Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

भारतमा गाई मार्ने विरुद्ध यस्तो तालिम चलेपछि....

\"bajrang_dal_activists_ap-750\" नयाँ दिल्ली । हिन्दु धर्मको देवता मानिने गाईको हत्या रोक्न भन्दै भारतमा तालिम नै सञ्चालन गरिएको छ । भारतको अयोध्यामा बजरंग दलको कथित ‘आत्मरक्षा क्याम्प’को भिडियो भाइरल बनेको छ । बजरंग दलको उक्त कथित भिडियो सार्वजनिक भएपछि भारतमा अर्को समुदायमाथिको प्रहार भन्दै ब्यापक आलोचना भएको छ । चौतर्फी आलोचनापछि विश्व हिन्दु परिषदका नेता अम्बरिश सिंहले उक्त क्याम्पको मनसाय कुनै पनि समुदाय वा नागरिकको भावनामाथि ठेस पुर्याउनका लागि नभएको बताएका छन् । विश्व हिन्दु परिषदको पूर्वी उत्तर प्रदेश प्रमुख सिंहले उक्त शिविर युवाहरुका लागि जोस प्रदान गर्नका लागि चलाइएको प्रष्टीकरण दिए । तर अल इण्डिया मिली काउन्सिलका बरिष्ठ नेता खालिफ अहमद खानले मुसलमान समुदायलाई निसाना बनाउनकै लागि यस्तो शिविर चलाएको भन्दै अम्बरिसलाई गिरफ्तार गर्नुपर्ने माग गरेका छन् । सिंहले भने युवाहरुलाई समाजमा काम गर्नका लागि ऊर्जा भर्नकै लागि मात्र गरिएको बीबीसीसँगको कुराकानीमा बताएका छन् । उनले यस्तो प्रशिक्षण शिविर हरेक वर्ष एक साताका लागि सञ्चालन गर्ने गरिएको पनि जानकारी दिएका छन् । बौद्धिक तथा शारिरीक विकासको लागि यस्तो तालिन दिइएको उनको दाबी छ । मनमा हुने कुनै पनि डर हटाउनका लागि तथा देशमा बढ्दै गएको गाई मार्ने काम रोक्नका लागि पनि तालिमले मद्दत पुग्ने उनको भनाइ छ । गाई तस्करी रोक्नका लागि आफ्ना युवा कार्यकर्ताहरु परिचालन गर्न चाहेको पनि उनले स्पष्ट पारेका छन् । शिविरमा मुस्लिम समुदायलाई हमला गरिएको देखाइनुका साथै केही ब्यक्तिको टोपी लगायएकोबारे पनि बढेका विवाद गरिएको बारेमा भारतमा भाइरल बनेको उक्त भिडियोमा देखाइएको छ । तर गर्मी भएका कारण केही ब्यक्तिको टाउकोमा कपडा राखिएको उनलेको दाबी छ । शिविरमा प्रशिक्षण चलिरहेको बेला कोही ब्यक्ति घुसेपछि त्यसालाई रोक्नका लागि भारत माता कि जय जस्ता नारा लगाइएको तर आफूहरुको कुनै गलत मनसाय नरहेको उनले दाबी गरेका छन् । कुनै शंका भएमा सरकारले चाहेमा छानबिन गर्न सक्ने अम्बरिसको भनाइ छ । भारत माताको जय भन्नेदेखि गर्दन काट्ने कुरा गर्ने तथा भारत मातालाई डायन भन्ने पनि भारतमा रहेको तर आफूहरुले कसैसँग तुलना गर्न नखोजेको पनि प्रष्ट्याएका छन् । (एजेन्सी)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy