Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

काठमाडौंमा ६० करोड खर्च गरेर विशेष प्रकारका ट्राफिक लाइट जडान गरिँदै

काठमाडौं । काठमाडौंको जाम त्यसमा पनि ठाउँ–ठाउँ भएका ट्राफिक लाइटमा संकेत अनुसार रोकिनु पर्ने । यो समस्याले आम काठमाडौंबासी वाक्क दिक्क भएका छन् । तर, अब काठमाडौंबासीलाई खुसीको खबर छ, एक ठाउँको ट्राफिक लाइटमा रोकिएका गाडी चालकहरु अब अर्को ठाउँको ट्राफिक लाइटमा रोकिनुपर्दैन ।

\"traffic_jam_20110920085930\"युरोप, अमेरिका जस्ता विकसित सहरहरुमा प्रयोगमा आएको जस्तै विशेष प्रकारको ट्राफिक वत्ती राजधानी काठमाडौंमा जडान गरिँदै छ । जसबाट एक ठाउँको ट्राफिकको रातो बत्तीको लाइनमा बसेर बाटो पार गरेका गाडीले अर्को ठाउँको रातो बत्तीको लाइनमा बस्नु पर्नेछैन ।

यस्तो विशेष प्रकारको ट्राफिक लाइट जडानका लागि काठमाडौं उपत्यका दिगो शहरी विकास यातायात आयोजनाले यही जेठ १२ गते ग्लोबल टेन्डर आह्वान गरिसकेको छ । यसअघि निकालिएको दुई वटा टेण्डरमा यो प्रविधि बत्ती जडान गर्न कम्पनी अयोग्य देखिएपछि अहिले तेस्रो पटक टेण्डर निकालिएको हो ।

आयोजनाका निर्देशक दिपक श्रेष्ठले भने, ‘यो ट्राफिक बत्ती युरोप अमेरिकाका सडकमा भएजस्तै हो । यो प्रयोगमा आएपछि एक ठाउँको रातो बत्तीमा लाइन बसेका चालकले अर्को ठाउँमा लाइन बस्नु पर्दैन ।’

एक वर्ष भित्र ट्राफिक लाइट जडान गरिसक्ने लक्ष्य आयोजनाको छ । त्यसका लागि ६० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

यसरी काम गर्छ यो बत्तीले 

अब जडान गरिने नयाँ प्रविधियुक्त बत्ती एक अर्कासँग सम्बन्धीत हुन्छन् । यी सबैलाई मनिटरिङ गर्ने एउटा कन्ट्रोल म्यानेजमेन्ट सिस्टम हुन्छ । यो कन्ट्रोल सिस्टम बग्गीखानामा राखिनेछ । सडक इन्जिनियर, ट्राफिक र विज्ञहरुले सिस्टमलाई कन्ट्रोल गर्छन् ।

उदाहरणका लागि नयाँबानेश्वर चोकमा ११ बजे रातो बत्तीमा परेको गाडी त्यहाँबाट कोटेश्वर चोक पार गर्न लाग्ने समय हेरिन्छ । त्यो गाडीले सिंहदरबार पार गर्न लाग्ने समय व्यतित भएपछि मात्र रातो बत्ती बालिन्छ । जसका कारण एक ठाउँमा रातो बत्तीमा परेको गाडी अर्को ठाउँमा नपर्ने निर्देशक श्रेष्ठको दाबी छ ।

यो ट्राफिक बत्ती पैदल यात्रुहरुका लागि पनि उपयोगी हुने श्रेष्ठले बताए । जेब्रा क्रस भएका सडक छेउँका पोलमा ट्राफिक बत्तीका संकेत र बटन राखिएका हुन्छन् । पैदल यात्रीले बटन थिचेपछि थिचेपछि सुरुमा पहेँलो बत्ती बल्छ । त्यसको केही समयमा नै हरियो बत्ती बल्छ । हरियो बल्नासाथ यात्रुहरुले बाटो काट्न सुरु गर्नुपर्छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy