात ४३.९ प्रतिशत रहेकोमा यो वर्ष ४२.९ प्रतिशतमा झरेको छ । पछिल्लो १० वर्षको औसत बचतको अनुपात ३८.३ प्रतिशत रहेको छ । आर्थिक वृद्धिबारे सबैको अनुमान गलत चालू आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षामार्फत सरकारले घोषणा गरेको आर्थिक वृद्धिको लक्ष्य पूरा नहुने भएको छ । मध्यावधि समीक्षामा सरकारले दुई प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने घोषणा गरेको भए पनि यो वर्ष ०.७७ प्रतिशतले मात्रै आर्थिक वृद्धि हासिल हुने घोषणा अर्थ मन्त्रालयले गरेको छ । नयाँ पत्रिकाबाट 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending