दांत राम्ररी सफा नगर्नाले, बिहान बेलुका दिनहु राम्रो संग ब्रस नगर्नाले हामीले खाएको खानेकुराहरुको टुक्राहरू दाँतको कुनामा रहन्छ । धेरै समय सम्म यसरि रहदा त्यहि कुहिन्छ, यसरि कुहिदा दात मा किरा लाग्ने गर्दछा साथै दात को जरा खुकुलो हुन्छ र दात दुख्ने गर्दछ ।
त्यसैले बिहान बेलुका वा खान खाएपछि दिन को २ पटक राम्रोसंग दात ब्रस गर्ने गर्नु पर्दछ तर यदि तपाइको दात दुखिसकेको छ भने तल दिइएको कुनै उपाय अपनाउन सक्नु हुन्छ जसले गर्दा तपाइँ लाइ निक्कै राहत मिल्नेछ ।
-लसुनको एक कोस्रा थोरै बिरे नुनसंग पिसेरदुखेको दात मा राम्रो संग थिचेर राख्यो भने दातको दुखाई हराउछ । -दिनहु एक कोस्रा लसुन खाने राम्ररी चपाएर खाने गर्नाले दात को दुखाई बाट छुटकारा मिल्छ । -यदी दांत किराले खाएको छ र दुखेको छ भने किराले खाएर दुखेको भागमा अलिकति हिङ राख्दा दांतको दुखाई धेरै हद सम्म कम हुन्छ । -खैनी धेरै खायो भने मुखमा घाउ हुने र ओठ कालो हुने जस्ता समस्या हरु देखा पर्छन तर अलिकति खैनी संग नुन राखेर पिसेर दिनहु दांत ब्रस गर्नाले दांत को दुखाई बाट मुक्ति मिल्छ। -दांत दुख्दा तातो पनि को थैलीले सेक्दा पनि निक्कै राहत मिल्दछ । -प्याज लाई कुटेर किराले खाएको दांतमा राख्यो भने पनि दुखाई कम हुन्छ । -ल्वाङ को तेलमा कपास भिजाउनु होस् र किरा लागेको दांतमा राख्नु भयो भने पनि दुखाई कम हुन्छ। -दांत दुख्ने व्यक्तिहरुले दिनमा ३(४ पटक ल्वाङ मुखमा राखेर चुस्दा फाइदा हुन्छ । -पुदिनाको पात लाई पिधेर किरा लागेको दांतमा मा राख्नाले दुखाइ धेरै कम हुन्छ । -हिङ र कागती मिलाई पेस्ट बने दांत ब्रस गर्नाले पनि धेरै फाइदा हुन्छ ।
दाँत स्वास्थ्य र सुन्दरता दुइटैका लागि जरुरी कुरा हो । स्वास्थ्यमा भने खानेकुरा चपाउन दाँत चाहिन्छ । हामीले खाएको खानेकुरा दाँतले चपाउने र त्यसलाई पाचन प्रणालीले पचाउने काम गर्छ । तर, दाँत नभएर खानेकुरा चपाउन सकिएन भने त्यसमा भएको पोषण शरीरले लिन सक्दैन । त्यसैले दाँत मानव शरीरको महत्वपूर्ण पक्ष हो । हामीले दातको हेरचाह गर्न सक्यौँ भने अरु धेरै रोगको जोखिम र खतराको पनि सहजै सामना गर्न सकिन्छ ।
प्रतिकृया लेख्नुहोस्: