Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

‘सांसद अब तीन करोड ५० लाखको हाकिम’

\"congressकाठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकमा नेपाली काँग्रेसका प्रदीप गिरीले सत्तापक्षले प्रस्तुत गरेको बजेटमाथि प्रतिपक्षी दलले दिएको सुझावलाई आत्मसात् गरेर सच्याउने प्रचलन रहेकाले केही पक्ष सुधार गरेर जान सुझाव दिए ।

सोही दलका गगनकुमार थापाले बजेट बाँड्ने प्रतिस्पर्धाले मुलुकलाई कहीँकतै नलैजाने भएकाले यथार्थका आधारमा मात्रै अगाडि बढाउनुपर्ने धारणा राखे ।

सांसदलाई रु तीन करोड ५० लाखको हाकिम बनाएको भन्दै उनले खानेपानी र सडक बाँड्दै हिँड्ने प्रवृत्ति गलत रहेको र वितरण गर्ने प्रणालीले मुलुकलाई कहीँकतै नलैजाने उल्लेख गरे । राजस्व, आय, व्यय तथा आर्थिक अवस्थाको ख्याल नयरी बजेट प्रस्तुत गरिएको उनको भनाइ थियो । नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेले भने बजेटले कृषि क्षेत्रलाई विशेष जोड दिएकाले गलत र हावादारी भन्नु पूर्णत दृष्टिदोष हो भने ।

वर्तमान सरकारले तराई–मधेसलाई विशेष केन्द्रमा राखेको उल्लेख गर्दै उनले तराई–मधेस समृद्ध सिँचाइ कार्यक्रम, सुनकोसी मरिन डाइभर्सन, मधेसका सदरमुकामलाई विशेष रुपमा बजेट व्यवस्था, हुलाकी राजमार्ग, उत्तर दक्षिण राजमार्गजस्ता महत्वपूर्ण कार्यक्रमले आर्थिक समृद्धि ल्याउने विश्वास व्यक्त गरे ।

सोही दलका गङ्गालाल तुलाधारले बजेटले एक गाउँ एक चिकित्सकको अवधारणा अगाडि सारेर जनताप्रतिको जिम्मेवारी प्रस्तुत गरेको र ठूला पूर्वाधारको काम अगाडि बढाएकाले त्यसले सकारात्मक प्रभाव पार्ने उल्लेख गरे । एमालेकै यज्ञराज सुनुवारले जनताका पक्षमा बजेट प्रस्तुत भई भौतिक पूर्वाधारमा ध्यान दिइएको भन्दै सरकारको प्रशंसा गरे ।

सांसद कर्णबहादुर विकले शान्ति प्रक्रियालाई सम्पन्न गर्ने सन्दर्भमा आएका केही कार्यक्रम सकारात्मक भए पनि पुँजीगत खर्च नहुने प्रवृत्ति अन्त्य गर्नेतर्फ ध्यान नदिइए त्यसले आर्थिक क्षेत्रमा कुनै प्रभाव नपार्ने धारणा राखे ।

नेकपा माओवादी केन्द्रका राधिका तामाङले जनयुद्धका सहिदलाई माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको रु पाँच लाखको सेयर र घाइते तथा अपाङ्गता भएकाहरुलाई उचित राहत दिनुपर्ने माग गरे ।

कागजपत्रमा सीमित हुने बजेटको कुनै अर्थ नरहेको उल्लेख गर्दै उनले पैसाका भरमा मात्रै विकास निर्माणको काम अगाडि नबढ्ने र जनतालाई त्यसले कुनै प्रभाव नपार्ने उल्लेख गरे ।

बिपीको नाम किन छुटाइयो

काँग्रेसका महेन्द्र यादवले बिपी कोइरालाको नाम बजेटमा नरािखएकामा आपत्ति प्रकट गरे । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको पनि नेता बिपी भएकाले उहाँको नाम बजेटमा छुटाइनु पूर्णत गलत रहेको बताए । सांसद अनिता देवकोटाले पनि कोइराला, गणेशमान सिंहलगायतको नाम बजेटमा छुटाएर एमालेले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाए ।

सांसद डिल्लीप्रसाद काफ्ले, मिलनकुमारी राजवंशी, मीना पुन, सीमाकुमारी विक, लक्ष्मण राजवंशी, रामकुमार राई, यशोदाकुमारी लामा, नगेन्द्र कुमाल, पद्मनारायण चौधरी, लीलादेवी श्रेष्ठ, वीरबहादुर बलायर, सुशीला नेपाल, योगेन्द्र चौधरी, दुलारी हरिजन, कमलप्रसाद पङ्गेनी, प्रेमबहादुर आले, निशाकुमारी साह, योगेन्द्र तामाङ घिसिङ, राजेन्द्रकुमार केसी, आदित्यनारायण कशौधन, राजीवविक्रम शाही, जनार्दन ढकाल, ममता गिरी, केदाप्रसाद सञ्जेल लगायत थिए । व्यवस्थापिका–संसद्को अर्को बैठक यही जेठ २१ गते बिहान ११ बजे बस्नेछ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending