Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

पूर्वाधार र पर्यटकको पर्खाइमा धौलागिरि चक्रीय पदमार्ग

\"dhaulagiriम्याग्दी। म्याग्दीको मुदी गाविसस्थित धौलागिरि चक्रीय पदमार्ग पूर्वाधार विकास, प्रचारप्रसार र पर्यटकको पर्खाइमा छ । भौगोलिक विकटताका कारण प्राकृतिक सौन्दर्य, पृथक भू–बनोट, हिमाल आरोहण, जङ्गल सफारी, वन्यजन्तु र पक्षीको अवलोकनका लागि उपयुक्त र साहसिक मानिएको यस पदमार्ग ओझेलमा परेको हो । करिब पाँच हजार मिटरको उचाइमा अवस्थित धौलागिरि आधार शिविर हुँदै मुस्ताङको मार्फा पुग्ने पदमार्गमा बाटो, होटल तथा लज, सञ्चार सुविधा र सुरक्षाको अभाव रहेको छ । संसारको सातौँ ८,१६७ मिटर अग्लो धौलागिरि हिमाल आरोहण गर्न पनि प्रयोग गरिने यस पदमार्गमा घोडेटो बाटोको अभाव प्रमुख समस्या रहेको छ । पदमार्गको अन्तिम मानवबस्ती मुदी–९ जेल्टुङ गाउँभन्दा माथि अक्करे भिर र जङ्गल क्षेत्र पर्छ । त्यहाँ व्यवस्थित पदमार्ग तथा खोलाहरुमा झोलुङ्गे पुल नहुँदा साँघुरो बाटोबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीय अगुवा हरिप्रसाद तिलिजाले बताए । \"base-camp\" “जङ्गलभित्र अस्थायी रुपमा प्रयोग गरिने बाटो बर्खामा झाडी, पहिरोका कारण बर्षेनी परिवर्तन भैरहेको छ,” २५ वर्षदेखि इटली बेस क्याम्पमा मौसमी होटल व्यवसाय गर्दै आएका तिलिजाले भने – “स्थायी पदमार्ग र खोलामा पुल नहुँदा घुमाउरो बाटोको प्रयोग गर्नुपर्ने बाध्यता छ । बाटो बिराएर हराउने समस्या छ ।” सल्लाघारी, तलित्रेखोला, नौलोवन, म्याग्दी नदीको मुहान लगायतका एक दर्जनभन्दा बढी नदीहरुमा झोलुङ्गे पुल छैन । स्थानीय बासिन्दाले पर्यटक याममा काठको अस्थायी साँघु बनाएर आवतजावत गर्ने व्यवस्था मिलाउने गरेपनि बर्खामा बाढीले बगाउने गरेको छ । बर्सेनि अस्थायी पुल बनाउने र बाढीले भत्काउने समस्या छ । भिर र पहिरोमा साँघुरो बाटो भएकाले पर्यटक, पथप्रर्दशक, पर्यटक मजदुर र स्थानीय बासिन्दा जोखिम मोलेर हिड्ने गरेका छन् । स्थायी किसिमको पदमार्ग छैन । इटली शिविरदेखि स्वीस शिविरसम्म पुग्ने करिब तीन किलोमिटर भिरको बाटो सबैभन्दा जोखिमयुक्त छ । खच्चर र भरियामार्फत इटली आधार शिविरसम्म पु¥याइने पर्यटकका बस्दोबस्तीका सामान त्यहाँदेखि माथि लैजान हेलिकप्टर चार्टर गर्नुपर्छ । कतिपय आरोही र पदयात्री माथि जान नसकेर इटली बेस क्याम्पबाटै फिर्ता हुने गरेका छन् । विसं २०६४ सम्म बगर गाउँसम्म पनि सहज घोडेटो बाटोको पहुँच नहुँदा भिरमा डोरीमा झुन्डिएर यात्रा गर्नुपर्ने बाध्यता थियो । द्वन्द्वको समयमा तत्कालीन माओवादीले मुदी हँुदै बगर गाउँ जोड्ने नाउराको भिरमा श्रम शिविरबाट पदमार्ग निर्माण गरेपछि इटली आधार शिविरसम्म ढुवानी सहज भएको हो । स्थानीय बासिन्दा र पर्यटकबाट चन्दा उठाएर माओवादीले सुरु गरेको नाउरा भिरमा पदमार्ग निर्माण कार्य शान्ति स्थापनापछि जिविसमार्फत विनियोजन भएको बजेटबाट नेपाली सेनाले पूर्णता दिएको थियो । त्यसपछिका वर्षहरुमा नियमित मर्मत गरिँदै आइएको पदमार्ग निर्माण कार्यलाई यस वर्षदेखि जिविसले पनि प्राथमिकता दिएको छ । यस वर्ष मुदी, बगर, खाम्ला र आधार शिविर क्षेत्रको जोखिमयुक्त ठाउँमा जिविसको २५ लाख रुपैयाँ अनुदान सहयोगमा उपभोक्ता समितिमार्फत पदमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको असिस्टेन्ट सब–इन्जिनियर बालकृष्ण पौडेलले बताए । तीन वर्षअघि बगर गाउँभन्दा माथि म्याग्दी खोलामा जिविसको सहयोगमा एउटा झोलुङ्गे पुल निर्माण भएको थियो । पदमार्ग र झोलुङ्गे पुलका अलावा यस पदमार्गमा खान बस्नका लागि स्तरीय सुविधायुक्त होटल तथा लजको पनि अभाव छ । पदयात्री तथा आरोहीहरुले खाद्यान्न, तरकारी, तयारी खाना, पाल, इन्धन लगायतका सामग्री बोकेरै लैजाने गरेका छन् । सल्लाघारी र इटली बेस क्याम्पमा तीन वटा होटल छन् । त्यहाँ पर्यटक मजदुर र भरिया बास बस्छन् । पर्यटकहरु पालमा बस्ने गरेका छन् । चैत–वैशाख र असोज–कात्तिकको याममा यस क्षेत्रमा पर्यटकको चहलपहल हुन्छ । वार्षिक दुई हजारजना भन्दा बढी पर्यटक यहाँ आउने गरेका छन् । पदमार्ग प्रभावित क्षेत्रमा समुदायले भने लाभ लिन सकेका छैनन् । आम्दानीको प्रशस्त सम्भावना भएपनि सुरक्षाका कारण त्यहाँ ठूलो लगानी गरेर होटल तथा लज सञ्चालन गर्न चासो नदिएको स्थानीय बासिन्दा बम बहादुर पुनले बताउनुभयो । समुदायमा व्यावसायिक चेतना, पर्यटकमैत्री व्यवहार र शिक्षाको कमीले सङ्गठित हुन नसक्दा धौलागिरि पदमार्गमा लगानी भित्रिन नसकेको हो । लगानीको सुरक्षा, राज्यको उपस्थिति बढाउने देखि समुदायलाई पर्यटनको महत्वका बारेमा सचेत बनाउने सम्मका काम गर्न आवश्यक देखिएको पुनले बताउनुभयो । इटली आधार शिविरभन्दा माथि कुनै पनि होटल तथा लज नभएकाले आरोहण गर्न र चक्रीय धौलागिरि हुँदै मुस्ताङ जान हिँडेका पदयात्रीलाई हुरीबतास, हिमपहिरोको आपत्कालीन अवस्थामा आपत्कालीन आश्रयस्थलको निर्माण गर्न आवश्यक छ । पर्यटन मन्त्रालयले आर्थिक वर्ष २०७१÷७२ को अन्त्यतिर धौलागिरि आधार शिविरमा आश्रयका लागि स्थायी टहरा निर्माण गर्न २० लाख रुपैयाँ विनियोजन गरेपनि समन्वयको कमी, विवाद र सरोकारवालाको बेवास्ताका कारण काम हुन नसकेर बजेट फ्रिज भएको थियो । हिमपहिरो र प्रतिकूल मौसमका कारण आधार शिविर क्षेत्रमा बर्सेनि आरोही तथा पदयात्रीले ज्यान गुमाउने गरेका छन् । पन्ध्र दिन लामो सो पदमार्ग क्षेत्रमा स्वास्थ्य संस्थाहरु छैनन् । मोबाइल, इन्टरनेट लगायत सञ्चारका साधनको पहुँच छैन । सञ्चार सुविधाको अभावमा दुर्घटना तथा विपद्को अवस्थामा उद्धारमा समस्या हुने गरेको छ । सुरक्षित र व्यवस्थित खानेपानी सुविधा तथा शौचालयको अभाव छ । हिमालको फेदीमा बसेर वरपर दन्तेलहरझंै देखिने सेता हिमालको दृश्य अवलोकन गर्न पाउँदा पदयात्राका क्रममा भएको थकाइ मेटिने गरेको पर्यटकहरुको अनुभव छ । धौलागिरि पर्यटन विकास परिषद्का अध्यक्ष अमर बानियाँ हिमाल आरोहण र प्राकृतिक सौन्दर्य यस क्षेत्रको प्रमुख विशेषता रहेको बताउँछन् । पदयात्राका क्रममा पहाडबाट छङछङ गर्दै झर्ने झरनाहरुको मनमोहक दृश्य, जङ्गलको एकान्त वातावरण, नजिकै देखिने झारल, तालतलैया, म्याग्दी नदीको मुहान, हिमनदी, नाउर, कस्तुरी मृग, डाँफे लगायत वन्यजन्तु र पक्षीहरु थप आकर्षणको रुपमा रहेका छन् । वैशाख–जेठ महिनामा पदमार्ग आसपासका भिर पहरामा गरिने भिरमहको शिकार पनि हेर्नै पर्ने यहाँको अर्को बिशेषता हो । सन् १९६० मे १३ का दिन स्वीस आरोही म्याक्स इस्लिन र अस्ट्रेलियाली आरोही कुर्ट डिगम्बर सहितको टोलीले नेपाली निमा दोर्जी र नवाङ दोर्जीको सहयोगमा पहिलो पटक धौलागिरि हिमालको सफल आरोहण गरेका थिए । म्याग्दीलाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने धौलागिरि हिमाल र आधार शिविर क्षेत्रको वस्तुस्थितिका बारेमा अहिलेसम्म अध्ययन अनुसन्धान हुन सकेको थिएन । जिविसको सहयोगमा धौलागिरि पर्यटन विकास परिषद्को नेतृत्वमा जेठ ११ देखि १८ गतेसम्म जिल्लाका राजनीतिक दल, विषयगत कार्यालय, प्रविधिज्ञ, पत्रकार, गैरसरकारी र निजी क्षेत्र तथा सरोकारवालाहरुको टोलीले धौलागिरि चक्रीय पदमार्गबारे अध्ययन गरेको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy